ह्रस्व दिर्घका कारण इन्टरनेट खोजिमा समस्या, समाधान के होला ?

यस ब्लगका पाठकहरुलाई थाहा नै छ म ह्रस्व मात्र लेख्ने प्रयोग गरिरहेको छु । यस ब्लगमा पोस्ट भएका झण्डै आधा शतक पोस्टहरुमा सम्म ह्रस्व र दिर्घ जे लेखे पनि सुचना दिने अर्थमा कुनै फरक देखिएको पाइएको छैन। तर कम्प्युटर प्रयोगमा भने ह्रस्व र दिर्घ लेख्दा धेरै फरक पर्ने गरेको छ । तेसैले, ह्रस्व वा दिर्घ के लेख्ने भन्नेकुरामा सबै जनाको एक मत हुनु आबश्यक हुन्छ । उदाहरणको लागि नेपालि शब्द “कानुन” लाइ गुगलमा खोज्दा आउने रिजल्ट हेरौं ।

निम्न खोजि एउटै अर्थ लाग्ने शब्द “कानुन” र “कानून” लाइ खोज्दा आएका नतिजा हुन:

  • “कानुन” खोज्दा “कानून” लेखिएका नतिजा आएनन र “कानून” भनेर खोज्दा “कानुन” लेखिएका समाचार / लेख नतिजामा देखिएनन  । यसको मतलब एउटै शब्दको खोजीमा पनि विभिन्न कम्बिनेसन का खोजि गर्नु पर्ने देखिन्छ । यदि “सुसुचित खोजिनिति” खोज्नु पर्यो भने सिद्धान्तत ६ ओटा ह्रस्व दिर्घका बिभिन्न कम्बिनेसनको खोजि गर्नु पर्ने हुन्छ — (२ प्रकारका ६ ओटा कम्बिनेसन को लागि १५ चोटि खोजि गर्नु पर्ने हुन्छ)। मैले केहि समय अघि यस्तै खोजि गरेको थिएँ, कतिपय कम्बिनेसनका कुनै नतिजा आएनन तर एक खोजि र अर्को खोजीको बिचमा कुनै समानता थिएन ।
  • “कानुन” र “कानून” के लेख्ने भन्नेमा सोसल मिडियामा कमेन्ट गर्ने वा ब्लग लेख्ने नेपालि मात्र नभएर कान्तिपुर र गोरखापत्रका सम्पादक पनि यहि हो भन्नेमा ढुक्क नभएको देखिन्छ । साथै, “कानुन” खोज्दा देखिएका लेखहरु “कानून” खोज्दा देखिएका छैनन।

kanoon 2

 Continue reading

Incoming search terms:

  • नेपालीसेकसी

कैलालि तनावग्रस्त, कर्फ्यु अवज्ञा, आगजनि, सिडियो फिर्ता

थरूहट पार्टिकाका कार्यकर्ताहरूले आन्दोलन चर्काए पछि स्थानीय प्रशासनले सम्भावित क्षति रोक्नका लागि मंगलबार कर्फ्यु लगाएको थियो। कैलालिको धनगढि नगरपालिका क्षेत्रमा मात्र लगाएको कर्फ्यु पनि सोमबार भएको हत्याको घटना बाट आक्रोशित भनेको भिडले अबज्ञा गर्दै विभिन्न घरहरु आगजनि गरेका छन् ।

प्राप्त समाचार अनुसार :

  • सभासद जनक चौधरिको घरमा आगजनि भएको – छ उनि कैलालि क्षेत्र नम्बर १ का सभासद् हुन । सुरक्षाकर्मिले सो आगो नियन्त्रणमा लिइ सकेको समाचार छ।
  • रेशम चौधरिले सञ्चालन गरेको फुलबारि एफएम र फुलबारि रिसोर्ट मा पनि आगलागि गरिएको छ । रेशम थरुहट संघर्ष समितिका अगुवा हुन।
  • बजारका २ ओटा घुम्ति पसलमा पनि आगजनि गरिएको खबर छ।
  • धनसिंहपुर ४ र टीकापुरको बनगाउँका केही घरहरु जलाइएको खबर सेतोपाटिले लेखेको छ।

सेतोपाटिका अनुसार उत्तेजित भिडलाइ भगाउन ८ राउण्ड हवाइ फायर पनि गरिएको खबर छ ।

कान्तिपुरका अनुसार भर्खरै कैलालिका प्रमुख जिल्ला अधिकारि राजकुमार श्रेष्ठलाइ मन्त्रि स्तरिय निर्णय गरि फिर्ता बोलाइएको छ । उनलाइ शान्ति, सुरक्षा कायम गर्न प्रभावकारि भुमिका निर्वाह गर्न नसकेको भन्दै फिर्ता बोलाइएको हो।

Raj-kumar-Shrestha

 Continue reading

टिकापुरमा ८ को मृत्यु, सेना परिचालन

थारुहरुको बेग्लै थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रेका कैलालिका थरुहट समर्थक प्रदर्शनकारि र प्रहरि बिच झडप हुदा सोमवार दिउँसो प्रहरी बरिष्ठ उपरिक्षक सहित नेपाल प्रहरीका पाँच जना, सशस्त्रका दुइ जना र एक बालक सहित ८ जनाको मृत्यु भएको समाचार छ । यस अघि बढि शंख्यामा हताहत भएको खबर आए अरु मृतकको बिबरण प्राप्त अन्भाए पछि सच्याएर ८ जनाको मृत्युको खबर आएको हो। आन्दोलनकारिहरु तर्फ भएका हताहत र क्षतिको कुनै बिवरण प्राप्त हुन सकेको छैन।

सो घटना सोमबार दिउसो अढाइ बजे तिर कैलालिको पुर्वि भेगमा पर्ने टिकापुर नगरपालिका-२  मनुवा गाउं नजिकै भएको थियो।

सो घटनामा परि मृत्यु हुने  हुनेहरुमा:

  • सेति अंचल प्रहरि प्रमुख एसएसपि लक्ष्मण न्यौपाने
  • प्रहरी निरिक्षक बलराम विष्ट
  • प्रहरी निरिक्षक केशव बोहरा
  • प्रहरी हवल्दार लक्ष्मण खडका
  • प्रहरी जवान लोकेन्द्र चन्द
  • सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद
  • सशस्त्र प्रहरी जवान रामविहारी चौधरी
  • २ बर्षिय बालक टेकबहादुर साउद (सशस्त्र प्रहरी हवल्दारका छोरा)

 Continue reading

लघु कथा कसरि लेख्ने? राम्रा लघु कथाका ८ नियमहरु

सन १९९९मा प्रकाशित एक लघुकथा संग्रहको भुमिकामा कथा लेखक कुर्ट भोनेगुटले लघुकथा कसरि लेख्ने भनेर आठ ओटा सुझाबहरु दिएका थिए । उनि भन्छन, कथाका आकार हुन्छन जसलाइ ग्राफ पेपरमा समेत कोर्न सकिन्छ ।

उनका कथा लेखनका आठ टिप्स निम्न छन् :

  • १. अन्जान पाठकको समयको यसरि उपयोग गर्नुहोस कि उनलाइ आफ्नो समय खेर गएको जस्तो नलागोस।
  • २. पाठकलाइ कम्तिमा पनि एउटा तेस्तो पात्र दिनुहोस जसमा उसले आफु देख्न सकोस।
  • ३. प्रत्येक पात्रको आफ्ना आफ्ना चहाना हुनु पर्छ चाहे त्यो एक कप पानीको चहाना नै किन नहोस ।
  • ४. प्रत्येक वाक्यले यि दुइ मध्ये एउटा काम गर्नु पर्छ -> पात्रको बर्णन अथवा कथाको प्रगति ।
  • ५. सँधै कथाको अन्त्य नजिक बाट मात्र कथा शुरु गर्नुहोस
  • ६.  पिडक र कामुक हुनुहोस । कथाको मुख्य पात्र जतिसुकै शान्त र सज्जन भए पनि पाठकलाइ उनि कस्ता मान्छे वा बस्तु हुन भनेर बुझाउन उनमाथि भयंकर घटनाहरु हुन दिनुहोस।
  • ७. लेख्दा एउटा पाठकलाइ मात्र सोचेर लेख्नुहोस । यदि तपाइले झ्याल खोल्नु भयो र संसारलाइ प्रेम गर्नुभयो भने, तपाइको कथालाइ निमोनिया लाग्छ ।
  • ८. आफ्ना पाठकलाइ सक्दो धेरै सुचना दिनुहोस, जतिसक्दो छिटो। सस्पेन्सलाइ गोलि मार्नुहोस् । पाठकले अबस्थाको पुर्ण विबरण दिएर के र कहाँ भइ रहेको छ भन्ने जानकरि दिनुहोस । यसरि सबै विबरण दिनुहोस कि, कथाका अन्तिम पाना मुसाले खाइदिए पनि पाठकले आँफै कथाको अन्त्य गर्न सकुन ।

यि नियमहरु पुरा गरेमा राम्रो कथा बन्न सक्छ भने यिनको प्रयोग नगर्दैमा कथा नराम्रो हुने भन्ने पनि हुँदैन । कथा भनेको कथाकारको कला हो, जसलाइ कुनै पनि नियमले बाँध्न सक्दैन । तेसैले सबै आठ नियमका बिपरित नियम पनि बनाउन सकिन्छ राम्रो कथा लेख्नलाइ ।

 Continue reading

चर्चित डन घैंटै प्रहरिको इनकाउन्टरमा मारिए

अपडेट – घैँटेको मृत्यु भएको खबर आएको छ । मुठभेडमा अपराध महाशाखाका असईद्धय रंजित लामा र हेमन्त चन्दसहित तीन प्रहरी पनि घाइते भएको खबर आएको छ। अस्पताल सुत्रका अनुसार, घैंटे मृत अबस्थामा नै अस्पताल पुर्याइएको थियो । घैँटैसंगै घाइते भएका दुइ युवा उनको ग्यांग सदस्य नभएर स्थानिय दाजुभाइ भएको समाचार प्राप्त भएको छ । भिडियोहरु र नेपालि कांग्रेसका एक नेताको भनाइ र अन्त्यमा प्रहरिको प्रेस रिलिज पनि थप गरिएको छ ।

***

काठमाडौंका चर्चित डन कुमार श्रेष्ठ उर्फ कुमार घैंटे प्रहरिको इनकाउन्टरमा घाइते भएको खबर आएको छ । प्रहरीले खोजी गरेपछि लुकीलुकी हिडिँरहेका कुमार घैंटे र प्रहरिको बिचमा सामाखुसि चोकमा गोली हानाहान भएको खबर छ ।

अडियो रिपोर्ट (“गम्भिर घाइते”लाइ “निधन्” भनेर बुझ्नु होला)

घैँटेको राजनितिक पहुंचको बारेमा रिपोर्ट :

https://www.youtube.com/watch?v=xeGJmO7vk58

kumar ghaite with money and arms

घैंटेलाई पक्राउ गर्न गएको  प्रहरिले घैंटे माथि गोलि प्रहार गरेको बताइएको छ । प्रहरिको गोलि लागि घाइते भएका घैंटेला उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको समाचार छ ।

 Continue reading

के नेपालका छ प्रदेशहरु को बिभाजन वैज्ञानिक छ ?

के तपाइले साहित्यकारलाइ ट्याटु खोप्न दिनुहुन्छ ? एउटा साहित्यकारले कस्तो ट्याटु राम्रो हुन्छ त भनिदेला तर जब चित्र बनाउने बेला आउँछ त्यो बेला त चित्रकारले नै खोप्नु पर्ने हुन्छ । तेस्तै, नेपालमा प्रदेश बिभाजन पनि नेताहरुले गर्नु भनेको साहित्यकारले ट्याटु खोपेको जस्तै भएको छ। देशको प्रदेश बिभाजन भनेको सामाजिक र भौगोलिक आधारमा वैज्ञानिक अनुसन्धान र पद्दति अनुसार हुनु पर्ने हो। हाम्रा नेताहरुले यो विभाजन अंशबंडा गरेको, व्यक्तिगत र पार्टिगत स्वार्थलाई हेरेर गरेको जस्तो देखिएको छ।

nepal provience

भुगोलविद् रामकुमार पाँडेका अनुसार यि छ ओटा प्रदेशको ढाँचा नै स्पष्ट छैन । उनको बिचारमा सबै प्रदेशमा हिमाल, पहाड र तराइ नजोडिएको हुनाले विकासका दृष्टिले कुनै क्षेत्रले सजिलो र अरुलाई गाह्रो हुन। उनका अनुसार प्रदेश दुइ र प्रदेश छ का जनताको जनजीवनका अझ बढि कठिन हुन सक्छ । प्रदेश दुई हिमाल र पहाडसँग जोडिएको छैन भने प्रदेश छ अत्यधिक ठूलो छ ।

 Continue reading

भुवन केसि र जिया केसि किन संगै फोटो खिच्दैनन ?

भुवन केसि र जिया केसिको बिचको अफेयरको बारेमा नेपालि फिल्मको बारेमा जानकारि राख्ने सबै जसोलाइ थाहा छ । उनिहरू विगत दुइ वर्ष देखि ‘लिभ इन टुगेदर’को रुपमा संगै बस्ने गरेका छन् । जिया भुवनको सिनामंगलस्थित घरमा नै बस्छिन र संधै जस्तो भुवनसंग नै हिड्ने गरेकि छिन् । यति नजिकको नाता भए पनि भुवनले आफ्नो निर्देशनमा निर्माण गरेको पहिलो फिल्म ‘ड्रिम्स’मा भने जिया अटाएकि छैनन्। फिल्ममा कुनै भुमिका नभए पनि भुवनले निर्देशन गर्दा जिया भने संगै थिइन । उनि फिल्को छायांकन स्थलहरु  मुस्ताङ र पोखरामा पनि भुवनको संगै थिइन । तर, यो जोडिको संगै भएको फोटो भने प्राप्त गर्न सकिएको छैन ।

अडियो रिपोर्ट:

भुवन र जिया एउटैमोटरसाइकलमा चढेको छुट्टा छुट्टै फोटो, पोखरामा ‘ड्रिम्स’को शुटिंग गर्दा

पहिले पहिले जियाले भुवन मन पर्ने र बिवाह गर्ने सक्ने बताउदा भुवनले भने तेस्तो कुनै योजना नभएको बताउंथे । एक पटक भुवनका छोरा अनमोललाइ पनि जिया बाबुसंगै बसेको मन नपरेको हल्ला बजारमा आएको थियो ।

 Continue reading

Incoming search terms:

  • नेपालीसेकस

नेपालमा कि रेखा बिक्छ रे कि देखा, हो त ?

नेपालि मोडल र अभिनेत्रिहरुले अंग प्रदर्शनका अनेका बहाना गर्ने गर्दछन । पहिले शालिन चाड मानिने तिजमा अब भने बिभिन्न बहानामा अंग प्रदर्शन शुरु भएको छ। केहि समय अघि कोमल ओलिले “पोइला जान पाम …” भनेर गिता गाउँदा बिरोध हुने गरेकोमा अबको नेपालि समाज अंग प्रदर्शनलाइ पनि सजिलै पचाउने अबस्थामा पुगेको भान हुन्छ । अघिल्लो बर्ष द्विअर्थि कुरा भएको गितमा ‘कन्याइ देउन बाइ ….’  भन्दै शुष्मा कार्कि नाचेकी थिइन भने यो बर्ष ज्योति मगरले एक बित्ते धोति लाएर नाचेकि छिन्:

jyoti magar short saree3

ढाडे बिरालो – ज्योति मगरले कि रेखा बिक्छ कि देखा भनेर नाचेको तिजको गित:

कन्याइ देउन बाइ शुष्मा कार्किको अघिल्लो बर्षको तिज गित- :

केहि समय पहिले नेपालि फिल्म क्षेत्रमा अंग प्रदर्शन र सेक्स थिम भएको कथामा फिल्म बनाउने लहर नै चल्यो । जिया केसि, सुमिना घिमिरे, बिनिता बराल, शुष्मा कार्कि आदि अभिनेत्रिहरु अंग प्रदर्शन र सेक्सि फोटो सेसन र सनसनि फैलाउने हिसाबका अन्तरबार्ता दिएर टिक्ने दाउ गरेका थिए । अहिले यि कुनै पनि अभिनेत्रिहरुको नेपालि फिल्म क्षेत्रमा माग छैन । तर नयाँ आउने अभिनेत्रि र मोडलहरुमा अझै पनि नांगिदैमा पपुलर भइन्छ भन्ने भ्रम यथाबत रहेको पाउन सकिन्छ ।

 Continue reading

Incoming search terms:

  • नेपालिभिडियो

जानवि बोहरा, नयाँ नेपालि फिल्म अभिनेत्रि

लामो समयदेखि मोडलिङ र थियटरमा सक्रिय अभिनेत्रि जानवि बोहरा अब अभिनेत्रिको रूपमा प्रश्तुत भएकि छिन् यहि शुक्रवारबाट प्रदर्शन शुरु भएको चलचित्र ‘सपना तिम्रो–मेरो’ मार्फत । यस अघि जानकि नामले चिनिने जानविले फिल्ममा अभिनय गर्दा आफ्नो नाम परिवर्तन गरेकि हुन ।

अडियो/भिडियो प्रोफाइल :

https://www.youtube.com/watch?v=TlWAD-Whfzw

सिन्धुपाल्चोक स्थायि घर भएकि जानविले  बिसभन्दा बढि म्युजिक भिडियो, नाटकहरु र केही टेलिश्रृंखलाहरूमा अभिनय गरिसकेकि छिन् । उनले सडक नाटकमा अभिनय गर्ने क्रममा देशका विभिन्न स्थान र भारतको दिल्लि सम्म पनि पुगेकि छिन् । कुनै बेला डबलि थिएटरकि सक्रिय सदस्य जानवि अब भने फिल्म क्षेत्रमा नै जम्ने सोचाइ राखेकि छिन् । ‘सञ्जीवनी’ टेलिश्रृंखलामा जानविले गरेको अभिनयलाई दर्शकहरुले मन पराएका थिए । उनले सन्तोष पन्तका टेलिश्रृंखलामा पनि अभिनय गर्ने मौका प्राप्त गरेकि थिइन् ।

 Continue reading

Incoming search terms:

  • नेपालिफिलम
  • नेपालिफिलिम
  • नेपालि फिलम
  • नेपालि। फिलिम
  • नेपालि फिलिम।

नम्रताले राष्ट्रिय चलचित्र पुरस्कारको हल्ला निराधार भएको बताइन

गत साता वितरित राष्ट्रिय चलचित्र पुरस्कारका विषयमा आफ्ना बारे विभिन्न ब्लग र सामाजिक सञ्जालमा आएका कुरालाइ गलत हल्ला भन्दै नायिका नम्रता श्रेष्ठले दुख व्यक्त गरेकि छिन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टयाटस लेख्दै अनलाइन तथा ब्लगमा आएका समाचार तथ्यहिन भएको बताएकि हुन् । राष्ट्रिय पुरस्कार वितरण समारोहमा आफु अरु भन्दा पहिले नै बाहिरिएको र आफुलाई अवार्ड नदिइएको विषयमा नचाहिँदो अनुमान लगाइएको उनले स्ट्याटसमा लेखेकि छिन् ।

अंग्रेजिमा लेखिएको नम्रताको भनाइको पुर्ण पाठ हाम्रो अंग्रेजि संस्करण ब्लगमा पढ्न सकिन्छ।

namrata shrestha 4

“पुरस्कार नपाएका कारण चाँडै बाहिरिएको भन्ने हल्ला सरासर निराधार हो । त्यो दिन मेरो म्युजिक भिडियोको सुटिङ थियो । बोर्डबाट अनुरोध आएकाले सो कार्यक्रममा गएकि थिएँ । सुटिंग युनिटले कुरिरहेकाले हुनाले कार्यक्रम सकिने बित्तिकै हिंडे,’ नम्रताले लेखेकी छिन् ।  उनले  आफ्नो मौनताको गलत अर्थ लगाइएको पनि  गुनासो गरेकि छिन् ।

 Continue reading