ऋषि धमलाको पार्टिमा पुर्वप्रधानमन्त्रि, सभामुखदेखि सेनापतिसम्म, बोलाउनु गैरकानुनि?

यहि बुधबार आर्मि अफिसर्स क्लवमा देशका धेरै गण्यमान्य ब्यक्तिहरुको जमघट भएको थियो । देश अत्यन्तै कष्टकर अबस्थामा गुज्रिरहेको बेला भएको सो जमघट देशको समस्या समाधानको लागि नभएर एक अति नै सामान्य कार्यक्रम थियो- पत्रकार ऋषि धमलाकी छोरीको पास्नी । नेपालि समाजमा छोरि जन्मेको ५ महिनामा गरिने पास्नि को पार्टि भने धमलाले भने जन्मेको एक बर्ष पछि आर्मी अफिसर्स क्लवमा गरेका छन । प्राय: सबै जसो गण्यमान्य ब्यक्ति उपस्थित भएको सो पार्टिमा अनुपस्थितहुनेमा राष्ट्रपति, प्रधानमन्त्रि, कांग्रेस सभापति र एमाओबादि अध्यक्ष उल्लेख्य थिए ।

भिडियो रिपोर्ट:

समारोहमा उपस्थित पुर्वप्रधानमन्त्रीहरुमा शेरबहादुर देउवा र माधवकुमार नेपाल थिए भने, कांग्रेस नेताहरु कृष्ण सिटौला, अर्जुननरसिंह केसी, विमलेन्द्र निधी उपस्थित थिए । मधेसी मोर्चाका उपेन्द्र यादव, चुरे भावरका अध्यक्ष बद्री न्यौपाने लगायतका राजनीतिक हस्तीहरु पार्टिमा देखिएका थिए । सभामुख ओनसरी घर्ती, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्री, सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक दुर्जकुमार राई, मुख्य सचिव सोमलाल सुवेदी जस्ता उच्चपदस्थहरु पनि कार्यक्रममा उपस्थित थिए ।

 Continue reading

बाल्यकालमा १३ चर्चित नेपालि कलाकारहरु कस्ता थिए ?

हामीले चिनेजानेका कलाकारहरु आफ्नो बालककालमा कस्ता थिए होलान ? आज मा तपाईहरुको कौतुहल मेटाउने प्रयास गर्दैछु, १३ जना फिल्म कलाकारहरुको बाल्यकालको फोटोको बारेमा यो रिपोर्ट बाट (हेर्नुहोस भिडियो) :

राजेश हमाल

नेपालि चलचित्र क्षेत्रका महानायक राजेश हमाल सानै देखि हेन्डसम हुन । उनका बच्चा बेला देखिका फोटो हेर्दा लामो कपाल पाल्ने रहर सानै देखि भएको बुझ्न सकिन्छ। सयौँ चलचित्रमा अभिनय गरी, दर्शकको मन जितेका हमालको जन्म सन् १९६४ मा पाल्पामा भएको हो । चन्डिगढ विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा मास्टर डिग्री गरेका राजेश नेपालि चलचित्र क्षेत्रमा पढेलेखेका कलाकार मध्येका एक हुन । राजेशहमालका बाल्यकालका फोटोको बारेमा अंग्रेजि ब्लगमा पनि चर्चा गरेको छु

RAJESH HAMAL CHILDHOOD PHOTO

जल शाह

एक जमानाकि चर्चित अभिनेत्रि जल शाह अहिले यस क्षेत्रबाट पलायन भए पनि उनको अभिनय कौशल पुराना फिल्म मा देख्न सकिन्छ । सन् १९८२ मा जन्मेकी जलले धार्मिक चलचित्र “श्रि स्वस्थानि”बाट अभिनय यात्रा सुरु गरेकि हुन् । ब्यापारिक हिसाबको फिल्ममा उनको पहिलो फिल्म “अवतार” थियो जसमा उनले १४ बर्षको उमेरमा अभिनय गरेकि थिइन ।

jal shah childhood photo

मनिषा कोईराला

बलिउडकि चर्चित अभिनेत्रि मनिषा सुन्दर शारिरिक बनावट र कुशल अभिनयका कारण भएकि हुन । नेपालि चलचित्र “फेरी भेटौँला”बाट आफ्नो अभिनय यात्रा सुरु गरेकि मनिषा नेपालको कोइराला खानदानकि सदस्य र बिपि र गिरिजाकि नातिनि हुन  । उनको पहिलो बलिउड चलचित्र चाँही “सौदागर” हो ।ओभेरियन क्यान्सर लागेर सन्चो भएकि मनिषा अब फेरि फिल्म क्षेत्रमा फर्कने सुरमा छिन ।

 Continue reading