बर्षेनि एक उत्कृष्ट साहित्यिक कृतिहरुलाइ मदन पुरस्कार प्रदान गरेर सम्मान गर्दै आएको मदन पुरस्कार गुठिले यो बर्ष अघिल्ला बर्ष भन्दा फरक तरिका अपनाएको छ – उत्कृष्ट साहित्यिक कृति छनोटको लागि । यस अघि जस्तै अहिले पनि एक कृतिलाइ नै पुरस्कार प्रदान गर्ने भए पनि त्यसको लागि छानिएका उत्कृष्ट सात कितावहरुको नाम पहिले नै सार्बजनिक गरिएको छ । यसरि, बि.सं. २०७२मा प्रकाशित भएका उत्कृष्ट सात कितावहरु निम्न छन्:
बुद्धिसागरको “फिरेफिरे”
यस अघिको बुद्धिसागरको पहिलो उपन्यास “कर्णालि ब्लुज”को सफलता संगै उनको दोश्रो उपन्यास ‘फिरेफिरे” पनि बहु प्रतिक्षित उपन्यास मानिएको थियो । “फिरेफिरे”को सबै भन्दा सबल पक्ष मिठो भाषा र लेखन शैलि हो । “कर्णालि ब्लुज”को जस्तै कथाबस्तु र लेखाइ शैलिको कारण “फिरफिरे”लाइ पनि पाठकले माया दिएका छन् । बुद्धिसागर पत्रकारितामा सक्रिय लेखक हुन ।
घनश्याम खड्काको “निर्वाण”
यो बर्ष, अर्का पत्रकारलेखक घनश्याम खड्काको पहिलो उपन्यास “निर्वाण”ले पनि राम्रै चर्चा कमाएको छ । एउटा सामान्य प्रेमकथा कसरी मोक्ष प्राप्तिको लक्ष्यसम्म पुग्छ भनेर व्याख्या गरिएको यो प्रेम सस्पेन्स र अन्तरद्वन्द ले भरिएको उपन्यासको कथाले पाठकहरूलाई आकर्षित गर्न सफल भएको मानिएको छ ।
भुवनहरि सिग्देल को “आमोइ”
“आमोइ” एउटा बालविधवाको कथा हो । यसले समाजको लागि सकारात्मक सन्देश दिनुका साथै मनोरन्जन पनि प्रदान गर्दछ।
सरिता तिवारिको “प्रश्नहरूको कारखाना”
यो वर्ष राम्रै चर्चा पाएको कविता कृति हो “प्रश्नहरूको कारखाना” । सरिता तिवारि समाजमा ब्यप्त बेथितिहरू माथि दरिलो झापड हान्ने कवयत्रि हुन । उनका रचनाहरुमा महिला सम्बेदना का साथै केहि कवितामा राजनैतिक रंग पनि मिसिएको महसुस हुन्छ।
निलम कार्कि निहारिकाको “चिरचरण”
अमेरिकामा बसोबास गर्ने लेखिका निलम कार्कि निहारिकाले सात वर्ष लामो अनुसन्धान पछि बजारमा ल्याएको भनिएको यो कृतिमा महाभारतको कथालाइ एक नारिको दृष्टिबाट हेरिएको छ ।
रामलाल जोशिको “ऐना”
सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशिको “ऐना” पहिलो कथा–संग्रह हो । यसअघि गजलकारका रूपमा चिनिएका जोशिको यो पुस्तक पछि एक शसक्त कथाकरको रुपमा उदाएका छन । मदन पुरस्कारले छानेका ७ लेखक मध्ये जोशि मात्र काठमाण्डौ बाहिरका लेखक हुन । “ऐना” भित्रका १९ कथाले सुदुरपश्चिमेलि क्षेत्रको मार्मिक चित्र उतारेका छन्। जातिय र लैङ्गिक विभेद, छाउपडी प्रथादेखि कमैयाका पिडाका परिवेशमा उनका कथाहरु बुनिएका छन्।
दामोदर पुडासैनि ‘किशोर’को “सिमानाका रंग सिमानाका तरंग”
लेखक दामोदर पुडासैनिले विभिन्न देश भ्रमणको बेला लेखेको नियात्राहरुको संग्रह हो “सिमानाका रंग सिमानाका तरंग”।