नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटिकाको उत्तम साइत कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेटमा रहेकाे बताएको छ । सबै भन्दा राम्रो समयको लागि समय तोकिएको भए पनि पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार टिका लगाउनै नहुने समय दिन भरि नै नभएकाले हुनाले भाइटिकाको दिन जुनसुकै समयमा टिका लगाए पनि हुन्छ ।
तिहार अर्थात यमपञ्चक कात्तिक कृष्ण त्रयोदशि देखि कात्तिक शुक्ल द्वितियासम्म ५ दिन मनाइन्छ । तिहारको बारेमा जानकारि दिन मैले एक भिडियो पनि बनाएको छु :
पुर्व निर्धारित समय तालिका बाहेक राजकिय सम्मान दिन सरकारि स्तरबाट निर्णय गरेर सार्बजनिक बिदा दिने चलन राजतन्त्रको पालादेखि चलिआएको चलन हो । यस्ता बिदाहरु राजाको तजबिजले दिइने हुनाले राजा वा राजपरिवारमा घटने बिशेष घटनाको बेलाम यस्ता बिदा दिने चलन थियो । यस्ता बिदा राजपरिवारका सदस्यको निधनको बेलामा, राजको औपचारिक बिदेश भ्रमणको बेला र तेस्तै बिशेष बेलामा दिइन्थ्यो ।
यहि राजकिय परंपरालाइ पछ्याएर राष्ट्र प्रमुखको निधनको बेलामा राजकिय सम्मानका साथ अन्तेष्टि गर्ने चलन चलेको छ । तर, यस्ता राजकिय सम्मान कसलाइ दिने भन्ने कुरामा पनि कुनै निश्चित मापदण्ड बनाइएको छैन । यस्ता निर्णय सरकारमा बस्नेको स्वबिबेकको आधारमा निर्णय हुने गरेको छ । तेसैले पंचायति प्रधानमन्त्रि मरिचमान सिंहले नपाएको राजकिए सम्मान नेता रामराजा प्रसाद सिंले चाँहि पाएका थिए ।
के सम्मान दिनु भनेको काम नगर्नु हो ?
बिदा त्यो बेला दिइन्छ जुन बेला कर्मचारिको मन र मस्तिष्कले राम्रोसंग काम गर्न सक्दैन ।
तेसैले, दक्षिण भारतका केहि कम्पनिहरुले रजनिकान्तको फिल्म रिलिज भएको दिन समेत बिदा दिएका थिए । कारण थियो, बिदा नदिए पनि धेरै जसो कर्मचारि काममा नआउने हुनाले ति कम्पनिहरुले बिदा दिनु आवश्यक थियो ।
भारतिय राष्ट्रपति आउँने दिनमा अफिस छोडेर उनलाइ हेर्न जाने कति जना होलान ? कोहि हुँदैनन । अनि, बिदा कसलाइ र किन दिएको होला ?
राजदरवार हत्याकाण्ड हुँदा बिदा दिनु आवश्यक थियो किनकि धेरै मानिसहरु शोकमा थिए काम गर्ने जोश र जाँगर थिएन । तर, सुर्यबहादुर थापाको निधन हुँदा कति जनाले शोक मनाए होलान ? ८-१० जना अथवा २०-३० जना ? थोरै मानिसले शोक मनाउने, अरुलाइ मतलव नहुने घटनामा सबैलाइ सार्बजनिक बिदा दिन किन आवश्य थियो होला ?
मेरो बिचारमा, सम्मान दिनको लागि बिदा दिनु नै पर्छ भन्ने छैन ।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता पछि कार्कि स्वत: निलम्बित भएका छन । एमाले र माओवादीका १५७ सांसदले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरे पछि सो प्रस्तावमा समर्थन गर्न कांग्रेस सांसदहरुसंग पनि छलफल शुरु गरिएको छ । एक तिहाइ भन्दा बढि सांसदले हस्ताक्षर गरेर प्रस्ताव दर्ता गरे पनि नेपालको संविधानको धारा १०१ को उपधारा २ अनुरुप कार्किलाइ पदमुक्त गर्न दुइ तिहाइ बहुमतले पारित गर्नु पर्ने हुन्छ ।
भिडियो रिपोर्ट :
प्रस्ताव दर्ता भएकै दिन कार्कि एक महिना लामो क्यानडा बसाइ सकेर फर्केका छन । यो बेलामा लोकमानले आफ्नो बलबुताले भ्याएसम्म सांसदहरु आफ्नो पक्षमा पार्न कसरत गर्ने छन । लोकमानको प्रस्ताव र प्रलोभनमा पर्ने “भोकमान” पनि प्रशस्त नै होलान ।
भोकमानहरुले लोकमानलाइ बचाउलान त ?
लोकमान कार्किको बारेमा मैले यस अघि पनि एउटा ब्लग पोष्ट लेखेको थिएँ – उनले ट्विटरमा गर्ने बदमासिको बारेमा।
तनहुँमा एक अचम्मको बालक देखिएका छन जसको दुइ हात का साथ साथै तेस्रो हात पनि छ – पिठ्युंमा । दुइ बर्षिय बालक गौरब गुरुंगको पिठ्युंको भएको तेस्रो हात चल्न चाँहि चल्दैन । पिठ्युंमा हात पलएपछि उनलाइ सुत्न र भुइमा पल्टिन भने निक्कै गाह्रो हुन्छ्। यस्तो अचम्मको हात भएको बालकलाइ हेर्न गौरबको घरमा भिड लाग्न थालेको छ । कतिपयले उनलाइ भगवानको रुप मान्दै पुजा समेत गर्न थालेको भए पनि डाक्टरहरुले भने यो एक प्रकारको रोग भएको र सो हातलाइ सर्जरि गरेर हटाउनु पर्ने बताएका छन् ।
भि॑डियो रिपोर्ट हेर्नुहोस :
गौरबलाइ के भएको हो ?
डाक्टरहरुले गौरबलाइ जन्मजात नै देखिने स्पाइना बिफिडा भन्ने समस्या भएको बताउँछन । मेरुदंड भित्र हुने स्पाइनल कर्डमा आउने यो समस्याका कारण ढाड्मा मासु पलाउने समस्या हुन्छ । यस्तो समस्या दुर्लभ भए पनि यस्तो समस्याले बालकको दिमागमा पनि असर पार्न सक्ने बताइन्छ । गौरवको घरको आर्थिक अवस्थाका दयनिय हुनुका कारण अहिले सम्म उपचार गर्न नपाएको पनि समाचारमा उल्लेख छ । Continue reading
दशैं सकियो, तिहार आएकै छैन । यस्तो बेलामा केहि काम हुँदैन । बच्चा बेला देखि नै तेस्तै हो । स्कुल पढ्दा दशैं सकिनु र तिहार नआइन्जेलको भनेको भयंकर टर्चरको समय हुन्थ्यो । टन्न होमओर्क गर्न बाँकि हुन्थ्यो, गर्न मन नलाग्ने । अनि, केहि गर्दा पनि रमाइलो नलाग्ने । कता कता होमओर्कले थिचि रहे पनि बसेर पढ्न, लेख्न जांगर् कहिल्यै लागेन । बसिहाल्यो भने पनि दशैंको सम्झना र तिहारमा के गर्ने भन्ने योजना बुन्दैमा समय बित्ने ।
अहिले होमओर्क छैन, तै पनि, अंग्रेजि सिक्दा के पो बिग्रला र । लौ हेरौं, हाम्रा चेलिबेटि सेल-ब्रेटिहरुबाट कस्तो अंग्रेजि सिक्न सकिने रहेछ। प्यार प्यारे को प्यार प्यार सुनौं ।
यो हास्य भिडियोमा अभिनेत्रिहरु रेखा थापा, करिश्मा मानन्धर देखि जुइनो लेखिका, बिनिता बराल सम्मले अंग्रेजि सिएकाएका छन । अरु चेलिबेटिहरु छन – अर्चना पनेरु, जिया केसि, आना शर्मा, जिया केसि, जेनिशा केसि आदि ।
केही वर्ष अगाडि सम्मानित पुनरावेदन अदालत बिराटनगरले म्यारिज खेललाइ जुवा भन्न नपाइने भनि दिएको आदेशको सम्मान गर्दै, म्यारीज खेललाइ ब्यबस्थित बनाउन “म्यारिज नियमावलि, २०६५” लागु गरिएको थियो । सोहि नियमावलिलाइ ब्यबस्थित गर्न र समयानुकुल परिवर्तन गर्न बि.सं. २०७३ सालमा यसलाइ थोरै परिवर्तन गरेर यो संसोधित नियमावलि जारि गरिएको छ । तिन बर्ष अघि पोष्ट गरिएको यस नियमावलिलाइ मुख्यत: दिर्घ हटाएर संसोधन गरिनुका साथै केहि नियम परिमार्जन गरिएका छ:
म्यारिज नियमावलि, २०७० (२०७३ संसोधन)
प्रस्तावना
म्यारिज खेलको खेल प्रकृयाबारे थोरैलाइ थाहा भएर समय समयमा विवाद आइराख्ने भएको कारण म्यारिज खेललाइ व्यवस्थित र मर्यादित पार्नु वाञ्छनिय भएकोले पप्लुको विकसित रुपमा म्यारिजलाइ स्थान दिइ सबैको घर दैलोमा चाडवाडदेखि काजक्रियासम्म, मेलापात वा पढाइबाट निकालिएको फुर्सदको समयमा, रुद्रि वा पुराण लगाएको घरमा वा जागिरे वा बेरोजगार, मन्त्रि वा सचिव सबैले रुचि राखेको कारण नियमको अभावमा सधैं किचलो उत्पन्न हुने तथा झैझगडाको अवस्था समेत सृजना हुने भएकोले तत्काल दलहरुबिचको राजनितिक सहमति कायम हुन नसकि संविधान सभाको बैठक अवरुद्ध भएको अवस्थामा र मुल कानुन निर्माण नसकेको हुँदा तत्काल केहि न केहि गर्नै पर्ने भएकोले यो नियमको तर्जुमा गरिएको छ ।
दशैंको उपलक्षमा शुभकामना आदान प्रदान गर्नुका साथै बडा दसैँको दिन (दशमि) देखि सबैले आँफु भन्दा ठुलाबडाहरुसंग टिका लगाएर आशिर्बाद लिने चलन छ । यसरि टिका लगाइदिंदा निम्न मन्त्रहरु जप गरिन्छ । यि मन्त्र पनि पुरुषलाइ छुट्टै र महिलालाइ छुट्टै हुन्छ:
पहिले पहिले दशैं जबर्जस्ति नै मान्नै पर्थ्यो किनकि बिश्वकै “एकमात्र हिन्दु राष्ट्र”मा दशैं सबै भन्दा ठुलो पर्ब थियो । आजकाल हिन्दु राष्ट्र भन्न छोडे देखि मनाउने नमनाउने आ-आफ्नो छनोट । ल हेर्नुस यस्तो आदेश छ:
आजका धेरै नेपालि देशबाट लखेटिएका छन । बिदेशमा नेपालमा जस्तो धुमधामका साथ दशैं मनाउने बाताबरण नै मिल्दैन । छुट्टि मिलाउनु देखि साथिभाइ परिवार भेट गर्ने मौका नै मिल्दैन । तेसैले बिदेशको दशैं दुखिया हुछ – घर परिवारको सम्झनामा रुंदै मनाउनु पर्ने हुन्छ । नेपालमा दशैं आउँदा चोर्ने कुरा हुन्थ्यो। बालबालिकाले गाँउथे :
बिदेशमा चोर्न मिल्दैन। के गरेर दशै गित गाउलाने होला त? लौ, मैले बिदेशमा गाउन मिल्ने दशैं गित पनि बनाएँ । यसलाइ मिलाउन र परिमार्जन गर्न पुर्ण रुपमा छुट छ। कतै कपि पेष्ट गर्न पनि छुट छ ।
शुभकामना पनि अब त पहिले जस्तो “महान हिन्दु चाड” भनेर भन्न त्यति सान्धर्भिन नहुन सक्छ । किनकि केहि बर्ष पहिले एकजनाले हाँसो गरेको थियो :
उसले गायिका अन्जु पन्तलाइ एउटा शुभकामना पठाएको थियो रे । पठाउँदा सम्म त हिन्दु नै थिइन, सुभकामना पुग्दा त क्रिश्चियन भै सकेकि रैछिन । बडो समस्या भयो रे। उसले पठाएको शुभकामना यस्तो थियो रे :
बिजय दशमिको शुभ अवसरमा तपाइलाइ
गणेशको जस्तो शिद्धि,
सरस्वतिको जस्तो वुद्धि,
बिदुरको जस्तो निति,
बिष्णुको जस्तो कृति,
लक्ष्मिको जस्तो सम्पति,
र भबानिको जस्तो शक्ति प्राप्त होस
महान हिन्दु चाड दशैंको शुभकामना!
हुन त, माथिको कुरा जोक बनाएको होला, तर अहिलेको अबस्थामा यस्तै घट्ना नहोला भनेर भन्न पनि सकिंदैन । तेसैले आजकाल मैले कसैलाइ पनि देब/देबिको नाम, हिन्दु भन्ने शब्द भएका शुभकामना पठाउन नै छोडिदिएँ ।
देश भित्र डलर खनिएको खनियै छ । यस्तो अबस्थामा पठाउँदा हिन्दु नै भएको ब्यक्ति पनि शुभकामना पुग्ने बेला सम्ममा धर्म परिबर्तन भएर क्रिष्चियन भइ सक्ने सम्भाबना प्रचुर मात्रामा देखिन्छ। पछि पछुताउनु भन्दा पहिल्यै सजग हुनु बुद्धिमानि हुन्छ। आजकाल मेरा शुभकामनामा “माता दुर्गा भबानि दाहिने” पनि हुन्नन । तिहारमा “लक्ष्मिले बास” पनि गर्दिनन । आजकालका मेरा शुभकामनामा बडो समावेशि भएका छन्:
दशैंमा घरजाने बस/प्लेनको टिकट पाइयोस।
बस बाटो बाटै सकुशल गन्तब्यमा पुगोस। ड्राइभरले नै चलाओस, कण्डक्टर पैसा उठाउन नै ब्यस्त होस।
खानेकुरामा थोरै मात्र मिसावट होस्। (मिसावट नहोस भन्यो भने पत्याउँदैनन।)
यति भन्दा भन्दै पनि तपाइलाइ पुरानै दशैंका शुभकामना प्यारा लाग्छन भने सम्बत २०७२ का दशैंका शुभकामना यहाँ छन ।
भाषा सम्बन्धि नोट: ब र व को प्रयोगको बिषयमा :
– बिस्व – मा अन्तिम “व” लाइ “ब” बनाउन मिलेन
– परिवार लाइ “परिबार” भन्ने पनि सुनिने भए पनि “वार” नै ठिक जस्तो लाग्यो