२०१७ च्यालेन्ज, यो बर्ष भित्रै १ लाख सब्स्क्राइबर पुर्याउने

हिजो मेरो युट्युव च्यानलमा ३०,००० सब्स्क्राइभर पुग्यो । मैले यहि गतिमा बढदै गएमा १ लाख सब्स्क्राइबर पुर्याउन कति समय लाग्छ भनेर हिसाव गरेको थिएँ । एक बर्षमा यहि गतिमा बढदा १ लाख पुग्ने सम्भावन देखिएन । यसैलाइ च्यालेन्ज मानेर मैले एउटा ट्विटर पोल पनि पोष्ट गरेको थिएँ । मेरा ट्विटर फलोअरहरुले पनि नकारत्मक भोट धेरै दिए । मैले त्यसलाइ पनि च्यालेन्ज मानेको छु ।

That’s the challenge. To get 100,000 subscriber by the end of 2017. Today, on January 26 at 3:20 PM Mountain time, the subscriber count is 30,225.

I need 69,775 subscribers to reach that goal.

नयाँ बर्षमा भिडियो ब्लगिंगको नयाँ स्वरुप, आनन्दका कुरा

भिडियो ब्लगिंगको मेरो इतिहास

मैले सन २००९ मा युट्युव च्यानल दर्ता गरेर भिडियो अपलोड गरेको रहेंछु । पहिलो भिडियो पक्कै पनि अरु कसैको थियो होला, किनकि मैले त्यो बेला भिडियो बनाउँला भनेर सोचेको पनि थिइन। पहिलो पटक आँफैले बनाएको भिडियो २०११ मा बनाएको रहेंछु । त्यस पछि सन २०१३ बाट नियमित रुपमा भिडियो बनाएर अपलोड गर्ने सोच बनाएको थिएँ । तर, त्यो बेलामा काम बिशेषले निरंतरता भने दिन सकिन । अनि, सन २०१४ मा पडकाष्ट शुरु गर्ने सोच संगै नियमित रुपमा भिडियो बनाउन पनि थालें । पडकाष्ट नियमित हुन सकेन तर भिडियो निर्माण नियमित भइ रहेको छ ।

सन २०१५ मा बर्ष भरिमा ३,३०० जना नयाँ सब्स्काइभर जम्मा भएका रहेछन । अहिले त्यो संख्या एक महिना मा नै पुग्न थालेको छ । यसरि सन २०१६ मा २१,३०० जना नयाँ सब्स्काइभर थपिएका रहेछन । बर्षान्तमा २८,००० सब्स्क्राइभर पुगेका थिए ।

बर्ष २०१७ को योजना

 Continue reading