झण्डै एक दशक देखि युट्युवले भिडियोमा देखिने बिज्ञापनको केहि भाग भिडियो निर्मातासंग बाँड्ने गरेको थियो । यसरि युट्युवमा भिडियो अपलोड गरेर धेरैले पैसा कमाए । तर, हालै युट्युवलाइ बिज्ञापन दिने बिज्ञापनदाताहरु युट्युवसंग रिसाएर बिज्ञापन दिन रोके पछि युट्युव ठुलो अफ्टेरोमा परेको थियो । यो प्रस्तुतिमा म चर्चा गर्नेछु –
- बिज्ञापनदाताहरु युट्युवसंग किन रिसाए?
- युट्युव ले के के नयाँ नियम ल्याएको छ ?
- के युट्युवबाट अब कमाइ नहुने हो ?
बिज्ञापनदाताहरु युट्युवसंग किन रिसाए?
तपाइँले बिगत केहि समयदेखि युट्युव हेर्ने गर्नुभएको भए थाह नै छ होला – आजकल अश्लिल भिडियो, झुक्याउने भिडियो लगाएत अनेक झुठा र सनसनि मच्चाउने खालका भिडियोहरुको बाढि नै आउन थालेको थियो । यि सबै भिडियोहरुको मुख्य उद्देश्य दर्शकलाइ नयाँ कुरा दिनु भन्दा पनि दर्शकलाइ झुक्याएर पैसा कमाउने मात्र हुन्थ्यो । यस्ता भिडियोहरुमा बिज्ञापन राखेर युट्युवले बदमासि गरिरहेको भन्ने बिज्ञापनदाताहरुले आरोप लगाइ रहेका थिए । तर, युट्युवले अहिलेसम्म उनिहरुको चासोलाइ बेवास्ता गरिरहेको थियो । Continue reading