फिल्मकि निर्मात्रि र मुख्य अभिनेत्रि पुजा शर्माको जन्मदिनको अवसर पारेर ‘म यस्तो गित गाउँछु’ को शिर्ष गित सार्वजनिक गरिएको छ । आइतवार राजधानिमा आयोजित जन्मदिन कार्यक्रममा ‘भन्छु आज’ बोलको सो गित सार्वजनिक गरिएको हो । गितको भिडियोमा नायिका पुजा शर्मा र पल शाहको बिचको लोभलाग्दो केमेष्ट्रि देखिएको छ।
Video report:
सुदर्शन थापाको शब्द रहेको गितमा अर्जुन पोख्रेलले संगित भरेका छन् भने सुगम पोखरेल र अन्जु पन्तले आवाज दिएका छन । सो गितमा पल र पुजालाइ कोरियोग्राफर कविराज गहतराजले नचाएका छन । लोकेशन, छायांकन, सम्पादन, कोरियोग्राफि र आदि सबै हिसावले भिडियो राम्रो बनेको छ। भिडियो हेर्दा ‘प्रेम गित’ को शिर्ष गीत ‘म यस्तो गित गाउँछु’ को झल्को आउँछ ।
सुदर्शन थापा र पुजा शर्माको संयुक्त लगानिमा बनेको यो “प्रेम गित”को सिक्वेललाइ सुदर्शन थापाले निर्देशन गरेका हुन् । यो फिल्म आगामि असार ३० गतेबाट रिलिज हुँदैछ ।
Continue reading