गुन्डा नाइके कुमार घैँटेको शव ७५ दिनदेखि अस्पतालमा श्रीमती पिंकीको दाहासंस्कार प्रयासमा अबरोध

दुइ नेपालि पत्रिका – नयाँ पत्रिका दैनिक र युनाईटेड पोष्ट साप्ताहिकमा दुइ महिना अघि प्रहरिको मुठभेडमा मारिएका गुण्डा कुमार घैँटे (कुमार श्रेष्ठ) को शवको बिषयमा फरक खालका रिपोर्ट प्रकाशित भएका छन ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=1sSwtYpzED4

गत भदौ ३ मा रानिबारिस्थित आफ्नै घर अगाडि मुठभेडमा घैँटेको मृत्यु भएको थियो । घैँटेका आफन्तले प्रहरिले नियोजित रूपमा हत्या गरेको आरोप लगाउँदै आएका छन् । प्रहरिले भने उनले प्रहरिमाथि आक्रमण गरेपछि जवाफि फायरिङमा मृत्यु भएको बताएको थियो । घैँटेका आफन्त तथा केही कांग्रेस सभासद्ले घटनाको अनुसन्धानका लागि मानवअधिकार आयोगलाई दबाब दिँदै आएका छन् ।

शवको पोस्टमार्टम

मानवअधिकार आयोगका प्रतिनिधिसमेतको रोहवरमा शिक्षण अस्पतालका विशेषज्ञ डा. हरिहर वस्तिको नेतृत्वमा शवको पोस्टमार्टम पनि भएको थियो । तर, यस्तो घटनाको पोस्टमार्टम रिपोर्टमा मुठभेडमा मृत्यु भएको वा नियन्त्रणमा लिएर गोलि हानेको प्रस्ट प्रमाणहरू औँल्याउन गाह्रो हुने हुनाले यसै भएको भनेर भन्न मिल्ने अबस्था छैन ।

KUMAR GHAITE DON3

मानवअधिकार आयोगले कमिटि गठन गरेर छानबिन अगाडि बढाएपछि मात्र शव बुझेर दाहसंस्कार गर्ने भनेर परिवारले भनेको हुनाले हालसम्म घैँटेको शव शिक्षण अस्पतालमै छ ।

 Continue reading

चर्चित डन घैंटै प्रहरिको इनकाउन्टरमा मारिए

अपडेट – घैँटेको मृत्यु भएको खबर आएको छ । मुठभेडमा अपराध महाशाखाका असईद्धय रंजित लामा र हेमन्त चन्दसहित तीन प्रहरी पनि घाइते भएको खबर आएको छ। अस्पताल सुत्रका अनुसार, घैंटे मृत अबस्थामा नै अस्पताल पुर्याइएको थियो । घैँटैसंगै घाइते भएका दुइ युवा उनको ग्यांग सदस्य नभएर स्थानिय दाजुभाइ भएको समाचार प्राप्त भएको छ । भिडियोहरु र नेपालि कांग्रेसका एक नेताको भनाइ र अन्त्यमा प्रहरिको प्रेस रिलिज पनि थप गरिएको छ ।

***

काठमाडौंका चर्चित डन कुमार श्रेष्ठ उर्फ कुमार घैंटे प्रहरिको इनकाउन्टरमा घाइते भएको खबर आएको छ । प्रहरीले खोजी गरेपछि लुकीलुकी हिडिँरहेका कुमार घैंटे र प्रहरिको बिचमा सामाखुसि चोकमा गोली हानाहान भएको खबर छ ।

अडियो रिपोर्ट (“गम्भिर घाइते”लाइ “निधन्” भनेर बुझ्नु होला)

घैँटेको राजनितिक पहुंचको बारेमा रिपोर्ट :

https://www.youtube.com/watch?v=xeGJmO7vk58

kumar ghaite with money and arms

घैंटेलाई पक्राउ गर्न गएको  प्रहरिले घैंटे माथि गोलि प्रहार गरेको बताइएको छ । प्रहरिको गोलि लागि घाइते भएका घैंटेला उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको समाचार छ ।

 Continue reading