Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

केही समय पहिले हामीले काठमाडौँमा छापिने नेपाली पत्रिकाहरुको बारेमा एउटा सानो अध्ययन गरेका थियौं |

यस अध्ययनको लागि बजारमा देखिएका पत्रिका पसलहरुमा गएर नेपालमा प्रकाशन हुने सबै साप्ताहिक र मासिक पत्रिकाहरुको लागत निकालिएको थियो |  जम्मा गरिएका बिभिन्न तथ्यांकहरुमा सबै भन्दा अचम्म लाग्ने जानकारी नेपाली पत्रिकाहरु नेपाली भाषामा भन्दा बढी अंग्रेजी भाषामा छापिने रहेछन |

हामीले  तथ्यांक संकलन गरेका २० पत्रिकाहरुमा झन्डै ६० प्रतिशत पत्रिका अंग्रेजीमा छापिएका थिए|   nepali_english_nepali_magazine

नेपाली भाषामा भन्दा अंग्रेजी भाषामा बढी छापिनुको कारण के होला?

  • के नेपालीहरु सबैले अंग्रेजी जान्ने भएर हो?
    पुरै नेपालमा साक्षार (अलि अलि पढ्न सक्ने) को प्रतिशत नै ५० को हाराहारीमा छ | तेसमा पनि अंग्रेजी पढ्न सक्ने त अतिनै न्यून हुनु पर्ने हो | तेसैले अंग्रेजी जान्ने पाठक बढी भएर अंग्रेजी पत्रिका धेरै भएको मान्न सकिदैन |
  • नेपाली भाषा लेख्न गाह्रो भएर हो ?
    युनिकोड प्रचलनमा आउनु भन्दा पहिले नेपाली टाइप गर्न गाह्रो थियो | नेपाली भाषा सुद्धासुद्धी पनि अंग्रेजी जस्तो सजिलो छैन | तेसैले यो कुरा सत्य हुन सक्ने सम्भाबना हुदा हुदै पनि पत्रिका प्रकाशन गर्दा यस्तोकुराले असर गर्ला जस्तो हामीलाइ लाग्दैन |
  • अंग्रेजी पत्रिकामा राम्रो बिज्ञापन आउने भएर हो?
    दैनिक पत्रिकाका अंग्रजी संस्करण नेपाली संस्करण भन्दा धेरैनै कम मात्रामा छापिन्छन र अंग्रजी संस्करण बिज्ञापन पनि धेरैनै कम मात्रामा देखिन्छन | तेसैले फाइदाको लागि अंग्रेजी भाषामा पत्रिका प्रकाशन गरेको पनि हुन सक्दैन |

यी कुनै पनि कारण चित्त बुझ्दा छैनन | के तपाइको बिचारमा अंग्रेजी भाषा तेस्तो प्यारो लाग्नुको कुनै कारण होला ? कमेन्टमा लेख्नुहोला | (तथ्यांक संकलनमा सहयोगी रीतालाइ धन्यबाद)

नोट - यो तथ्यांक बजारमा फेला परेका जम्मा २० वटा मनोरंजनात्मक उद्देश्यले प्रकाशित मासिक र साप्ताहिक पत्रिकाहरुमा मात्र आधारित छ | बजारमा सजिलै फेला नपर्ने पत्रिका यसमा नपरेको हुन सक्छ | यसमा राजनीतिक (नेपाल र हिमाल बाहेक), साहित्यिक, ब्यबसायिक न्युजलेटर, र बाल बालिकाका पत्रिका समाबेश छैनन | 

Incoming search terms:

© 2012 नेपाली गफ A part of xNepali.com network