टाटा न्यानो नेपालीलाई ४ गुणा महंगो – त्यो पैसा कसको खल्तीमा जान्छ ?

tata-nano- नेपालमा टाटाको गाडी बेच्न अनुमति प्राप्त सिप्रदी ट्रेडिंगले टाटा न्यानोको दर हालै रु ६०,००० सम्म बढाएर सबै भन्दा सस्तो मोडलको मूल्य रु ८,५८,००० पुर्याएको छ | त्यो मूल्य भारतमा पर्ने भारु १,४०,८८० (नेरु २,२५,४०८) को ४ गुणा हुन आउछ |

यसरी एउटै कार बाट रु ६,३२,५९२ फाइदा लिएर "संसारकै सस्तो" भनेर नाम कमाएको कार बेच्दा पनि नेपालीहरुले सयौंको संख्यामा यस्तो कार खरिद गर्नु आफैमा अचम्मको कुरा छ | यती धेरै मुल्यको अन्तर देख्दा, सरकारी करले मात्र नेपालमा गाडी महँगो भएको भन्ने तर्क मान्न सकिदैन | एउटै कारमा, त्यो पनि सबै भन्दा सस्तो भनिएको कारमा, यती धेरै सरकारी कर लाग्ने हो भने त नेपाल सरकार धनी हुनु पर्ने होइन र? कम्तिमा पनि काठमाण्डौंको ट्राफिक जाम देख्दा त तेस्तै लाग्छ |

न्यानो कार सस्तो बनाउनको लागि खर्च कटौती गर्नको लागि हटाइएका सुबिधालाइ बिचार गर्दा – यो एउटा अतिनै असुरक्षित, र सुबिधबिहिन कार भन्न मिल्छ |

बिस्तृत बिबरण यसको अंग्रेजी संस्करणमा राखिएको छ |