ट्विटरमा बन्द, नागरिक समाज, फेसबुक

jyalapuraliyauabasambidhandeu

बन्द भन्ने पनि चाडपर्व जस्तै रहेछ सक्नेले धुमधामसँग मनाउछन्, नसक्नेले आफ्नो गच्छे अनुसार, यो कुरा बन्द आयोजकको हकमा शतप्रतिश लागु हुन्छ है I @acharyapawan

***

१०-१२ जना बुढाखाडा ले संविधान मागे, "नागरिक समाज" ! फेसबुक चलाउने ४-५ हजार युवाले संविधान मागे, "रमिता" ! (@aakarpost)

***

फेसबुकको वाल पोष्ट र ट्वीट गरिएका मेसेजहरु मार्फत् भेला भएर युवा विद्यार्थीले संविधानबारे गरेका भनिएका प्रश्न उत्तर:

प्रश्न – संविधान भनेको के हो ?

उत्तर – त्यो किताब हो र त्यही ‘बुक’ नबनेकोमा चिन्ता जाहेर गर्न भेला भएको रे | (यहाँ बाट)

***

लौन, बन्द हुनु भै सक्यो … आयोजकले नै बन्द गरेकै छैन रे? येस्तो नेपाल भन्दा अन्त कहिँ हुन्छ त ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) र नेपाल आदिवासी जनजाति महासंघले उनीहरुको नाम जोडी आज बन्द भनी भएको हल्लालाई खण्डन गरेछन्। @krishna2033

अरु थप :

यस्तो गर्लान भन्या भए किन दिइन्थो भोट आन्दोलनमा गइ गइ किन खाइन्थ्यो चोट राम्रा र हाम्रा नेता चुन्न सकेनौँ हामी नेपाली यस्ता नेतालाई जिताउने @sweetprakas

 

७ साल देखि ४६ साल सम्म को दोष "शाह" हरुको त्यो भन्दा अगाडी "राणा" हरुको हो भने ४७ देखी ५२ हुदै ६२ सम्मको दोष कसको ? @W38G0RU

बन्दै बन्दको देश नेपाल – जातीयताको भूमरीमा ?

जति बन्द गरे पनि खासै फरक नपर्ने देशको अग्रपंक्तिमा नेपाल पर्नेमा त कुनै द्वीबिधा छैन | पहिले राजनीतिक कारण ले बन्द हुन्थे आजकल जातीय कारण ले बन्द हुन थालेका छन्, भोलि धर्मको कारण ले बन्द होला |

यो तलको पम्प्लेट/पोस्टर मा ‘क्षत्री’ हटाएर बाहुन, नेवार, राइ, लिम्बु, गुरुङ, मगर, दमाइ, कामी, सुनार, शेर्पा, मधेसे, पहाडिया आदि इत्यादी जे लेखे पनि आखिर कुरो एउटै हो – जातीय सद्भाव खल्बल्याउने र धमिलो पानीमा माछा मार्ने |

यो फोटो (स्क्यान) ट्विटर प्रयोगकर्ता @पुजारी ले अप्लोअड गरेका हुन्