नेपालीहरुमा अरुको खुट्टा तान्ने प्रवृति छ भनेर सर्बत्र चर्चा त्यसै भएको हैन| पछिल्लो पटक नायक राजेश हमालको विषयलाई लिएर गरिएको आलोचनात्मक चर्चा र टिप्पणीले पनि यही कुराको पुष्टि गर्छ|
चलचित्र “युगदेखि युगसम्म”बाट आफ्नो फिल्मी यात्रा सुरु गरेका नायक राजेश हमाल विगत २५ बर्ष देखि अनवरत रुपमा नेपाली फिल्म उद्योगमा क्रियाशील छन | उनको यो २५ बर्षे यात्रा आफैमा एउटा ठुलो उपलब्धि हो | चाहे त्यसमा थुप्रै असफल फिल्महरु जोडिएर किन नआउन | यधपी नेपाली फिल्म प्रतिको उनको लगाब यो २५ बर्षे अवधिमा उनले कसरी पुरा गरे भनेर हामी सहजै महशुस गर्न सक्छौं |
जुनसुकै क्षेत्रमा स्थापित हुन मानिसमा धैर्य र लगनको आवस्यकता पर्छ | नेपालमा अस्थिर राजनीतिक संक्रमणकाल गुज्रिरहेको बेला यहाँ आफ्नो भविष्य नदेख्ने र विदेशिने कलाकारहरु पनि हामी माझ नभएका हैनन् तर ति दिनहरुमा समेत उनी नेपाली भुमिमा प्रयत्नशिल रहेको कुरा हामी कसरी बिर्सन सक्छौं ? उनको पारिवारिक पृष्ठभूमिको पाटोको त अझ कुरा नै नगरौ कि उनले चाहेका भए आफ्नो बुवाको इच्छा बमोजिम कुनै अर्को पेशालाई अपनाउन सक्थे भनेर …|तर बिगत २५ बर्ष देखि एकछत्र यो उद्योगमा राज गर्न सक्ने खालको मानिसमा कुनै गुण नै थिएन त ?बास्तबमा उनी नेपाली फिल्म उद्योगले हाम्रो भनेर गर्ब गर्न लायक कलाकार हुन् | आफ्नो काम लगनका साथ गर्ने,निकै नै कम बिबादमा आएका,बौद्धिक (वा धेरै पढेका भनुम) लामो समय सम्म कला क्षेत्रमा टिकिरहेका, एक रहस्यमयी कलाकार आदि जस्ता विशेषता भएका नायकका रुपमा उनको चर्चा हुदै आएकै हो सायद यस्तै उपमाहरुको आडमा उनले महानायक पद पाएका होलान र त्यो सबैले स्वीकार्दै पनि आएको हो |
हो, राम्रा नराम्रा पक्षहरु सबैमा हुन्छन | उनमा पनि यो नियम लागु हुन्छ |अहिले चर्चामा आएको उनको कमजोरी भनेको उनी हल्का रुपमा प्रस्तुत भए, नेपाली फिल्म उद्योगलाई दिन सक्ने जति योगदान दिएनन्, लापरबाही तरिकाले जे जे पाउछन त्यो सिनेमामा खेले,कथा अनि पात्रको संवेदनालाई ध्यान दिएनन आदि इत्यादी हुन्| केहि हदसम्म यी कुराहरु साँचो पनि हुन् |सिङ्गो देशमै परिचित व्यक्तित्वबाट केहि गर्ने आशा राखिनु त्यो गलत पनि हैन तर यसो भन्दैमा सबै दोष एकजनालाई थोपरेर अरु चोखिने अवस्था चै रहदैन| वास्तवमा सिनेमा भनेको एउटा टिमवर्क हो यसमा मेकअप आर्टिस्ट देखि निर्देशक सम्मको आआफ्नै भूमिका अनि जिम्मेवारी हुन्छ | त्यो सबैले लगनका साथ पुरा गरेपछि मात्र उत्पादन स्वरूप एउटा राम्रो चलचित्र निस्कने न हो !बिषयबस्तु राम्रो भएर मात्र त्यसको प्रस्तुति राम्रो भएन भने अथवा कथा राम्रो भएर त्यसको पटकथा वा सम्बाद राम्रो नहुने हो भने फिल्म कसरी राम्रो बन्न सक्छ ?? अझ भन्ने नै हो भने त लेखक,निर्माता अनि निर्देशकको प्रमुख सक्रियता हुनुपर्छ एउटा राम्रो फिल्म बन्नको लागि अनि त्यसमा अरुको योगदान पछी थपिदै जाने न हो |एउटा कलाकारले त बस अभिनय गर्ने न हो सिङ्गो उद्योग उनकै हातमा छ भन्नु त त्यो मुर्खता सिवाय अरु केहि हैन| जतिबेला उनी यो उद्योगमा हाम्फाले सिनेमाहरु कतिनै बन्थे र ? जसमा छानी छानी अभिनय गर्नलाई| यदि त्यसो गरेका भए पनि भाउ खोज्ने कलाकारका रुपमा उनको कुरा गरिन्थेंन भन्न कहाँ सकिन्छ र ? उनको यहि कार्यशैलीलाई उनको उदारता मान्नेहरु पनि नभएका त कहाँ हुन् र?फेरी पात्र अनि कथाको संवेदना बुझेर खेल्नलाई कुन चै बलिवुडको कार्बनकपि कथालाई छान्ने हुन् र उनले ?
हामी कहाँ साँच्चै आफ्नो कमजोरी केलाउने परिपाटीको कमी छ बरु अरुकै दोष देख्ने अवस्था भने बिधमान छ | हामी कसैलाई पनि उसको काम अनि अनुभवको सम्मान दिन जान्दैनौ |(मृत्यु पछी गर्छौ त्यो अलग कुरा )|यदि एकले अर्कोको काम अनि अनुभवको सम्मान गर्दै, ति अनुभबहरुबाट सिक्दै,आफ्नो गल्तिहरुलाई सच्याउदै र सृजनशीलता सहित अगाडी बढ्ने हो भने आज नेपाली फिल्म उद्योग धेरै माथि पुगिसक्थ्यो| यो कुरा पक्कै पनि सबैले मनन गर्नु पर्ने बेला आएकोछ | तब मात्र हाम्रो नेपाली फिल्म उद्योग भनेर हामी गर्व गर्न सकौला |
अन्तमा आलोचनाले हानी चै पक्कै पनि गर्दैन बरु क्षमतवान् मान्छेले त्यसलाई प्रगतिको सिढी बनाएर माथि उक्लन्छन | त्यो आफ्नो कमी कमजोरी सुधारेर अगाडी बढ्ने एउटा गतिलो माध्यम हो | आज चर्चामा आएका राजेश हमालका टिप्पणीहरुमाथि गौर गर्दै उनले अझ आफुलाई परिमार्जन गर्दै लाने हो भने आउदो पिढीले उनलाई आफ्नो आदर्श त अवस्य नै मान्नेछन साथसाथै भोलि सर्वत्र उनको स्थान कसैले पनि लिन सक्दैन भनेर चर्चा हुन सक्ने कुरा पनि अवस्यम्भावी छ |
***
सन्धर्भ
केही स्वघोषित विश्लेषकहरुले गरेको टिका टिप्पणीहरु को जवाफ स्वरुप यो लेख लेखिएको हो | हुन त जवाफ दिनु पर्ने कुनै पनि कुरा नभए पनि राजेश हमाललाइ भुवन केसी संग गरिएका तुलना र “चटकी बाँदर”, “उद्योगलाई धराशयी” बनाउने पात्रको रुपमा गलत रुपमा प्रस्तुत गर्ने दुष्प्रयास को बिरुद्धको यो एक आबाज मात्र हो |
केही फिल्म क्षेत्रका “हस्ती” हरुको राजेश हमाल प्रतिको दृष्टिकोण तल राखिएको छ – ती कति सहि वा कति गलत छन् तपाइँ आफै नै विश्लेषण गर्नु होला |
निर्देशक मनोज पण्डित
राजेशजिले पात्रको संवेदना थाहा नभैकन सिनेमा सक्नुहुन्छ । उहाँ चटकी बाँदर जस्तै मालिकले भनेको काम गर्नुहुन्छ । उहाँको यही लापरवाहीले सिनेमा उद्योग ग्रसित छ । उहाँ अन्धो र संवेदनाहीन कलाकार हो जो पाखुरा र कपालबाट स्थापित हुनुभयो ।
निर्देशक सुदर्शन थापा
राजेशजि उतिबेला राम्रो ठाउँमा हुनुहुन्थ्यो । उहाँले चाहेको सुझाव निर्देशक, कथा लेखकलाई दिएर सिनेमाको स्तर सुधार्न सक्नुहुन्थ्यो तर आफ्नो जिम्मेवारी निभाउनुभएन । खुरु खुरु फिल्म खेल्नुभयो अनि देश विदेशमा नाम कमाउनुभयो तर सिनेमालाई दिनुपर्ने कुरा दिनुभएन ।
पत्रकार प्रकाश सुवेदी
हमालले कहिल्यै कथाको संवेदना बुझेनन्, आफ्नो कोआर्टिस्ट को हुन् जान्नै चाहेनन् । सिनेमा खेलेर आफूले पैसा कमाए तर उद्योगलाई धराशयी बनाए । हमालको अहिले योगदान मूल्याङ्कन गर्दा यो अवस्थामा उनको महानायक पद सुहाउँदैन ।
डा. प्रदिप भट्टराई (को हुन् ? थाहा हुनेले कमेन्ट मा लेखिदिनु होला)
विन्दास प्रकृतिका । सम्पत्ति भएका । उनलाई मानिसले उचालिदिए, महानायक भन्दिए मख्ख पारे । सिनेमालाई एक्लो गोरुले जस्तो हाँकेर ल्याए त्यसैले योगदान त दिए तर परिवर्तनकारी योगदान दिएनन् । आफ्नो बौद्धिकता पुष्टि गरेनन् । सस्तो बेसार खालका सिनेमा दिए । यसैकारण उनको साख गिर्दै छ । उनी मनले हैन मष्तिष्कले चल्दै छन् । उनमा सामाजिक संवेदना छैन । उनलाई रिप्लेस गर्ने आउलान् तर समय लाग्ला । राजेश टेस्ट प्लेयर जस्ता भए अरु अभिनेता २०/२० खेल्ने ।
पत्रकार दिपक सापकोटा
राजेशजिले चाहेको भए नेपाली सिनेमा माथि पुग्न सक्थ्यो । आफू हल्का रुपमा प्रस्तुत हुनुभयो । भएको खुबी चिन्न सक्नुभएन । अब राजेश हमालले आफूलाई अफबिट रोलमा प्रस्तुत गरेर आर्ट मुभिमा जानुपर्छ ।
एडिटरको नोट: यो लेख को अन्त्यमा राखिएक यी भनाइहरु अनलाइन पत्रिका मेरो सिनेमामा पोस्ट भएका हुन र यी भनाइहरु कतिको आधिकारिक हुन् भनेर सोध्ने प्रयास हुदै छ |


राजेश हमालका जोकहरुको यो दोश्रो भागमा जेष्ठ २१ पछि का जोक हरु समाबेश गरिने छ | अहिले फेसबुकका साथ साथै 


“राजेश हमाल जोक्स” नाम गरेको फेसबुक समुहमा पोस्ट गरिएका रमाइला कुराहरु :