काँग्रेस र एमालेको अग्रतासंगै माओवादीले जनताको निर्णय मान्ने संकेत

संबिधान सभाको दोश्रो निर्बाचनको परिणाम आउदै गर्दा नेपाली कांग्रेसले सबै भन्दा बाढी सिट जितेर सबै भन्दा ठूलो पार्टी हुने संकेत दिएको छ भने, नेकपा एमाले नजिकैको दोश्रो पार्टी हुने देखिएको छ । पहिलो संबिधान सभाको निर्बाचनमा सबै भन्दा ठूलो पार्टी भएको माओवादी भने अहिले ध्रेरै नै पछाडी परेको छ त्यो पनि नराम्रोसंग । जम्मा २४० सिट मध्य २२७ सितको नतिजा सार्बजनिक भैसकेको अबस्थामा नेपाली कांग्रेसले ९८ सिट, नेकपा एमाले ले ८७ सिट र नेकपा माओवादीले २४ सिट जितेका छन् ।

अन्य दलहरुको अबस्था झन दयनीय देखिएको छ । दुई तराइका दलले ४-४ सिट र राप्रपाले पाएको ३ सिटमा कुनै बढोत्तरी हुने संकेत छैन ।

ca election

यस अघि अप्रत्यासित रूपमा सबै भन्दा ठूलो पार्टी बनेको माओवादीले यो पटक अप्रत्यासित रुपमा हार्नु पर्दा मतदान नै बहिस्कार गर्ने निर्णय गरेको थियो ।

 Continue reading

कता हो नेता जी? बस साहित्य

गज्जबको बस साहित्य र च नि !

कता हो नेताजी? संबिधान त बन्यो क्यारे गाउँमा फर्कने हैन जनता त लट्ठी लिएर स्वागत गर्न बस्या छन् ..

bus-literature-CA-member

यो फोटो निमेष दाहाल ले ट्विटरमा पोस्ट गरेका हुन् |

संविधान नलेखिन्जेल सभासद जागिर पक्का…

sambidhan-sabha सभासदहरुको जस्तो हुनु नि जागिर नि। सर्वोच्च अदालतले नै फैसला गर्दिएछ त जहिलेसम्म संविधान लेखिदैंन तबसम्म तिमीहरुको जागिर पक्का भन्दै। आफ्नो त यो प्रोजेक्टको जागिर प्रोजेक्ट थपिने हो कि होइन भनेर वर्षेनी टेन्सन हुन्छ यार…

बिहान चिया पसलाँ एउटा साथीले भन्या, अदालतको फैसला पढ्यारहेछ संविधान नलेखिन्जेल संविधानसभा भंग हुँदैन भन्ने।

तर सम्मानित अदालतले अब सविधानसभाका केही सदस्यहरुको मृत्यु हुन गएमा संविधान लेख्ने काम नसकिएन्जेल त्यसमा तिनकै सन्तानले काम गर्न पाउने पनि फैसला गर्दिएको भए अझ राम्रो हुन्थ्यो भन्ने तपाइलाई लाइराछ रे हो ?

sambidhan sabha-vstyoon