
युबराज लामा सानै देखी खेलाडि हो मान्छे।
कराते खेल्न अघि पनि खुबै लुकामारी खेलेका थिए रे । त्यस पछि खोप्पी, गुच्चा खेल्दा खेल्दै केटीहरु सँग side खेल्न थाले । अनि फेरी फिलिम पनि खेले । अचेल पनि नियमित खेल्छन रे २१ पत्ती त । सुनेको कुरो । तर सोच्ने कुरा पनि छ के … खेलकुद परिषद को सदस्य सचिब नै उछिट्याउन उनले चानचुने खेल त खेलेनन होला । यस्ता पो खेलाडि जाबो एउटा फुटबलको पछाडि २२ जना दौडने पनि खेलाडि हुन्छ ?
माथिको कुरा भन्ने पेशल जोशी को कुरो ठिकै हो र ?
भने पछि, कलाकारहरुले पो धमाधम राजनीतिक नियुक्ति पाउन थाले | अशोक शर्माले खानेपानी बितरण गर्न थाले भनेर अचम्म मानेको अब युवराज लामा खेलकुद परिषद को सदस्य सचिब भए पछि त के मान्ने (अचम्म मात्र कति मान्ने) सोच्न पनि सकेको छैन |
अब सबै सरकारी कर्मचारी भए पछि फिल्म चै कसले बनाउदो रच ? तेसै भुबन केसी एमालेको सदस्य बन्न गएका होलान र ? रेखा थापा पनि माओवादी को सरकार कुरेर बसेकी छन कि के थाहा ? हेर्दै जाम र दिपकजी को कुरा पनि घत लाग्यो :
हैन सरकारमा गएपछि मान्छेको दिमाग खुस्किन्छ कि के हो, अस्ति नै फिल्मकर्मी अशोक शर्मालाई खानेपानी लिमिटेडको अनुगमन गर्ने समितिमा ल्याएको थियो, अहिले अर्का फिल्मकर्मी युवराज लामालाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव बनाएछ। बाँची बसे कुन दिन यो देशमा गणेश थापालाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाएको नि देख्न पाइएला। सरकार न पर्यो जसलाई नि, जे को नि विज्ञ बनाउन सक्दोरहेछ…

हैन नेपालाँ मात्र होला कि अन्यत्र पनि यस्तै हुन्छन् मान्छे। सबै कुरा जान्ने के। कति धेरै जना हुन् ‘गुगल’ यार यो देशाँ.. कहिँ नपार काठमाडौं खानेपानीको मुल्याङ्कन गर्ने जिम्मा फिल्मी अशोक शर्मालाई दिएछन्.. हतेरिका। अब कुन दिन फिलिम राम्रो नराम्रो हेर्ने जिम्मा फन्ला इन्जिनियरले पायो भनेर पढ्न पाइन्छ…