व्यवस्थापिका संसदमा पेश भएको फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन गर्न बनेको विधेयकको परिच्छेद २७ को ‘चौपाया सम्बन्धी कसूर’ शीर्षकमा गाई र गोरुलाइ दुख दिन नहुने प्राबधान राखिएको छ |
सो विधेयक अनुसार गाई गोरु काट्नेलाई ३ वर्ष जेल सजाय हुन्छ भने कुटेर अंगभंग पारेमा ६ महिना कैद अनि अन्य कुनै पनि चोट पुर्याएमा पचास हजारसम्म जरिवाना गराउने प्राबधान छ | यो बिधयक संसद बाट पारित भयो भने (राष्ट्रपतिबाट प्रमाणिकरणको औपचारिकता पुरा गरे पछि) कानुन बन्छ र सबै ले यसको पालना गर्नु पर्छ |
यो बिधायकले जन्माएका केही प्रश्न:
- १. गाई र गोरुलाइ मात्र किन पक्षपात गरिएको हो? अन्य जनावरमा प्राण हुदैन र ? राज्यले नै पक्षपात गर्यो भने अन्य जनाबरको संरक्षण कसले गर्ने ? रास्ट्रीय जनाबर भन्ने हो भने पनि रास्ट्रीय पन्छी को हक मा चाहिँ तेस्तो व्यवस्था किन नगर्ने त ?
- २. के लोपउन्मुख जनाबार (जस्तै, एक सिंगे गैडा, बाघ, कस्तुरी मृग आदि)को भण्दा पनि गाइ गोरु को संरक्षण बढी महत्वपूर्ण छ र ?
- ३. भगवानको नाममा गरिने जनावारको हत्यालाइ गैर कानूनी बनाउने काम अहिले नगर्ने हो भने कहिले गर्ने? गढीमाइ र दसैंमा अन्धादुन्ध रुपमा भगवानको अगाडी जनावार काट्दा मानिसको स्वास्थको हानीका साथ साथै बिश्वमा नेपालीको इमेज क्रुर प्राणीको रुपमा रहने निश्चित छ |
हुन त अन्य जनाबरको हकमा पनि निर्दयी ब्यबहार गर्न नपाइने व्यवस्था गरिएको छ | तर गाईलाई बिशेष महत्व र अन्य प्राणीलाइ चाहिँ सौतेनी ब्यबहार कत्ति पनि सुहाउदो देखिदैन | गाईलाई काखा अरुलाई पाखा गर्ने प्राबधानले यो अबोध प्राणीलाइ फाइदा भन्दा घाटा नै बढी हुन्छ भन्ने मलाइ लाग्दछ |
