झलनाथ काम्रेडलाई फ्रीमा केही सल्लाह दिम् कि जस्तो लागिराछ।
संविधान घोषणा गर्ने बेलातिर साकिरा, ब्रिटनी स्पेयर्स, जस्टिन बेबर जस्ता चार जना जति गायक गायिका हप्ता हप्ता दिन जसो फरकमा काठमाडौंमा ल्याएर कन्सर्ट गराउनुभयो भने तपाइलाई संविधान किन बेलाँ नबनाको भनेर कसैले भन्दैन। पत्र पत्रिकाहरु त झन् पुरै तिनैमा व्यस्त भइरहन्छन्।
२० वर्ष अगाडि हिट भर थन्किसकेका गायक ब्रायन आडम्स फर्केको एक साता भइसक्दा त त्यो बाहेक अर्को चर्चा शहराँ सुन्न पाइया छैन, एफ एममाँ होस् कि पत्रिकाँ, अझ सक्नुहुन्छ भने नेपालका टिभीहर्लाई नि तीन दिन पछि कन्सर्टको आधा भिजुअल देखाउन पाइने नियम बनाइदिनोहोस् एफ एम र पत्रिका मात्र होइन टिभी पनि त्यसैमा भुल्नेछन्।
कहिं कहिं जागिरमा आवेदन माग्दा योग्यतामा …. वा सो सरह भन्छ (जस्तै बिए वा सो सरह)। तपाइलाई अहिले तपाइकै पार्टीका केही मान्छेले गृह मन्त्रालय माओवादीलाई दिनै हुन्न। एमालेले नै राख्न पर्छ भनिरहेका छन्। त्यसैले गृह मन्त्रालय तपाइकै पार्टीका मान्छेलाई दिनोहोस् तर माओवादी वा सो सरहका नेता, जस्तै वामदेव गौतम। तपाइका पार्टी भित्रका विपक्षीलाई तपाइले भन्न नि पाउनुभयो, हाम्रै पार्टीमा राखेको छु भनेर अनि माओवादी नि आँफू वा सो सरह भएपछि त मानिहाल्छन् नि।
नातामा आफ्नै पर्ने भएकाले (पुरानो ब्लग पढेकालाई मात्र ) फोकटाँ दुईटा सल्लाह दिइहालें। अरु आवश्यकता परेका बेलाँ दिंदै जाम्ला। माग्न पर्दैन, म मनकारी छु।

झलानाथले कतिको नाटक गर्न जानेका छन् कुन्नि ?
प्रचण्डले अस्ति – प्रधानमन्त्री छोड्ने हुम् हामी, जाबो कुनै एउटा मन्त्रालयका लागि अड्डि लिन्नम’ भनेको यही आँखाले टिभीआँ हेर्याझैं र कानले सुने झैं मान्छु। तर गृह मन्त्रालय नपाएसी सरकारमा नै नजाने भनेर हिजो माओवादीले निर्णय गरेछन्।
झापड कान्डपछि नेताहरुको सातो गएको पुष्टि गरे है प्रचण्डले संसदमा भाषण गर्दै। अहिले पनि सरकार दिन सकिएन भने जनताले झापड मात्र होइन जुत्ता पनि हान्छन् भन्ने डर छ। त्यसैले झलनाथलाई समर्थन गर्न परो भन्ने आशय व्यक्त गरे ससदमा .. गाउँमा जैसी बाले भन्दैछन् रे, “देख्यौ! बाहुनको हातले कति फाइदा गर्छ, झलनाथलाई रेग्मीको झापड कति फाप्यो ?…”
***