झापड कान्डपछि नेताहरुको सातो गएको पुष्टि गरे है प्रचण्डले संसदमा भाषण गर्दै। अहिले पनि सरकार दिन सकिएन भने जनताले झापड मात्र होइन जुत्ता पनि हान्छन् भन्ने डर छ। त्यसैले झलनाथलाई समर्थन गर्न परो भन्ने आशय व्यक्त गरे ससदमा .. गाउँमा जैसी बाले भन्दैछन् रे, “देख्यौ! बाहुनको हातले कति फाइदा गर्छ, झलनाथलाई रेग्मीको झापड कति फाप्यो ?…”
***
आखिर बहुमतबाटै झलनाथ प्रधानमन्त्री बन्ने भएपछि किन नेपाली राजनीतिको सात महिना बेकारमा खेर फालेको भनेर सोध्ने म जस्ता मुर्ख नि होलान् कोही कोही। तर चेत्नलाई समय लाग्यो भनेर यिनलाई माफ गर्न पर्छहोला एउटा शर्तमा ‘सात महिनाको हर्जना तिर्नलाई अब बाँकी ३ महिना २५ दिन भित्र संविधान बनाओ।’ नत्र…..(अरुले आन्दोलन गर्लान् र सम्चार बनाउन पाइएला भनेर पर्खिने भन्दा के गरुँला र म?)
***
आजभोलि परिवार नियोजनले गर्दा जेठा-कान्छा वा जेठी-कान्छी मात्र जन्मिने बेलामा माइला-साइलाँ नै लोपोन्मुख वर्गमा परेका बेला नयाँ प्रधानमन्त्रीले जन्तरेको इज्जत राखे। परिवार नियोजन कम्पनीमा काम गर्ने साथीले चिन्ता व्यक्त गरेका छन्, झलनाथले परिवार नियोजन विरोधी नीति त ल्याउँदैनन् होला नि। यिन्का बाआमाले २,३,४,५ हैन ६ सन्तानमा मात्र चित्त बुझा भए न यी जन्तरे जन्मन्थे न हाम्ले ३४ औं प्रधानमन्त्री पाउन यति ढिला हुन्थ्यो
Incoming search terms: