एक जना नेपाली फिल्म पत्रकारले फेसबुकमा "अति राम्रो" कुरा गरे | तर, मलाइ तेस्तो "राम्रो" कुरो एक रत्ति पनि मन परेन | ल पहिले राम्रो कुरो पढ्नुहोस :
बलिउडको कलाकारले एउटा फिल्ममा अभिनय गरे वापत ५० करोड पारिश्रमिक पाउँछन् । नेपाली चलचित्र भने ५० लाखमा बन्छ । अनि नेपाली दर्शकहरू नेपाली चलचित्र हिन्दी चलचित्र जस्तो भएन भन्नु हुन्छ । जबकी बलिउडको एउटा कलाकारले पाउने पारिश्रमिकबाट नेपालमा करिब २०० चलचित्र बन्ने गर्दछ । त्यसैले नेपाली चलचित्रलाई गाली नगरौं । एक पटक नेपाली चलचित्र हेर्ने बानी बसालौं अनि राम्रो नराम्रो कमेन्ट गरौं । जय सिनेमा !!!
पहिलो कुरो, "५० करोड पारिश्रमिक" अलिक कम भो | सलमान खानले हालै बढाएर बनाएको यो रेट भारतीय रुपैंया हो र यसलाई नेपाली ५० लाखमा बन्ने नेपाली फिल्म संग तुलना गर्न मिल्दैन | अब मलाइ चित्त नबुझेको कुरो:
१. पैसाले राम्रो कलाकार बनाउने होइन | पैसा कै कुरा गर्ने हो भने, पहिलेको "कुसुमे रुमाल" भन्दा बढी खर्च गरेर बनाएको नयाँ "कुसुमे रुमाल" किन तेस्तो असफल भयो त ?
२. पैसा कम छ र राम्रो फिल्म बनाउन नसक्ने हो भने प्रोडुसर ले किन फिल्म बनाउनु पर्यो सिडी पसल थापेर बसे भै हाल्यो नि ? बजार छैन, घाटा भो भन्दै ४ – ४ ओटा फिल्म एकै पटक कसले रिलिज गर्नु भनेको थियो?
३. मन नलागी नलागी "एक पटक नेपाली चलचित्र हेर्ने बानी" बसाल्नुको सट्टा राम्रो चलचित्र बनाउने बानी बसाले कस्तो होला ?
४. यो कम्पिटिसनको जमाना हो | नराम्रो फिल्म छ भने जतिसुकै आदर्श छाँटे पनि कसैले हेर्दैन |
५. डुब्ने ठाउँमा लगानी गर्ने अनि डुब्न लाग्यो बचाउ भन्नु सुहाउछ ? प्रोडुसरको मुर्खताको सजाय किन दर्शकलाइ दिने ?
नेपाली फिल्म बनाउनेहरु दर्शक लाइ बेबकुफ बनाउने काम मात्र गर्छन | तेसो नहुदो हो त बलिवुडमा हंगामा मच्चाउन सफल मनिषाको फिल्म फ्लप हुन्थ्यो त? "कागबेनी", "मेरो एउटा साथि छ" जस्ता फिल्म बनाए "हेर्न आउ" भनेर बोलाउनै पर्दैन |
म त राम्रो फिल्म मात्र हेर्ने सुझाब दिन्छु | नराम्रो फिल्म छ भने "कसैको लागि" भनेर केही गर्नु आबश्यक छैन | यदी तपाइँ नेपाली चलचित्रलाइ सच्चारुपमा माया गर्नुहुन्छ भने नराम्रो नेपाली फिल्म नहेरेर यो क्षेत्रलाइ सुध्रिने मौका दिनु होला ! जय सिनेमा !!!

मलाइ दिपक को कमेन्ट पनि मनपर्यो;
सतही रूपमा हेर्ने हो भने फिल्मीखबरको कुरा ठिकै हो। अनि यदि कसैले हिन्दी फिल्म जस्तो हाम्रो फिल्म किन छैन भन्छ भने उसलाई यो जवाफ दिए राम्रै पनि होला। तर फिल्म पैसाले गर्दा राम्रो या नराम्रो हुने होईन्। कम पारश्रमिक दियो भनेर एउटा कलाकारले नराम्रो अभिनय गर्दैनन्। यदि उ साँच्चै कलाकार हो र जागिरे होईन भने। विश्वको अधिकाँश राम्रा फिल्म लगानी गर्ने पैसा धेरै भएकाले राम्रा भएका होईनन्। टेक्नोलोजी र पैसा नभएकाले हामीले राम्रो फिल्म बनाउन नसकेका हौं भन्ने भ्रमबाट हामी पत्रकार र फिल्ममेकरहरू सबै मुक्त हुन सक्नु पर्छ। फिल्म हामीले बनाउन नजानेकाले नराम्रो बनेको हो। हामीमा आफ्नो कथा भन्ने आँट नभएकाले हामीले राम्रो फिल्म बनाउन नसकेका हौं। हामीसँग अरूले गरिसकेको काम उतार्ने बानी भएकाले हामीले राम्रो फिल्म बनाउन नसकेका हौं। कविताको गुण र दोष पार्कर पेनले लेखेको हो कि स्टारलाईनले भनेर छुट्टयाउन मिल्दैन्। स्टारलाईन लेखेपनि राम्रो कविता राम्रै हुन्छ। पार्कर पेन थिएन त्यहि भएर राम्रो कविता लेख्न सकिन भन्न नमिल्ला|

फिल्मलाइ गरिने प्रचार प्रसार, रिलिजको समय आदि कुराले फिल्म को लोकप्रियतामा पक्कै पनि फरक पर्छ | तर यदी फिल्म अब्बल दर्जाको छ (अतिनै राम्रो) भने बिस्तारै एक कान दुई कान मैदान भएर आफैँ प्रचार प्रसार हुन्छ र दर्शकले ढिलो चाडो नहेरी छोडदैनन् | तर त्यस्ता फिल्म अतिनै कम बन्छन |