Explore xNepali - xN Home | Movies & Fun | Nepali Blog | Photo Blog | Tech. Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

love-truthsआजका नयाँ आविष्कार हरु जस्तै फेसबुक, ट्विटर, मोबाइल फोन आदि हाम्रो जीवनका अभिन्न अंग भइ सकेका छन |

तर त्यसो भन्दैमा "अंग" नै भएका त होइनन नि | एउटा उदाहरण हेर्नुस न :

निस्ठुरी मायाँलुलाई फेसबुक बाट हटाउन (ब्लक गर्न) सजिलै सकिन्छ, ट्विटर बाट अनफलो गर्न सजिलै सकिन्छ, मोबाइल फोन बाट पनि मेटाउन केही गाह्रो हुदैन | मुख्य गाह्रो त मन (मुटु) बाट हटाउन पो हो त |

खै त यी नयाँ आविष्कारहरु काम लाग्नु पर्ने ठाउँमा काम लागेका ?

Incoming search terms:

 

jyalapuraliyauabasambidhandeu

बन्द भन्ने पनि चाडपर्व जस्तै रहेछ सक्नेले धुमधामसँग मनाउछन्, नसक्नेले आफ्नो गच्छे अनुसार, यो कुरा बन्द आयोजकको हकमा शतप्रतिश लागु हुन्छ है I @acharyapawan

***

१०-१२ जना बुढाखाडा ले संविधान मागे, "नागरिक समाज" ! फेसबुक चलाउने ४-५ हजार युवाले संविधान मागे, "रमिता" ! (@aakarpost)

***

फेसबुकको वाल पोष्ट र ट्वीट गरिएका मेसेजहरु मार्फत् भेला भएर युवा विद्यार्थीले संविधानबारे गरेका भनिएका प्रश्न उत्तर:

प्रश्न – संविधान भनेको के हो ?

उत्तर – त्यो किताब हो र त्यही ‘बुक’ नबनेकोमा चिन्ता जाहेर गर्न भेला भएको रे | (यहाँ बाट)

***

लौन, बन्द हुनु भै सक्यो … आयोजकले नै बन्द गरेकै छैन रे? येस्तो नेपाल भन्दा अन्त कहिँ हुन्छ त ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) र नेपाल आदिवासी जनजाति महासंघले उनीहरुको नाम जोडी आज बन्द भनी भएको हल्लालाई खण्डन गरेछन्। @krishna2033

अरु थप :

यस्तो गर्लान भन्या भए किन दिइन्थो भोट आन्दोलनमा गइ गइ किन खाइन्थ्यो चोट राम्रा र हाम्रा नेता चुन्न सकेनौँ हामी नेपाली यस्ता नेतालाई जिताउने @sweetprakas

 

७ साल देखि ४६ साल सम्म को दोष "शाह" हरुको त्यो भन्दा अगाडी "राणा" हरुको हो भने ४७ देखी ५२ हुदै ६२ सम्मको दोष कसको ? @W38G0RU

Incoming search terms:

 

निचोड

कुरा अलिक लामो भयो | तेसैले निचोडमा – इन्टरनेट ब्लगमा लेखिने कुराहरु कुनै तालिम प्राप्त पत्रकार ले लेख्ने नभएर साधारण मानिसहरुको व्यक्तिगत कुराहरु हुने हुनाले कुनै पनि संगठनले आफ्नो नियम भित्र बाध्न खोज्नु तर्क संगत हुदैन |

यसको मतलब नियम नबनाउनु भनेको होइन | कोही पत्रकार भएर ब्लग संचालन गर्छन र FNJ अथवा अन्य कुनै संगठनको सदस्य छन् भने PCN को नियम कानुनको अन्तर्गत बस्न पनि तयार हुनु पर्छ  तर आफ्नो बलबुतामा बनाइएका र कुनै पनि संगठनात्मक ढांचा नभएका ब्लगरलाइ कानुनको दायराभित्र ल्याउन खोज्दा उल्टो नकारात्मक सन्देस प्रबाह हुन्छ | राम्रो अनुसन्धान नगरी नियम बनाएर जबर्जस्ती लागु गर्न खोज्दा त्यसको कार्यान्वन हुने सम्भाबना पनि क्षीण हुन्छ |

हुन त इन्टरनेट  नयाँ बिधा भएकोले पुरानो संगठनले यसको मर्म बुझ्ने आशा पनि गर्न सकिदैन | यी सबका कारणहरु तल छलफल गरिएको छ |

सूचना प्रबाहको इतिहास

परापूर्ब काल देखि चल्दै आएका सूचना  सम्प्रेसणका बिभिन्न तरीकाहरुलाइ चेतनशील समाजले अंकुश लागाउदै आएको हो | शक्तिशाली समुहले कमजोर पक्षको सूचना लुकाउने, बंग्याउने, वा सो सूचना लाइ दबाउने प्रयास गर्ने गरेको सबै लाइ थाहा भएकै हो र यो प्रक्रिया सधै भरि चलिरहन्छ |

नेपालमा राणा शाषनको बेला पढलेख मा नै बन्देज भएकोमा पंचायती राज हुँदा पढलेख मा बन्देज हटे पनि राज्यको बिरुद्धमा बोल्ने वा लेख्ने लाइ जेल सजाय हुन्थ्यो | राजतन्त्रको अन्त्य नभइन्जेल राजा र राजपरिवारको बिरुद्धमा बोल्न पनि नपाइने कानुन थियो | यो सबै बिस्तारै परिवर्तन हुदै छ तर पहिले देखि चलिआएको सूचनालाइ अंकुस लगाउने प्रवृति अझै पनि कायमै भएको बेला बखत देखिन्छ |

निजी क्षेत्रको आगमन

जब पत्रिका, रेडियोले सूचना सम्प्रेशष गर्न सजिलो बनाउन थाले, सरकारले गोरखापत्र र रेडियो नेपाल जस्ता ती सूचनाका माध्यमहरुलाई आफ्नो नियन्त्रण बाट बाहिर जान दिएन | बिस्तारै यस्ता माध्यमलाइ नियम र कानून भित्र बाधेर निजी क्षेत्रले संचालन गर्न दिए पनि खासै फरक नपर्ने देखिएकोले केहि निजी क्षेत्रका पत्रिका रेडियो र टेलिभिजनहरु संचालन मा आउन शुरु गरेका हुन | यो संचारको ‘क्रान्ति’ भएको धेरै समय नहुदै अर्को डरलाग्दो र बिश्वब्यापी पहुँच भएको सूचना माध्यम इन्टरनेटले धेरैको टाउको दुखेको छ |

रेडियो, पत्रिका, टिभीको सफलता/असफलता को रहस्य

स्थानिय रुपमा संचालन हुने रेडियो, पत्रिका, टिभीलाइ ब्यापारी, राजनीतिज्ञ, र झुठा समाजसेबीहरुले सजिलैसंग प्रभाबित पार्न सक्ने हुनाले आफु अनुकुल सूचना प्रवाहित गर्न सजिलो हुन्छ | यसको उदाहरण : कान्तिपुरमा अप्रिल ४ मा प्रकाशित संबिधान सभा सदस्य तथा उद्योगपति बिनोद कुमार चौधरीको लेख पर्याप्त होला भन्ने लाग्दछ |

binod-chaudhari-kantipur-April-4

के तपाई बिनोद चौधरीको म, मेरो, मैले, र मलाइ ले भरिएको मपाई पूर्ण सो लेख कान्तिपुरमा छापिनु पर्ने कुनै कारण देख्नु हुन्छ ? वहाँ जस्तो ठूलो ब्यपारीले लेखेको नभएर मैले तेस्तो लेख लेखेको भए कान्तिपुरले छाप्थ्यो होला ? तेस्तो लेख प्रकाशित गर्न वहाँको कम्पनी वेबसाइट त छदै छ नि, कान्तिपुरमा नै छाप्न लगाउनु पर्ने खालको कुरा पनि त केहि छैन नि | यहाँ उल्लेख्य के छ भने सोही दिन अन्य पत्रिकाहरुमा भने चौधरी ग्रुपले गरेको राजस्व छली मुख्य समाचार बनेको थियो |

तर, कान्तिपुरले राम्रो संग बुझेको छ, यदी नेपालमा टिक्नु छ भने तेस्तो लेख नछापी सुखै छैन | कान्तिपुरले भारतको बिरुद्धमा लेख्दा खेपेको न्युजप्रिन्ट र भारतीय दुताबास (लिंक – अंग्रजी लेख) धाउनुपर्ने दुखको घाउ अझै आलै छ | अब भारतको बिरुद्ध लेख्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तो हो भन्ने प्रष्ट संग बुझेका छन् कान्तिपुरका संचालकहरुले | यो कान्तिपुरको मात्र होइन सबै पत्रकारहरुको साझा समस्या हो | डाबर र अन्य भारतीय लगानीका ब्यापारीले नदिएको बिज्ञापनको कारणले बन्दै गर्नु पर्ने अबस्थामा पुगेका मिडिया पनि छन् नेपालमा |

यसरी आफ्नो अनुकुल सूचनामात्र प्रबाह गर्न प्रयोग गर्न सकिने र कसैले आफ्नो अनुकुलको सूचना प्रबाह नगरेमा कारबाही गर्न सकिने भएकोले नै “राज्यको चौथो अंग” हुन सफल पत्रकारिता आफ्नो चंगुल बाट बाहिर जान लागेको भान भएमा राज्य देखि लिएर ‘समाजसेबी’, ब्यापारी लगायत सबै शक्ति एकजुट भएर लाग्नु लाइ सामान्य रुपम लिनु पर्छ भन्ने यो लेखकलाइ लाग्दछ |

इन्टरनेटरुपी राक्षस

इन्टरनेटको सर्बशुलभ पहुँचले सरकारी मात्र नभएर निजी क्षेत्रका पत्रकारहरु पनि उत्तिकै तर्सिएका छन् | जसको उदाहरण, केही राम्रा भनिएका पत्रकारहरुको ब्लग प्रति हेर्ने दृष्टिकोण पढ्दा छर्लंग हुन्छ | सबै भन्दा गाह्रो त स्थानीय ब्यापारी, राजनीतिज्ञ, र झुठा समाजसेबी हरुलाई हुने निश्चित छ | सोही डर बिभिन्न रुपमा प्रस्तुत हुन थालेको आभास हुन थालेको छ |

यसै सन्धर्भमा संबिधान सभा सदस्य तथा उद्योगपति बिनोद कुमार चौधरीको पत्र को सानो भाग प्रस्तुत गर्न सान्धर्भिक देखिन्छ – जसमा एउटा ब्लगलाई कारबाहीको अनुरोध गरिएको छ:

chaudhari

इन्टरनेटलाइ सानो प्रयासले नियन्त्रणमा लिन सकिदैन भन्ने कुरा धेरै पटक पुष्टि भइ सकेको छ | नेपालमा यो प्रयास हुन थालेको धेरै भयो र यो बारेमा मैले पहिले पनि लेखेको थिए | यसै उद्देश्यले बिभिन्न हत्कण्डाकोहरु मध्य केही वेबसाइटहरुलाई अश्लिल भनेर सेन्सर (लिंक – अंग्रजी लेख) गर्ने एउटा असफल प्रयास भयो | तेस्तै गरेर VOIP फोन गर्ने साइटहरु (लिंक – अंग्रजी लेख) बन्द गर्ने प्रयासहरु पनि भए | भाषामा नभएको एकरुपतालाइ लिएर पनि कुरा उठ्न थालेको छ र भबिस्यमा यस्तै अरु समस्याहरुको पनि आशा गर्न सकिन्छ |

फेसबुक आन्दोलनले इजिप्टको सरकार ढलेको नयाँ इतिहासले संसार भरि तहल्का मच्चाई दिएको कुराले आशाबादी भएका केही नेपालीहरुले पनि तेस्तै तरिकाले “ज्याला पूरा लियौं, अब संविधान देऊ!” भन्ने नाराको साथ आन्दोलनको जालो बुन्दै गर्दा अरु कोहीले यो समुहलाई “ढोंगीहरूको एउटा जमात” भनेर बिरोध पनि गरिरहेका छन । यी दुवै पक्ष इन्टरनेटमा बारबार रुपमा समेटिएर आ-आफ्नो कुरालाइ महत्त्व दिन पाथाखारुलाई अनुरोध गरिरहेका छन् | कुनै एक पक्षले अर्को पक्षलाइ कुटपिट पनि गरेको छैन – सेन्सर गर्ने, जेल हाल्न वा तेस्तै कारबाही पनि गर्न सकेको छैन | दुवै पक्षको आबाजलाइ मानिसहरुले तथ्यको आधारमा  बिस्लेष्ण गर्ने अदभूत अवसर पाएका छन् |

यसरी बिना रोकटोक अघाडी बढिरहेको इन्टरनेट कल्चर देखेर तर्सिएर वा आत्त्तिएर यसलाई नियन्त्रण गर्छु भन्ने कुरा आफैंमा खोटपूर्ण छ | इतिहासमा कहिल्यै नभएका इन्टरनेट छलफल, ब्लगिङ्, फेसबुक आन्दोलन, विकिलिक्स जस्ता डिजिटल बिचार हरुको सागरलाई २० बर्ष देखि (सन् १९९२ देखि) संसोधन पनि गर्नु नपरेको नियमले बाध्न सक्ला त ?

एउटा उदाहरण – नेपाली ब्लग माइसंसार मा लेखिएको “तपाईँको इमेल र आईपी ठेगाना हामीले चाहेमा सार्वजनिक गर्न सकिनेछ।” एकजना सो ब्लगका प्रयोगकर्तालाइ मन परेनछ | वहाँलाई मपाईयुक्त लागेको सो कुराले गर्दा वहाँले सो साइट मा अब देखि कमेन्ट गर्न बन्द गरिदिनु भयो रे | सबैले तेसरी कमेन्ट गर्न बन्द गरिदिए भने माइसंसारलाइ सो पोलिसी परिवर्तन गर्न कर लाग्छ | अनलाइनमा समस्याहरु यसरी नै समाधान हुन्छन – कसैले कसैलाई जबर्जस्ति गर्नु नै पर्दैन |

अब के गर्ने त ?

यो प्रश्नको उत्तर सबै मानिसहरुको आ-आफ्नै हुन सक्छ |

मेरो बिचारमा त केही पनि गर्नु पर्दैन | आजको इन्टरनेट जमात भनेको स्वस्फुर्त रुपमा बन्ने जमात हो र यसको आगामी लक्ष के हुन्छ भन्ने कुरा कसैले पनि सोच्न सक्दैन | यो यती परिवर्तनशिल छ कि आज बनाएको नियम १-२ महिनामा नै पुरानो हुन सक्छ | तेस्तो डाइनामिक प्रक्रियालाई बिसौं बर्षसम्म नियम परिवर्तन नगर्ने संस्थाले (भलै त्यो सरकारको प्रतिनिधी होस्) कन्ट्रोल गर्न सक्ला भनेर त सोच्न पनि सकिदैन |

यो जमात आफैँमा चेतनशील छ र  एक आपसमा समझदारी र सहकार्य गरेर यसले समाजको भलो गर्ने कार्यमा नै अग्रसर हुन्छ भन्ने मलाइ बिश्वास छ | भबिश्यमा यदी कुनै हानीकारक कार्य हुन लाग्यो भने सबै एकजुट भएर त्यसको सामना गर्न पनि ब्लगर हरु आफैँ नै सक्षम छन् भने मलाइ लाग्दछ |

संगठनकै कुरा गर्ने हो भने, यदी कुनै संगठनको सदस्य भएर ब्लगरहरुलाईफाइदा हुन्छ भने उनीहरु खोजि खोजि सो संगठनको सदस्य बन्न पनि जानेछन | कोहि छ तेस्तो संगठन बनाउन सक्ने ?

सन्धर्भ सामाग्री (माथि लेख भित्रनै लिंक राखिएका बाहेकका लिंक)

  • उज्जवल आचार्य को लेख (अंग्रजी)
  • भूमिका घिमिरेको ब्लग (अंग्रजी)

Incoming search terms:

 

नेपाली भाषाप्रेमीहरु आजकालका ट्विटर र फेसबुकमा उरन्ठेउला केटाकेटीले प्रयोग गरेको भाषा देखेर चिन्तित हुन थालेका छन | तीनै जमात ले वेबसाइट र ब्लग मार्फत भाषाको बलत्कार गरेको हेर्न नसकेर यी विधालाई पनि पत्रकारिताको छाता अन्तरगत राखेर अनुशासन र सुद्धासुद्धि मा ध्यान नदिने ब्लगरहरुलाई लखेट्ने तयारी हुदै छ भन्ने सुन्नमा आएको छ |

nepali-roman-nepali

हुन त भाषा भनेको एउटा माध्यम मात्र हो | मानिसले भाषालाइ आफू अनुकुल प्रयोग गर्न पाउनु पर्छ | जब मानिसले भाषाको प्रयोग गर्ने नभएर भाषाले मानिसलाई नियममा बाध्न थाल्छ, तब सो भाषा इतिहास बन्छ | यसको सबै भन्दा ठूलो उदाहरण हाम्रो नेपाली भाषाको जननी संस्कृत नै हो | संस्कृतलाइ सजिलो बनाउनु भन्दा पनि असंख्य नियममा बाँधेर क्लिस्ट बनाइदै लग्नु ले नै यसको प्रयोगमा कमी आएको मलाइ लाग्दछ |

तपाइँहरुले कहिले सोच्नु भएको छ:

  1. किन आजकाल कसैले  संस्कृत बोल्दैन ?
  2. किन हाम्रा पुर्खाले संस्कृत नै नबोलेर नेपाली बोल्न थाले ?
  3. संस्कृत जस्तो "मीठो" मातृभाषा हुँदा हुँदै किन अरु भाषा सिक्नु परेको होला हाम्रा पुर्खालाई ?
  4. किन सबै पुरातन किताबहरु संस्कृतमा नै लेखिएका होलान ?

यी प्रश्नका उत्तर सहज नहुन पनि सक्छन र मैले बुझेको उत्तर अरु मानिसहरुले अर्कै हिसाबले बुझेका पनि हुन सक्छन | तै पनि मेरो बिचारमा यिनै उत्तर भित्र संस्कृत भाषाको अबसान लुकेको हुनु पर्छ | यी उत्तरहरु मेरा व्यक्तिगत विचार हुन र म कुनै भाषाबिद पनि होइन| तै पनि यी सबै प्रश्नको एउटै उत्तर दिन प्रयास गर्दछु :

भाषा परिवर्तनशील हुनु पर्दछ | पृथिबीनारायण शाहले बोलेको नेपाली र आज हामीले बोल्ने नेपाली मा ठूलो अन्तर देख्न सकिन्छ तर संस्कृत त्यसरी परिवर्तन भएको पाइदैन | यसको कारण प्रचलन र जनजिब्रोमा प्रयोग नभएकोले पनि हुन सक्छ | 

भाषा सजिलो हुनु पर्दछ | संस्कृतलाइ एकदम राम्रो र "मीठो" भाषा बनाउने हिसाबले परापुर्बकाल देखि नै ठूलो अनुशन्धान भयो | सोही आधारमा बिभिन्न नियमहरु बनाइए | तिनै नियममा बाधिएर ठुला ठुला किताबहरु लेखिए | धुरन्धर विद्वानहरुले संस्कृतलाइ अझ राम्रो र बिशिष्ट बनाउने प्रयास गरे जसको फलस्वरुप साधारण मानिसहरुले यसको प्रयोग गर्न नै नसक्ने भए | तेसै कारणले मानिसहरुले आफूखुसी संस्कृतको प्रयोग गर्दा सो भाषा संस्कृत नभएर अन्य नेपाली, हिन्दी, भोजपुरी, मैथिली, वा तेस्तै अनगिन्ति भाषा हुन पुगे | संस्कृतलाइ आफुखुशी परिवर्तन हुन दिइएको भए संस्कृत बोल्ने मानिस अझै पनि बाँकी रहन्थे होलान |

क्लिस्ट लेख्दैमा राम्रो हुदैन | किताब लेख्न सक्ने परापूर्बकालका विद्वानहरुले बेद, गीता आदि ग्रन्थलाइ बुझ्न गाह्रो बनाएर आफ्नो विद्वत्व देखाए | चुनिएका पढेलेखेका ब्राह्मणले मात्र पढ्न सक्ने (तिनीहरु पनि राम्रो संग पढ्न नसक्ने हुनाले अरुले नबुझ्ने गरेर गुन्गुनाउछ्न) बनाएर आफूखुसी ब्याख्या गर्ने सक्ने बनाइयो | लेख्न मात्र होइन पढ्दा उच्चारण गर्दा पनि बिधी पुर्याएर गर्नु पर्ने हुनाले मानिसहरुले सकेसम्म तेस्तो भाषा बोल्न नपरोस भन्ने सोच्न थालेको हुनु पर्दछ |  समाजमा जातजाति बीचको र ठूलो सानो बीचको फाटो ल्याउनमा संस्कृत भाषाको पनि ठूलो हात भएको मलाइ लाग्दछ |

भाषाको सही उपयोग – सजिलो रुपमा प्रयोग

अहिलेको इन्टरनेट जमातलाइ भाषाको नियमको त्यति मतलब छैन | कुनै कुनै बेलामा स्कुलमा पढेको आधारमा ह्रस्व दीर्घ र अन्य शुद्दाशुद्दीमा ध्यान दिए पनि धेरै जसो बोलीचालीको भाषा नै प्रयोग गर्ने हुनाले आफ्नो मनमा लागेका कुराहरु गर्न सजिलो भएको भान गर्न सकिन्छ | यसरी भाषाको प्रयोग गर्दा आफुले भनेको कुरा सबैले बुझेमा र उल्टो अर्थ नलागे सम्म सही प्रयोग नै भएको मान्नु पर्छ | तेस्तो प्रयोगले भाषा प्रतिको माया र मोह पनि बढ्दै जानेमा कुनै द्विविधा छैन |

यिनै कारणले मलाइ भाषाको बागडोर इन्टरनेट जमातलाइ सुम्पिनुको बिकल्प छैन भन्ने लाग्दछ | यस्तै गरेर भाषाको मिठास जोगाइ राख्नु र यसको प्रयोग सजिलो बनाउदै जानुमा नै नेपाली भाषाको भबिष्य निर्भर हुने छ |

अब क्यार्नु त, अच्काल्का केट्केटी नै भोलिका कर्णधार भंचन केरे |

Incoming search terms:

 

यो शिर्षक लाइ यसरी पनि पढ्न सकिन्छ: “बाहुनबाद” बिरुद्धको युद्धमा “बाहुन”

brahmin1 म बाहुन कसरी भएँ भन्ने एउटा लामो कथा छ | हाम्रो पुरातन समाजमा, मेरो बाहुन बाबुले मेरी नेवार आमा संग बिहे गर्नुभो, ३० को दशकमा | सो बिवाहलाइ समाजले मान्यता दिन नसकेको भएर गाउँबाट भागेका दुवै जना बाहुन को रुपमा नयाँ ठाउँमा नयाँ जीवन शुरु गर्नुभो |

त्यस हिसाबले मा “बाहुन पीडित” बाहुन हुन गएँ | एक त मेरा बाको परिवार (बाहुन) ले घरमा बस्न नदिएर भाग्नु परेको अर्को आमाको नेवार परिवार पनि खासै सहयोगी हुन नसकेको कारण मैले मेरा बाल्यकालमा हजुरबा हजुरआमा भनेको त साथीहरुको मात्र हुन्छ भन्ने बिश्वास गरेर बिताएँ | मेरा बाबुले पनि मेरी आमाको जन्मसिद्द नेवार हुनुको अधिकार खोसेर उहाँलाई बाहुन बनाइदिनु भयो (उहाँ आफैँ नेवार हुन पनि सक्नुहुन्थ्यों, हुनु भएन) | मेरी आमा त मेरो बाबुको अन्धभक्त हुनुहुन्छ र मैले एस्तो कुरा उहाँको अघाडी गरें भने कुटाई खान्छु तर, यही सत्य हो |

जब मैले फेसबुकमा “बाहुनबाद” बिरुद्धमा कुर्ली कुर्ली बैचारिक युद्धको आब्हन् भएको सुने, म बाहुन हुनुमा मेरो ठूलै गल्ति भएको हो कि भन्ने शंका लाग्यो | म जानी बुझी बाहुन भएको पनि हैन, र संसारमा कुनै यस्तो यन्त्र पनि छैन जसले म बाहुन भए नभएको जाँच गर्न सकोस (के मा साँचै बाहुन हुँ त?) | अब, मेरो बिरुद्धमा किन बैचारिक युद्धको आब्हन् हुदै छ, कौतुहल लाग्नु स्वभाबिक पनि हो |

Continue reading »

Incoming search terms:

© 2012 नेपाली गफ A part of xNepali.com network