Explore xNepali - xN Home | Movies & Fun | Nepali Blog | Photo Blog | Tech. Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

झलनाथ काम्रेडलाई फ्रीमा केही सल्लाह दिम् कि जस्तो लागिराछ।

  1. bryanadamstookpictureofcrowd संविधान घोषणा गर्ने बेलातिर साकिरा, ब्रिटनी स्पेयर्स, जस्टिन बेबर जस्ता  चार जना जति गायक गायिका हप्ता हप्ता दिन जसो फरकमा काठमाडौंमा ल्याएर कन्सर्ट गराउनुभयो भने तपाइलाई संविधान किन बेलाँ नबनाको भनेर कसैले भन्दैन। पत्र पत्रिकाहरु त झन् पुरै तिनैमा व्यस्त भइरहन्छन्।

    २० वर्ष अगाडि हिट भर थन्किसकेका गायक ब्रायन आडम्स फर्केको एक साता भइसक्दा त त्यो बाहेक अर्को चर्चा शहराँ सुन्न पाइया छैन, एफ एममाँ होस् कि पत्रिकाँ, अझ सक्नुहुन्छ भने नेपालका टिभीहर्लाई नि तीन दिन पछि कन्सर्टको आधा भिजुअल देखाउन पाइने नियम बनाइदिनोहोस् एफ एम र पत्रिका मात्र होइन टिभी पनि त्यसैमा भुल्नेछन्।

  2. bamdev-gautam कहिं कहिं जागिरमा आवेदन माग्दा योग्यतामा …. वा सो सरह भन्छ (जस्तै बिए वा सो सरह)। तपाइलाई अहिले तपाइकै पार्टीका केही मान्छेले गृह मन्त्रालय माओवादीलाई दिनै हुन्न। एमालेले नै राख्न पर्छ भनिरहेका छन्।  त्यसैले गृह मन्त्रालय तपाइकै पार्टीका मान्छेलाई दिनोहोस् तर माओवादी वा सो सरहका नेता, जस्तै वामदेव गौतम। तपाइका पार्टी भित्रका विपक्षीलाई तपाइले भन्न नि पाउनुभयो, हाम्रै पार्टीमा राखेको छु भनेर अनि माओवादी नि आँफू वा सो सरह भएपछि त मानिहाल्छन् नि।

नातामा आफ्नै पर्ने भएकाले (पुरानो ब्लग पढेकालाई मात्र ) फोकटाँ दुईटा सल्लाह दिइहालें। अरु आवश्यकता परेका बेलाँ दिंदै जाम्ला। माग्न पर्दैन, म मनकारी छु।

Incoming search terms:

 

ब्रायन आडम्सको कन्सर्ट दिल्लीआँ झैं यहा नि हावा खाला जस्तो छ कि क्या हो?

  • एक त खेलकुद परिषदकाले घुस मागेको कुरा आयो, नेपाल वायु सेवा निगमलाई जहाज किन्न त रोक्ने अख्तियारले कन्सर्ट नि रोक्ला घुसैको कुरा आएसि।
  • फेरि कहिलेकाही मात्र मिलाउने मौसम विभागले नि शनिबार सम्म झरी रहनसक्ने अनुमान गरेछ।
  • अनि भारतीय राजधानी दिल्ली पुलिसले दिन नसकेको सुरक्षा हाम्रा पुलिसले चाहिँ दिने भएछ त कन्सर्टलाई?

आफ्लाई त भए पो के नभए पो के मरे नि गइदैंन भनेर भन्नु नि भएन धेरै साथीभाइले दुई चार हजार फालिसके…फेरि आँफू आफ्नो भन्दा अरुको चिन्ता गर्ने मानिस परियो।

ticket-to-concert

© 2012 नेपाली गफ A part of xNepali.com network