Explore xNepali - xN Home | Movies & Fun | Nepali Blog | Photo Blog | Tech. Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

tv-candle-lights‘बत्ती आयो भने नानीहरु टिभी भित्रै छिर्छन् कि जस्तो गर्छन्’ पहिले पहिले कसैले यस्तो भन्दा कस्तो बच्चा फकाउन पनि नजान्ने बाउ आमा रछन् भन्या जस्तो लाग्थ्यो। आफ्नै छोरीहरुले त्यस्तो गर्न थालेसी थाहा भो, केटाकेटीलाई फकाउन कति गार्ह्रो हुँदो रहेछ।

(टिभी) नहेर भनेर राम्रो मुखले भनुम् सम्झाम् हाँसेर टार्दिन्छन्। किताब किनेर ल्याइदियो, एउटा कुनामा थन्क्याइदिन्छन। सँगै गफ गरेर भुलाउँ भन्यो ध्यानै दिन्नन्। अलि ठूलो स्वरले हप्कायो भने आँखाभरी आँशु पारेर पिलपिल गर्छन्।

खै के गर्ने गर्ने   ? …नमरी स्वर्ग देखिन्न साथीभाइ।

लोडसेडिङले गर्दा टिभी हेर्न नपाउने हुँदा यसपटक नानीहरुको पढाई अलि राम्रो हुन्छ कि भनेको त, हिजोदेखि परेको पानीले होला फेरि वत्ती आउन थाल्यो बेला न कुबेला।

Incoming search terms:

 

light-bulbविद्युत प्राधिकरणले बिजुली नदिए पनि सबै जस्ता ठूला नेताहरलाई शहरमा चल्ने मध्येका सबैभन्दा महंगा गाडी देको छ। जिल्लामा नेता गा बेलाँ जलविद्युत विद्युत आयोजना भाठाउँमा गर प्राधिकरणकै खर्चमा तिन्का कार्यकर्तासँग भोजभतेर हुन्छ।

हुँदा हुँदा प्राधिकरणले हिजो मन्त्रीको बिदाईमा पाँच तारे होटल अन्नपूर्णमा गर कक्टेल भोज दे’छ र बील मध्यमर्स्याङ्दीलाई भर्न भनेछ।

त्यस्सै १९ अर्ब घाटा र १४ घन्टा लोडसेडिङ हुन्छ र…

***

(तलको बीबरण नुतन बज्राचार्य ले फेसबुक मार्फत दिनु भएको हो।)

load-shedding-useless-switches-2दैनिक १२ घण्टा लोडसेडिङ्ग गर्दै आएको नेपाल विद्युत प्राधिकरणले सोमबारबाट लोडसेडिङको अवधि दैनिक १४ घण्टाको दरले सातामा ९८ घण्टा विद्युत कटौती गर्ने खबर प्रकाशनमा ल्याएको थियो । उक्त लोडसेडिङको तालिकाबाट पनि प्राधिकरणले जनतालाइ बेवकुफ बनाउन सफल भएको छ।

हामीले उक्त लोडसेडिङ्ग तालिकाको अध्ययन गर्दा निम्न तथ्यहरू निस्केको छः

क्षेत्र नं १ लार्इ उदाहरण मान्दा

आर्इतबार १४ घण्टा लोडसेडिङ्ग १० घण्टा बत्ती बल्ने
सोमबार ९ घण्टा लोडसेडिङ्ग १५ घण्टा बत्ती बल्ने (राती १२ बजे पछि रात भरी बल्ने)
मंगलबार १६ घण्टा लोडसेडिङ्ग ८ घण्टा बत्ती बल्ने
बुधबार १६ घण्टा लोडसेडिङ्ग ८ घण्टा बत्ती बल्ने
बिहिबार १५ घण्टा लोडसेडिङ्ग ९ घण्टा बत्ती बल्ने
शुक्रबार १४ घण्टा लोडसेडिङ्ग १० घण्टा बत्ती बल्ने
शनिबार १४ घण्टा लोडसेडिङ्ग १० घण्टा बत्ती बल्ने

अझ साधारणतया बत्तीको अत्यावश्यक हुने साझ ६ बजे देखी १० बजे सम्मलार्इ मात्र हेर्ने हो भने, हप्ताको २८ घण्टामा २० घण्टा लोडसेडिङ्ग

क्षेत्र नं १ लार्इ उदाहरण मान्दा ( साझ ६ बजे देखी १० बजे सम्म)
आर्इतबार २ घण्टा लोडसेडिङ्ग २ घण्टा बत्ती बल्ने
सोमबार ४ घण्टा बत्ती बल्ने
मंगलबार २ घण्टा लोडसेडिङ्ग २ घण्टा बत्ती बल्ने
बुधबार पुरै लोडसेडिङ्ग
बिहिबार पुरै लोडसेडिङ्ग
शुक्रबार पुरै लोडसेडिङ्ग
शनिबार पुरै लोडसेडिङ्ग

एवम प्रकारले क्षेत्र नं २ ले उक्त उदाहरणको शनिबारलार्इ आर्इतबारमान्ने, ३ नं ले शुक्रबारलार्इ आर्इतबारमान्ने, ४ नं ले बिहिबारलार्इ आर्इतबारमान्ने, ५ नं ले बुधबारलार्इ आर्इतबारमान्ने, ६ नं ले मंगलबारलार्इ आर्इतबारमान्ने तथा ७ नं ले सोमबारलार्इ आर्इतबारमानेर आफ्नो क्षेत्रमा हुने लोड सेडिंग को हिसाब गर्न सकिन्छ ।

Incoming search terms:

© 2012 नेपाली गफ A part of xNepali.com network