गज्जबको बस साहित्य र च नि !
कता हो नेताजी? संबिधान त बन्यो क्यारे गाउँमा फर्कने हैन जनता त लट्ठी लिएर स्वागत गर्न बस्या छन् ..
यो फोटो निमेष दाहाल ले ट्विटरमा पोस्ट गरेका हुन् |
सभासदहरुको जस्तो हुनु नि जागिर नि। सर्वोच्च अदालतले नै फैसला गर्दिएछ त जहिलेसम्म संविधान लेखिदैंन तबसम्म तिमीहरुको जागिर पक्का भन्दै। आफ्नो त यो प्रोजेक्टको जागिर प्रोजेक्ट थपिने हो कि होइन भनेर वर्षेनी टेन्सन हुन्छ यार…
बिहान चिया पसलाँ एउटा साथीले भन्या, अदालतको फैसला पढ्यारहेछ संविधान नलेखिन्जेल संविधानसभा भंग हुँदैन भन्ने।
तर सम्मानित अदालतले अब सविधानसभाका केही सदस्यहरुको मृत्यु हुन गएमा संविधान लेख्ने काम नसकिएन्जेल त्यसमा तिनकै सन्तानले काम गर्न पाउने पनि फैसला गर्दिएको भए अझ राम्रो हुन्थ्यो भन्ने तपाइलाई लाइराछ रे हो ?

| © 2012 नेपाली गफ | A part of xNepali.com network |