पुर्विय सभ्यताको उत्कृष्ट चाड, होलि को परिचय – फागु पुर्णिमा

अघिल्लो हप्ता मैले फागु पुर्णिमा को परिचय लेखेको थिएँ । यो भिडियोमा सो पोष्टमा भएको भन्दा धेरै जानकारि भएको हुनाले शेयर गर्दैछु ।

यसमा होलि शुरु हुनुका बिभिन्न किंबदन्ति र मान्यताहरु प्रस्तुत गरिएका छन। यो भिडियोले निम्न प्रश्नहरुको उत्तर दिनेछ :

  • हामिले होलि किन मनाउँछौं ?
  • होलिमा ठ्ड्याइने “चिर” को मतलव के हो ?
  • होलिको सन्धर्वमा हिरण्यकष्यपुका छोरा प्रल्हाद र होलिकाको कथा किन महत्वपुर्ण छ ?
  • कृष्णको गोपिनिसंगको रसलिला कसरि होलिसंग संबन्धित छ ?
  • कृष्णले गोपिनिहरुको लुगा किन लुकाइदिए र उनले के शर्तमा लुगा फिर्ता दिएका थिए ?
  • राम र रावणलाइ पनि कसरि होलिसंग जोडिएको छ ?
  • पहाडमा र तराइमा होलि किन भिन्दा भिन्दै दिनमा मनाइन्छ ?
  • होलि कसरि गौतम बुद्धको संधर्वमा पनि जोडिएको छ ?

होलिको बारेमा यो पोष्ट पनि हेर्नुहोस

फागु पुर्णिमा (होलि, बसन्त पुर्णिमा)

होलि परिचय

फाल्गुण पुर्णिमाको दिन मनाइने फागु पर्वलाई भारतमा “होलि” भनिने हुनाले सोहि नामको सिको गरेर आजकल नेपालमा पनि होलि नै भन्न थालिएको छ । फागु पर्ब वसन्त ऋतुको स्वागत गर्ने चाड पनि भनिन्छ । यस पर्वामा मानिसहरु आपसि मेलमिलाप र सदभावना बढाउन बिभिन्न रङहरुको प्रयोग गरेर हर्ष उल्लासपुर्व मनाइन्छ ।

holi_colors

फागुन शुक्ल अष्टमिका दिन काठमाडौँको वसन्तपुर गद्दि बैठकअगाडि रहेको मैलको रुखलाइ रङ्गिचङ्गि ध्वजापताकाले सिँगारि गाडिएको चिरमा पुजा गरेपछि फागु पर्ब शुरु भएको मानिन्छ । तेसै गरि ललितपुरमा पनि सोहि दिन चिर गाड्ने प्रचलन छ ।

फागुको दिन (पुर्णिमाको दिन) वसन्तपुरमा गाडिएको चिरलाई विधिपुर्वक ढालि बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउँछन् । सो चिरमा राखिएका ध्वजापताकाहरु औषधि उपचारमा काम लाग्ने भनेर खोसाखोस गरि लिने पनि गरिन्छ । तेस्तै चिरको खरानिको टिका लगाएमा अनिष्ट टर्ने पनि मानिसहरुमा बिश्वास छ । ललितपुरमा गाडिएको चिर भने फागुको दिनमा बागमतिमा लगेर सेलाउने गरिन्छ ।
 Continue reading

होलीमा चलचित्रकर्मीहरु

यस अघिका वर्षहरूमा प्राय: सबै जस्ता चलचित्रकर्मीहरुलाई उनको घरमा एकतृत गरेर होलीको विशेष कार्यक्रमको आयोजना गर्दै आएकी अभिनेत्री करिश्मा मानन्धरले यो पटक तेस्तो कार्यक्रम गर्न पाइनन । आफ्नो आगामी चलचित्र ‘फागू’को छायांकनको लागि भनेर उपत्यका भन्दा बाहिर रहेकाले यो बर्ष काठमाडौँका कलाकारहरू बिभिन्न ग्रुपमा आ-आफनै तरिकाले होलि मानाए।

भिडियो रिपोर्ट

फागु पूर्णिमा अर्थात होलीको राम्रै रमझम काठमाडौँमा देख्न सकिन्थ्यो । बिहिबार दिउसो देखि नै युवा युवतीहरू रंगीन भएर शहर परिक्रमा गरिरहेका थिए भने आफ्नो आफ्नो झुण्ड बनाएर होली खेलिरहेका थिए । उपत्यकाका विभिन्न स्थानमा होलीका विशेष कार्यक्रम पनि आयोजना गरिएको थियो । गायक गायिकाहरू टेलीभिजन र रेडियोका प्रत्यक्ष प्रसारण कार्यक्रममा ब्यस्त रहे भने चलचित्रकलाकारहरू  रेड स्टुडियो र नमस्ते नेपालमा जम्मा भएका थिए ।

 Continue reading

फिल्मकर्मीको होली – फोटो फिचर

फिल्मकर्मीले यो बर्षको होली पनि  रमाइलो गरेर मनाए। अघिल्ला बर्ष जस्तै यो बर्ष पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरी निवासमा होली मनाउन बिशेष कार्यक्रम गरिएको थियो जसमा धेरै कलाकारहरूको उपस्थिति रहेको थियो । बिहान ११ बजेदेखि सुरु भएको सो कार्यक्रममा गौरी मल्ल, रमेश उप्रेती, राजेश हमाल, कृष्ण मल्ल, शर्मिला मल्ल, शिव श्रेष्ठ, अशोक शर्मा, संचिता लुइँटेल, अरुणिमा लम्साल, झरना थापा, निर्मल शर्मा, दिलिप रायमाझी, मेलिना मानन्धर, मुकेश ढकाल, नन्दिता केसी, सौजन्य सुब्बा, सुमिना घिमिरे, सुस्मा कार्की, नीता ढुङ्गाना, अशिष्मा नकर्मी, हर्षिका श्रेष्ठ, अनुप बराल, सौगात मल्ल, दिया मास्के, सुरज सुब्बा आदि कलाकारहरु उपस्थित थिए ।

rajesh hamal with actresses sushma karki

करिष्माले राजेश हमाल लगाएत सबैलाई रंग दलेर स्वागत गरिन् । कलाकारहरुले नाचगानमा पनि सहभागी भएका थिए ।

 Continue reading

फागु पूर्णिमा (होली)

होली परिचय

फाल्गुण पूर्णिमाको दिन मनाइने फागु पर्वलाई भारतमा “होली” भनिने हुनाले सोही सिको गरेर नेपालमा पनि आजकाल होली नै भन्ने गरिन्छ  । यो पर्ब वसन्त ऋतुको स्वागत गर्न र आपसी मेलमिलाप र सदभावना बढाउन बिभिन्न रङहरुको प्रयोग गरेर मनाइन्छ ।

holi_colors

फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको वसन्तपुर गद्दी बैठकअगाडि रहेको मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकाले सिँगारी गाडिएको चीरमा पूजा गरेपछि फागु पर्ब शुरु भएको मानिन्छ । तेसै गरी ललितपुरमा पनि सोही दिन चीर गाड्ने प्रचलन छ ।

फागुको दिन (पूर्णिमाको दिन) वसन्तपुरमा गाडिएको चीरलाई विधीपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउँछन् । सो चीरमा राखिएका ध्वजापताकाहरु औषधीउपचारमा काम लाग्ने भनेर खोसाखोस गरि लिने गरिन्छ । तेस्तै चीरको खरानीको टीका लगाएमा अनिष्ट टर्ने पनि मानिसहरुमा बिश्वास छ । ललितपुरमा गाडिएको चीर भने फागुको दिनमा बागमतीमा लगेर सेलाउने गरिन्छ ।

तेस्तै, फागुको रात गुरुमापा नाम गरेको राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु  टुँडिखेलमा खुवाई सैनिक अस्पतालभित्र रहेको जधु नाम गरेको धारामा चुठाउने चलन पनि छ ।

हिन्दू धर्मशास्त्रमा उल्लेख एक किम्बदन्ती अनुसार हिरण्यकश्यपुले आफ्ना विष्णुभक्त पुत्र प्रल्हादलाई मार्न आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिका संग प्रल्हादलाइ आगोमा पस्न लगाएकोमा होलिका भष्म भएकी तर प्रल्हादलाई भने केही नभएको मानिन्छ । राक्षस प्रवृतिकी होलिका मारिएको उपलक्ष्य होली खेल्न शुरु भएको पनि मानिन्छ  ।

पहाडी भागमा पूर्णिमाको दिन मनाइने होली तराई क्षेत्रमा भने त्यसको भोलिपल्ट भव्यताका साथ मनाइने गरिन्छ । यस पर्बमा थकालीहरुले तीर हान्ने प्रतियोगिताको पनि आयोजना गर्छन् ।

होली बिकृति

  • इच्छाविपरीत अरुलाई पानी भरिएको बेलुन र प्लास्टिकले हान्ने र रंग लगाइदिने
  • होली शुरु हुनु भन्दा कयौं दिन अगाडी देखिनै पानीले भरिएको बेलुनको प्रयोग
  • गाँजा, भांग आदि लागु पदार्थको प्रयोग
  • डान्स, डिस्को र अनाबश्यक खर्च
  • इनामेल आदिको रंग पोत्ने, आतंक र हूलदंगा
  • रंगमा हुने मिसावटले छालामा नराम्रो असर
  • जबर्जस्ती लगाइने रंगले कसै कसैलाई हुने एलर्जीक रियाक्सन

होली रमाइलो र उन्मुक्तताको चाड हो। सबैले आफ्नो हिसाबले रमाइलो गर्न (वा, नगर्न) पाउनु पर्छ । कसैको पनि व्यक्तिगत इक्षा बिपरीत रंग, लोला वा अन्य कुनै पनि बस्तुको प्रयोग गर्दा यो चाडको सदभाब खल्बलिन्छ ।

ह्यापी होली!