Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

girlfriends_benefits_and_lossगर्लफ्रेन्ड नहुनुका कैयौं फाइदाहरु मध्ये केही सामान्य फाइदाहरु निम्न बमोजिम रहेका छन्:

१. पैसा र समय दुबैको बचत

२. जुनसुकै सुन्दरीलाइ पनि निर्धक्कसंग हेर्न छुट

३. स्टाइल फेसन आदि कुराको कुनै चिन्ता नहुनु

४. टाइम बेटाइमको कल/मिसकल बाट छुटकारा

५. बाउआमा र नातागोता र छर छिमेकबाट चोर जस्तो लुकी लुकी हिड्न नपर्ने ! जुनसुकै रेस्टुरेन्टमा निर्धक्क र मनलागेको खानेकुरा मन नबाँधी खान पाइने

६. झुठ बोल्नबाट छुटकारा (गर्लफ्रेन्डको रुप, फेसन, मेकअप आदिको झुठो भए पनि तारिफ गर्नै पर्ने हुनाले)

अब, गर्लफ्रेन्ड नहुनुको एउटै बेफाइदा:

१. जुनसुकै बेलामा पनि गर्लफ्रेन्ड नभएको बारेमा चिन्ता गरेर माथि उल्लेखित कुनै पनि फाइदा उठाउन नसक्नु !

(हिन्दीमा फेला परेको एस्तै आशयको जोक बाट परिबर्तित रुपम उल्था गरिएको)

 

banana_xnepaliदाइ – यो केरा कसरी हो?
पसले – एक रुपैयाको एउटा।
दाइ – ६० पैसामा दिने?
पसले – ६० पैसामात बोक्रामात्र आउछ।
दाइ – ए हो?  तेसो भए यि ४० पैसा लेउ, बोक्रा तिमी नै राख, केरा मलाइ देउ ।

 

aaluदिवश नमित अमर झगडा गरेर भागेछन र पुलिसले खेदाएछ ।

पुलिस बाट बच्न अध्यारो कोठा भित्र छिरेर बोरा भित्र लुकेछन । एकछिन पछी पुलिस कोठा भित्र छिरेर अध्यारो मा लट्ठीले हान्न थालेछ…

दिवश छिरेको बोरामा लट्ठीले हानेछ अनी दिवश कुकुरको आवाज निकाल्दै भौ भौ गर्न थालेछ ….

पुलिस, "साला कुकुर पो रइछ," भन्दै फेरी नमित छिरेको बोरामा लट्ठीले हानेछ ।

नमित बिरालोको आवाज निकाल्दै म्याउ म्याउ गर्न थालेछ । पुलिसले, "ओहो बिरालो रइछ," भन्दै त्यहाँ बाट अर्को अमर लुकेको बोरामा लट्ठीले हानेछ ।

तर, यसबाट चाहिँ केही पनि आवाज आएनछ  । पुलिसले फेरी हानेछ…. फेरी पनि आवाज आएन छ । २०-२५ चोटी हानेपछि भित्रबाट अमर कराएछ, "ओई साले, आलु हुँ आलु ! आलु पनि बोल्या देख्याछस् कहिल्यै ?"

 

fat_man_joggingएउटा मोटो मान्छेले डाक्टरसँग सोध्यो, "डाक्टर साब वज़न कम गर्ने कुनै उपाय बताइदिनुस् न"

डाक्टरले भने "दिनको ८ किलोमिटर ३ महिना सम्म दौडिनुस् तपाईंको बजन घट्छ "

३ महिना पछी मोटो मान्छे फोनमा डाक्टर सँग भने, "डाक्टरसाब म ३ महिना अगाडि आको मोटो मान्छे क्या ?"

डाक्टरले सोधे, "के भो बजन घटेन त ?"

मोटो मान्छे, "वजन त घट्यो अब के गर्नु म यहाँ ७२० किलोमिटर सम्म आइेपुगे अब फिरकिनु कि अझै कुद्नु ?"

 

रामे, "अफिसमा खुबै सिंह बन्छस्, घरमा पनि यस्तै हो ?"
श्यामे, "अँ…घरमा पनि सिंह नै हुन्छु, तर ममाथि दुर्गाको सवारी हुन्छ"

singha_durga Source – Facebook

Incoming search terms:

© 2012 नेपाली गफ A part of xNepali.com network