Explore xNepali - xN Home | Movies & Fun | Nepali Blog | Photo Blog | Tech. Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

आजको युगमा हिजोको युगमा जस्तो गरेर पत्रकारिता गर्न सकिदैन भन्ने कुरा आज फेरी कान्तिपुरले पुस्टि गरेको छ । हिजो शुक्रबार मात्र यसको एक भागका संयोजकले "न्युयोर्क टाइम्स, द टेलिग्राफ लागाएतका स्रोतबाट प्रबिधी सूचनामात्र लिएको नभई त्यहाँको प्रकाशित सामाग्रीलाइ आफ्नै जस्तो बनाएर छापेको" भनेर माफी मागेको भोलिपल्ट नै सामाजिक संजाल, फेसबुकमा चलेको हल्लालाइ आधार बनाएर एउटा समाचार छापेको रहेछ । केही समय अघाडी, बलिवुड अभिनेता अमिताभ बच्चन नेपालमा जन्मेको भनी टेलिभिजन र पत्रिकामा समाचार आएको थियो – एउटा मनोज गजुरेलको व्यङ्ग्य हसाउनको लागि बनाएको प्रसंगलाई आधार मानेर ।

the_kantipur_times_graph

आजको २ दशक अघि (२०४७ साल फाल्गुन ७ मा) स्थापना भएको कान्तिपुर दैनिकको लामो समय नेपालमा पत्रकारिताको अनुभब र दक्षता छ । यसमा काम गर्ने पत्रकारहरुमा पनि पत्रकारिताको लामो अनुभब र प्रभाब देख्न सकिन्छ । तेसैले त, "पाठकले सल्लाह दिन पाउछन तर, धाकै सही, पत्रकार ज्ञाता/बिशेषज्ञ हुन, डाक्टरलाई बिरामीको उपचार कसरी गर्ने सिकाउदा त्यो अप्राकृतिक देखिन्छ," भनेर धाक लागाएका थिए, भलै त्यो सुन्दा, स्थापित पत्रकारहरुमा नागरिक पत्रकारिताको महत्वको बारेमा ज्ञान नभएको भान परेको थियो ।

twitter_comment_wagle

कान्तिपुरको मात्र कुरा गरे पनि यो एउटा पत्रिका वा एउटा पत्रकारको कुरा होइन । सबै पत्रिका र पत्रकारमा समय अनुसार परिवर्तन हुन नसक्ने रोग लागेको पक्का हो । २०४७ (फेबुअरी १९९१) सालमा कान्तिपुरले पत्रकारिता शुरु गर्दाको अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको छ । त्यो बेलामा गल्ती भए पनि धेरैलाई थाहा हुन्थेन भने थाहा पाउने एक दुइजनाले पनि गल्तीको बारेमा अरुलाई बताउने माध्यम थिएन । तेसैले  त्यो बेला "ज्ञाता/बिशेषज्ञ" भनेर फुर्ती लगाउन जति पनि मिल्थ्यो ।

तर, अहिले समय धेरै परिवर्तन भइ सकेको छ । अहिले जो कोहीले पनि कुनै एउटा सानो बिषयमा कुनै पनि बिशेषज्ञ भन्दा बढी जानकारी बटुल्न सक्छ । जस्तै, रहर लागेको खण्डमा, कुनै बिरामीले रोगको लक्षणको आधारमा इन्टरनेटमा खोजेर आफुलाई के रोग लागेको हो र उपचारको लागि कुन औषधी खानु पर्छ भनेर पत्ता लगाउन सक्छ । यसरी खोज्दा डाक्टरले जानेको भन्दा पनि नयाँ र बढी प्रभाबकारी औषधीको बारेमा पत्ता लागाउने सक्ने सम्भाबना पनि उत्तिकै हुन्छ ।  तर, यती हुदैमा बिरामीले डाक्टरले भन्दा बढी जान्ने भएँ भनेर फुर्ती लगाउन मिल्दैन र डाक्टरले पनि बिरामीलाई केहि थाहा छैन भनेर अनुमान लगाउन मिल्दैन । यो नयाँ युगमा दुवै पक्षले एक अर्काको सम्मान गरेर आ-आफ्नो क्षेत्रमा इमान्दारिता पूर्बक लाग्नुको विकल्प छैन ।

Continue reading »

Incoming search terms:

 

एउटा इन्टरनेटमा चलेको हल्लालाई आधार बनाएर लेखिएको समाचार कान्तिपुरमा प्रकाशित हुनुले धेरै इन्टरनेट प्रयोगकर्ता अचम्ममा परेका छन् । कुनै पनि लेख वा समाचार प्रकाशित गर्दा गर्नु पर्ने साधारण खोजबिन पनि नगरी लेखिएको सो लेखले सर्बसाधारणमा नराम्रो असर गर्नेमा द्विविधा छैन । जुन "मेडिकल रिसर्च अथोरिटी अफ अमेरिका" ले गरेको अध्यान भनिएको छ, तेस्तो खालको कुनै पनि संस्था छैन भन्ने कुरा एक पटक गुगलमा खोजे थाहा भइ हाल्छ।  पुरा लेख तल पढ्नुहोस (साथै, यो सबै झुठ हो भन्ने ख्याल पनि गर्नु होला) ।

 

Clipboard02

Continue reading »

 

हालै कान्तिपुर दैनिकमा लामो समय देखि न्युयोर्क टाइम्स लगाएतका लेखहरु नेपालीमा उल्था गरेर आफैले लेखेको भनेर छापिदै आएको कुरा सार्बजनिक भएको थियो । नाम चलेका युवा पत्रकार आशिस लुइँटेलले आफ्नो सो गल्ति स्वीकार गरी ट्वीटरमा माफी पनि मागेका थिए  ।

Really SORRY for d mistake I did! It was unintentionally/with positive aspect though!Realized that I was wrong!My readers are awesome <3 <3  (ट्विटर)

I do appreciate d thoughts of valuable readers!Apologized!It’ll be clearly addressed in the upcoming issue of @helloshukrabar too!Thank you (ट्वीटर)

ट्विटर प्रयोगकर्ताहरुको चासोको जवाफ दिदै कान्तिपुरका सम्पादक सुधिर शर्माले पनि सो कुराको स्पटीकरण दिइने बताएका थिए

Hello Sukrabar को उक्त सामगृीबारे त्यही सप्लिमेन्टको आउंदो अॅकमा स्पष्ट पारिनेछ। धन्यवाद । (ट्विटर)

त्यसको तीनदिन पछि शुक्रबारको अंकमा सो बिषय "प्राबिधिक कारणले" भएको त्रुटी भन्ने  स्पटीकरण छापियो :

kantipur_response

यस्तो सम्पादकको प्रतिउत्तर गैरजिम्मेबार पूर्ण र निराशाजनक भएको गुनासो चल्दै गर्दा सुधिर शर्माले अर्को ट्वीटमा पत्रकार आशिस लुइँटेललाइ उनको जिम्मेबारीबाट मुक्त गरेर अनुसन्धान शुरु गरेको बताए (ट्विटर लिंक) । तर, यो बारेमा कान्तिपुर पब्लिकेसनको औपचारिक धारणा अहिले सम्म सार्बजनिक भएको  छैन ।

के भएको थियो?

Continue reading »

Incoming search terms:

 

प्रदिप न्यौपानेजी ले कलियुगकी साक्षात देबी को बर्णन सुनेर मलाइ पनि भानुभक्तको बर्णन याद आयो:

भानुभक्तको कान्तिपुर:

चपला अवलाहरू एक सुरमा,

गुन केसरीको फूल ली शिरमा।

हिडन्या सखी लीकन।

ओरीपरी/पशुकापति छन् रखबारी गरी,

शिवकी पुरी कान्तिपुरी नगरी।

आजका ‘भानुभक्त’ चेलाको कान्तिपुर:

चपला अवला हरु स्कुटरमा
हिडन्या कलेज अफिस वरीपरी।

हर्न, मोबाईल गर्छन चुरिफुरी
तिलस्मी कान्तिपुरी नगरी।।

‘हिडन्या सखी’ पछाडी राखी …. अन्य स्कुटरसबार चपला अबलाहरु

अपडेट : फेसबुक र ट्वीटर को यो जमानामा केही समय पछि त बाहिर निस्कने पनि फुर्सद नै हुदैन कि जस्तो लाग्यो तेसैले :

chapala_abala_facebook

Incoming search terms:

© 2012 नेपाली गफ A part of xNepali.com network