पूर्व राजा ज्ञानेन्द्र युरोपको लागि प्रस्तान गर्नु अघि सम्म उनको यो भ्रमण गोप्य नै राखिएको थियो । निम्न फोटोमा ज्ञानेन्द्र र कोमल कतार एयरको जहाज भित्र बसिरहेको देखिन्छ ।

ज्ञानेन्द्र करिब १४ जनाको पारिवारिक टोली लिएर युरोप भ्रमणमा निस्किएका हुन । फ्रान्सको चार्ल्स द गोल बिमानस्थलमा ओर्लिएका पूर्वराजाको पारिबारिक टोली कहाँ बस्छ भन्ने कुरा पनि गोप्य नै राखिएको छ । फ्रान्सको बिमानस्थलमा केही राजाबादीहरुले फूलगुच्छा लिएर स्वागत गर्न बसेको पनि बताइन्छ।
सबै कुरा गोप्य राखिएको हुनाले उनको युरोप भ्रमणको कारण अनुमान मात्र गर्न सकिन्छ, जस्तै: पारिवारिक समस्याबाट केही समयको लागि छुटकारा, अथबा बिदेशी नेताहरुलाई भेटेर राजनीतिक शक्ति देखाउने प्रयास, अथबा कोमलको गत दराबर हत्याकाण्डमा लागेको गोलीको छर्राको उपचार, अथबा ज्ञानेन्द्रको ब्यपारिक सम्झौता; जे पनि हुन सक्छ ।
पारिवारिक समस्या
राजनीतिकका साथ साथै ज्ञानेन्द्रलाइ पारिवारिक समस्याले पनि पिरोलेको बताइन्छ । यस्ता केही समस्या निम्न छन:
- ज्ञानेन्द्रकी छोरी दिलासाको हालै राजबहादुर सिं सित सम्बन्ध बिच्छेद भएको थियो । यसले ज्ञानेद्रलाइ चिन्तित तुल्याएको अनुमान गर्न गाह्रो छैन ।
- उनको छोरा पारस पनि बाबुको राजतन्त्र गुमे पछि बुहारी हिमानी र छोरा छोरीलाई नेपालमै छोडेर राखेर थाइल्याण्डमा बस्न थालेका हुन । उनी आजकाल नेपालमा रहेको परिबारसंग सम्पर्कमा आउन नचाहने गरेको पनि बताइन्छ ।
- धेरैले राजतन्त्र गुम्नुमा ज्ञानेन्द्रलाई दोषी देख्दा उनलाई थप पीडा हुने गरेको पनि बताइन्छ ।
अहिले सम्म प्राप्त जानकारी अनुसार उनी पेरिसमा दुइ हप्ता बस्ने छन् ।
