Explore xNepali - xN Home | Movies & Fun | Nepali Blog | Photo Blog | Tech. Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

खुशीको खबर, फेरी सोमबारदेखि लोडसेडिङको अवधि घट्ने भएको छ … अब दैनिक बढीमा बढीमा १० घण्टा (मात्रै) लोड सेडिंग हुने भएको छ।

२०६८ / ११ / २२ देखि लागु हुने यो तालिका निम्नानुसार रहेको छ:

load_shedding_schedule_falgun_22

स्मरण रहोस यो झन्डै तीन हप्तामा गरिएको चौथो घटाई हो :

यसरी पटक पटक लोडसेडिंग कम गर्न मिल्ने रहेछ भने प्राधिकरणका कर्मचारीले एक हप्ताको पनि माग र आपूर्ति को हिसाब गर्न सदैनन भन्ने कुरा फेरी पुस्टि गरेका छन्।

यसरी घट्नुको कारण, अघिल्ला तीन सूचनाहरुमा जस्तै " कुलेखानी जलासयमा भएको पानीको संचिति" लाइ नै आधार मानिएको छ । यसका साथ साथै "चैत दोस्रो सातादेखि हुने एसएलसी परिक्षालाई समेत दृष्टिगत गरेर लोडसेडिङ घटाइएको" पनि भनिएको छ।

Incoming search terms:

 

नेपाल विद्युत प्राधिकरणले कसरी काम गर्छ भन्ने एउटा उदाहरण यो महिनामा लोडसेडिङ्ग परिवर्तन सम्बन्धि सूचनाहरुले प्रस्ट पार्छ  । यो फाल्गुण महिनाको दुइ हप्तामा तीन चोटी एक एक घण्टा लोडसेडिंग घताउनुले परिवर्तन प्राधिकरणका प्राबिधिकहरुमा माग र आपूर्तिको सामान्य हिसाब गर्न पनि आउदैन भन्ने पुष्टि भएको छ ।

ल हेर्नुहोस:

यसरी घटेको तालिका यस प्रकार छ :

load_shedding_schedule_falgun15

लोडसेडिंग घट्नु खुशीको कुरा हो तर, प्राधिकरणका प्राबिधिकहरुको "ट्रायल एंड इरर" पाराले माग र आपूर्तिको को निर्णय गर्ने गरेको देख्दा प्राधिकरणका आन्य काम कारबाही पनि कसरी होलान भन्ने अन्दाज लगाउन गाह्रो हुदैन ।  

फाल्गुण १० को सूचनामा "२०६८/११/११ गते बिहीबार" को ठाउमा "२०६८/११/१५ गते सोमबार" मात्र परिवर्तन गरेर जारी गरिएको सूचनामा ४ दिनमानै फेरी घटाउनु पर्ने कुनै नयाँ कारण दिइएको छैन:

नदीहरुमा पानीको जलस्तर घट्ने क्रम रहेता पनि कुलेखानी जलासयमा भएको पानीको संचिति एवं विद्युत चुहावट नियन्त्रण गर्न चालिएका कार्यहरु प्रभावकारी भएको कारणबाट साविकमा हुँदै आईरहेको लोडसेडिङ्ग तालिकामा हेरफेर गरी मिति २०६८/११/१५ गते सोमबार देखि निम्न परिवर्तित समय तालिका अनुसारको लोडसेडिङ्ग हुने ब्यहोरा ग्राहक वर्गमा जानकारी गराउँदछौ ।

Incoming search terms:

 

नदीहरुमा पानीको जलस्तर घटी रहे पनि चुहावट नियन्त्रण प्रभाबकारी भएको ले थप एक घण्टा लोडसेडिंग घटाउन सकिएको नेपाल विद्युत प्राधिकरणको लोडसेडिङ्ग परिवर्तन सम्बन्धि सूचनामा जनाइएको छ ।

नदीहरुमा पानीको जलस्तर घट्ने क्रम रहेता पनि कुलेखानी जलासयमा भएको पानीको संचिति एवं विद्युत चुहावट नियन्त्रण गर्न चालिएका कार्यहरु प्रभावकारी भएको कारणबाट साविकमा हुँदै आईरहेको लोडसेडिङ्ग तालिकामा हेरफेर गरी मिति २०६८/११/११ गते बिहीबार देखि निम्न परिवर्तित समय तालिका अनुसारको लोडसेडिङ्ग हुने ब्यहोरा ग्राहक वर्गमा जानकारी गराउँदछौ ।

फाल्गुण एक गते देखि १ घण्टा घटेको लोडसेडिंग र अबको थप एक घण्टा जोड्दा अब दैनिक कम्तिमा ९ र बढीमा १२ घण्टासम्म लोडसेडिङ हुनेछ। पुष ३ देखि १४ घण्टे लोडसेडिङमा गुजारा गरिरहेका नेपालीलाइ यसले केही मात्रामा राहतको अनुभब हुने छ ।

नयाँ लोडसेडिंग तालिका २०६८/११/११ (February 23, 2012):

load_shedding_schedule

अत्यधिक चुहावट हुने फिडरहरुमा पहिले जस्तै थप लोडसेडिङ्ग हुनेछ ।
(क) ३५ देखि ४० प्रतिशतसम्म १ घण्टा थप
(ख) ४० भन्दा बढी ५० प्रतिशतसम्म २ घण्टा थप
(ग) ५० भन्दा बढी ६० प्रतिशतसम्म ३ घण्टा थप
(घ) ६० भन्दा बढी ७० प्रतिशतसम्म ४ घण्टा थप
(ङ) ७० प्रतिशत भन्दा बढी ५ घण्टा थप

Incoming search terms:

 

नेपाल विद्युत प्राधिकरणले फागुन १ गते देखि लागु हुने गरेर १ घण्टा लोडसेडिङ घटाएको छ । प्राधिकरणका अनुसार यस अघि सातामा ८८ घण्टाको दरले हुँदै आएको लोडसेडिङ यही सोमबारदेखि ८१ घण्टामा झारिएको हो। मध्यमर्स्याङदी जलविद्युत आयोजनामा भइ रहेको मर्मत सकिएको एक साता पछि बल्ल सरकारले लोड सेडिंग घटाउन लागेको हो ।

यसरी घट्दा पनि दैनिक कम्तिमा १० र बढीमा १३ घण्टासम्म लोडसेडिङ हुनेछ।  पुस ३ देखि शुरु भएको १४ घण्टे लोडसेडिङ खापिरेहेका नेपालीलाइ एक घण्टा घट्नुले पनि केही राहत अनुभब हुने छ ।

लोड सेडिंग तालिका यस प्रकार छ:

load_shedding_table

बिजुली बढी चुहावट हुने स्थानहरुमा थप २ देखि ५ घण्टा सम्म बढी समय लोडसेडिङ हुने पनि प्राधिकरणले जनाएको छ। नागरिकले प्राधिकरणको श्रोतलाई उद्घृत गर्दैतराईका धेरै जिल्लाहरुमा ८५ प्रतिशत सम्म चुहावट भइरहेको बताउछ । थप लोडसेडिंगको निर्धारण निम्न टेबल अनुसार गरिन्छ:

चुहावट प्रतिशत  ——– थप लोडसेडिंग (घण्टा)

५० %  सम्म  ——–  २ घण्टा
६० %  सम्म ——– ३ घण्टा
७० %  सम्म ——– ४ घण्टा
७० %  भन्दा बढी ——– ५ घण्टा

प्राधिकरणले बिद्युत चुहावट रोक्न वा कम गर्न लाइन काट्न छोडेर लोड सेडिंगको सहारा लिनु आफैंमा विरोधाभाष पूर्ण देखिन्छ  ।

Incoming search terms:

 

ग्यासको अभाब, तेलको अभाब, बिजुली बत्तीको अभाब, पानीको हाहाकार … सरकारलाई संबिधानको बारेमा सोच्ने फुर्सद कहाँ बाट होस् ?

मानिसको न्युनतम आबश्यकता भन्ने कुरा समय अनुसार बदलिदै जाने रहेछ । ढुंगे युगमा न्युनतम आबश्यकता भनेको खानेकुरा मात्रै थियो र बासस्थान, लत्ता कपडा आदिलाई विलासिताको सामानमा गनिन्थ्यो । समाजको रुपान्तरण संगै लत्ता कपडा र बासस्थानले पनि न्युनतम आबश्यकताको दर्जा पाए । त्यस पछिको समाजमा कैयन बिलासिताका सामान न्युनतम आबश्यकताको कोटीमा झरेका छन् । यसरी न्युनतम आबश्यकताको दायरा जति फराकिलो हुदै जान्छ समाज त्यतिनै समृद्ध मान्न सकिन्छ ।

आजकल पश्चिमा मुलुकहरुमा खाना, लत्ता कपडा, बासस्थान को संग संगै बत्ति, पानी, ब्यतिगत बिबरण को गोप्यता, ह्युमन राइट्स, रोजगार आदि कुराहरु पनि न्युनतम आबश्यकता भित्र पर्दछन । तर, यी मध्ये कतिपय कुराहरु नेपालमा अझै पनि बिलासिताका सामान नै मान्न सकिन्छ । जस्तै, नेपालमा जेनेरेटर वा सोलार पावर प्रयोग गरेर २४सै घण्टा बत्ती बाल्ने मानिसहरु पनि नभएका होइनन तर सर्बसाधारणले भने दिनको १८ घण्टा लोड सेडिंग खेपीरहनु परेको छ । केही समय पहिलेसम्म सर्बसुलभ बत्ती, पानी पनि अब विलासिताको सामानमा परिवर्तन हुनु साच्चिकै दुखको कुरा हो ।

खाना पकाउने ग्यास र मट्टीतेल, गाडी गुडाउन चाहिने तेल आदिको हाहाकार संगै स्वतस्फुर्त रुपमभएका ‘लूट’का घटनाले (नागरिकको ग्यास लुट्ने प्रयास सम्बन्धी समाचार) हामी प्रगतीको बाटोमा उल्टो हिडिरहेको संकेत गर्दछ । वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको हालैको भनाइ, " सरकारले साढे चार अर्ब नदिए एक साताभित्र राजिनामा गर्छु" ले नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति मा सरकारको नियन्त्रण अतिनै महंगो भएको संकेत गर्दछ । 

people_snatching_gas_cylinder

जनतालाई आबश्यक पर्ने चिजहरुमा जति पनि अभाब/समस्या देखिन्छन प्राय: ती सबैमा चीजहरुमा सरकारी नियात्रण भएको पाइएको छ ।

  • निजी क्षेत्रको प्रबेश नहुदा सम्म एउटा फोनको लाइन लिन दसकौं कुर्नु पर्ने गर्दथ्यो भने अहिले तुरुन्तै पाइन्छ ।
  • ग्यास निजी क्षेत्रले बेच्ने भए पनि आएल निगमले मात्र आयात गर्न सक्छ र भाउ पनि सरकारले तोके बमोजिम मात्र राख्न पाइन्छ । यसले निजी क्षेत्र भनेको त देखाउने दाँत मात्र भएको छ ।
  • पेट्रोल, डिजेल, मट्टीतेल आदिमा पनि सरकारले भाउ निर्धारण गर्दछ।
  • खाने पानीमा पनि सरकारी एकाधिकार छ । निजी क्षेत्रले ट्यांकरमार्फत मात्र ढुवानी गर्ने हुनाले ट्यांकरको पानी किन्नेहरुको लागि पानीको कुनै पनि समस्या छैन ।
  • बिजुली बत्ती पनि सरकारी स्वामित्वमा रहेको बिधुत प्राधिकरणमार्फत किन्नेको लागि मात्रै समस्या हो । जेनेरेटर, इन्भर्टर, सोलार पावर, मैन बत्ती लागाएतका निजी क्षेत्रले जिम्मा लिएका कुराहरुको कुनै अभाब छैन ।  हुन त बिधुत प्राधिकरणको बिशाल भौतिक पुर्बाधारलाइ यसरी तुलना गर्न नहुने हो तर, यदी निजी क्षेत्रलाइ खुला गरिदिएमा उनीहरुले पनि बिधुत प्राधिकरणको भन्दा बढी सुबिधा दिन सक्छन भन्ने कुरामा चाहिं दुइ मत नहोला ।
  • सरकारले चिनीको प्रति केजी मुल्य निर्धारण गरिदिदा कहिले काहीं चिनीको पनि हाहाकार भएको नेपालीहरुले भोगेकै हुन्  ।

यसरी जे जे कुरामा सरकारले हस्तक्षेप गर्ने गर्दछ त्यसमा समस्या हुने गरेको छ । सरकारले ब्यापार गर्ने होइन । निजी क्षेत्रले ब्यापार गर्ने, सरकारले सुरक्षा र हेल्पिंग ह्याण्ड दिने हो भने देशको बिकास हुने थियो होला कि । संबिधान बनाउन बनेको सरकारले तेल बेच्दा हुने फाइदा र घाटाको हिसाब किताब गरेर बसे पछि कहिले संबिधान बन्ला त ? (फोटो सौजन्य – मकर श्रेष्ठ, कान्तिपुर)

 

यो नेपाली राष्ट्रिय गानको रिमिक्स सोसल मिडियाहरुमा खुबै शेयर गरिएको थियो | मैले यसलाई अलिकति परिवर्तन गरेर यहाँ पोस्ट गरेको छु :

line_kerosene

यो नेपाली जर्किन उचाली, तेलको लाइनमा लम्किन्छ

जुनकिरी झैँ टुकी बाली, लोडशेडीङमा चम्किन्छ

यो नेपाली जर्किन उचाली, तेलको लाइनमा लम्किन्छ

चाहे बढोस् जती मुल्य यो नेपाली डर्दैन – २

जम्मा भै सडकमा कराउन छोड्दैन – २

lamp_bulbजुनकिरी झैँ टुकी बाली, लोडशेडीङमा चम्किन्छ

यो नेपाली जर्किन उचाली, तेलको लाइनमा लम्किन्छ

पालै पालो पार्टीहरुको जनतामाथी शासन छ – २

अर्को तिर नेताहर्को अर्थबिहिन भाषण छ – २

जुनकिरी झैँ टुकी बाली, लोडशेडीङमा चम्किन्छ

यो नेपाली जर्किन उचाली, तेलको लाइनमा लम्किन्छ

 

यो नेपाली सिलिण्डर उचाली , डिलर तिर लम्किन्छ ….

क्रेडिट – गुमनाम रचनाकार 

Incoming search terms:

© 2012 नेपाली गफ A part of xNepali.com network