हरिबंश आचार्य र रमिला पाठकलाइ नयाँ दामपत्य जीवनको शुभकामना

करीब डेढ बर्ष पहिले आफ्नी जीवनसंगिनी मिरा आचार्यको अचानक निधन भएपछि एक्लो भएका हरिबंश आचार्यले रमिला पाठकलाइ नयाँ जीबनसंगिनी बनाएका छन् । मिरा आचार्यको शोकमा बिक्षिप्त भएका हरिबंशलाइ उनका सबै सुभेच्छुकहरुले चाडै अर्को बिहे गर्न सुझाब दिएका थिए ।  हास्यकला र समाजसेबामा सक्रिय रहेका हरिबंश, मिराको मृतु पछि एकाएक सार्बजनिक जीवन बाट अलग्गिएका थिए । यस विवाह पछि उनी फेरी पहिले जस्तै सक्रिय हुन्छन होला भनेर सबैले अपेक्षा गरेका छन् ।

haribansha_ramila_marriage_2

हरिबंशका छोराहरु त्रिलोक आचार्य र मोहित आचार्य लागायतको सुझाबमा हरिबंशले आफू भन्दा १० बर्ष कम उमेरकी बिधवा रमिला पाठकसँग बिबाह गर्न राजी भएका हुन । एक छोराकी आमा रमिलाले आफ्नो श्रीमानको १० बर्ष अघि एक दुर्घटनामा निधन भए पछि बिधवा जीबन बिताइरहेकी थिइन ।  (अंग्रेजीमा)

haribansha_ramila_marriage

यस नेपाली वेबसाइटका तर्फबाट हरिबंश र रमिलालाइ सुखद दाम्पत्य जीवनको शुभकामना !

(फोटो क्रेडिट – कसमस विश्वकर्मा र फेसबुक)