आजको दिन, वैशाख कृष्णपक्ष, औँसी (मातातीर्थ औसी) लाइ आमाको मुख हेर्ने दिन भन्ने गरिन्छ । यस दिन आमालाइ आदर सम्मान गरि मिठो मिठो खाने कुरा तथा उपहार दिने पनि गरिन्छ । आमा संग नबसेका छोरा छोरी आज आमालाई भेट्न जाने गर्दछन । भेट्न टाढा भएका छोरा छोरी फोन वा इन्टरनेट बाट आफ्नो आदरभक्ति र मायाँ आदान प्रदान गर्दछन ।
आमा नभएका सन्तान हरु आजको दिन आमाको सम्झनामा पूजाआजा, पिण्ड तर्पण गर्ने पनि चलन छ । आज थानकोट मातातीर्थमा ठूलो मेला लाग्ने गर्दछ । मातातीर्थ मेलामा मानिसहरु जम्मा भई स्नान गरेर भगवान शिव र विष्णु पूजा गर्ने चलन छ । यस स्थानमा आमाको प्रतीक ‘साझा आमा’ नामंकरण गरिएको एक मूर्ति पनि स्थापना गरिएको छ ।
