भात भन्या भातै हो!

बिदेशिहरु भात भन्दा अरु खाना खाने भए पनि, संसारको जुन सुकै कुनामा पुगे पनि नेपालिलाइ भने भात नै खानु पर्ने हुन्छ । यहि भाते आशक्तिलाइ व्यंग गरेर एक कविता अनलाइनमा पपुलर भएको थियो । यसका रचनाकार को हुन भन्ने पत्ता लागेमा रचनाकारको नाम अबश्य पनि समावेश गरिने छ ।

(नोट: नेपालमा बस्नेलाइ यो कविता त्यति टेसिलो नलाग्ने भए पनि बिदेशमा बस्ने प्रा:य नेपालिले भात आशक्तिको यस्तो पिडा भोगेकै हुन्छन।)

अडियो सुन्नुहोस:

 Continue reading

कवितामा लाटा शब्दहरुको पिरामिड, मनु मन्जिल (शारांश र पुर्ण वाचन)

एक साथिको सुझावमा यो निबन्ध प्रस्तुत गरिएको छ । यो लामो लेखलाइ वाचन गरेर यहाँ छोटकरिमा मुख्य मुख्य बुँदा मात्र राखिएको छ । पुर्ण लेख र उच्च स्तरको लेखकिय भाषाको लागि अडियो सुन्नुहुन अनुरोध छ ।

अडियो वाचन:

यो लेखको प्रतिउत्तरमा सरिता तिवारिले “लाटा छैनन् हाम्रा कविता” शिर्षकओ लेखा लेखेकि छन। तर, मलाइ सरिताको लेखनै मन्जिलले “लाटो” उपमा दिएको लेखको ज्वलन्त उदाहरण र तर्क राख्नु भन्दा मपाइत्व र चर्चाको भोक मात्रै भएको जस्तो लागेको हुनाले यहाँ स्थान दिइएन ।

कवितामा लाटा शब्दहरुको पिरामिड (शारांश)

  • धेरैजसो कविको आफ्नो भाषा नहुने हुनाले अधिकांश कविता राम्रा हुँदैनन्।
  • प्राय: अरुको शैलि नक्कल गर्ने ति कविहरुले आफ्नो निजि अभिव्यक्ति-कौशलको विकास गर्न लामो समयको अभ्यासले गर्नु पर्छ।

****

  • कविता राजनीतिजस्तो बनाउनु ठीक हुँदैन।तर, आहुतिको ‘गहुँगोरो अफ्रिका’ वा श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’ जस्ता कविताजस्तो राजनिति लेखियो भने चाँहि राम्रो होला।
  • कविताबाट आश लाग्ने दुइ कुरा: १) कवि आफ्नो भाषामा बोलोस् भन्ने । र २) सबै विषय वा वस्तुलाई कविले फरक ढंगले हेरोस् भन्ने ।
  • कविताको भाषा बैज्ञानिक हिसावले सहि हुनु पर्दैन। कविले ठीक र सुन्दर एकसाथ बोल्ने हुनाले कविको वाक्य हृदयमा सीधै प्रवेश गर्छ।

 Continue reading

इच्छा, बालकृष्ण समको कविता

आज, म नाट्य शिरोमणि बालकृष्ण समको इच्छा  कविता प्रस्तुत गर्दै छु । देश प्रेमको बेजोड नमुना यो कवितामा समले आफ्नो अन्तिम समयसम्म नेपालमा नै रहने इच्छा ब्यक्त गर्नुका साथ साथै अर्को जन्ममा पनि नेपालिहरु नै जन्मने भु-भागमा जन्मने इच्छा ब्यक्त गरेका छन् ।

यस् अघि लेखनाथ पौड्यालको कविता कालमहिमासिद्धिचरण श्रेष्ठको कविता ओखलढुंगा पनि पोष्ट भएका छन् ।

इच्छा – नाट्य शिरोमणि बालकृष्ण सम

इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जलि
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटि
त्यो बेला मुखमा बुटिहरु परुन् नेपालकै केवल
जे-जेमा हिमशैलको छ मधुरो मिठो चिसो चुम्बन ।१।

यो नेपाल स्वतन्त्र भै फुलिरहोस्, राजाप्रजामा सधैँ
झाँगी फैलिरहोस् बढेर लहरा यै शान्ति ऐर्श्वर्यको
यो सन्देश म ब्रहृमनाल तकिया पारि पठाउँ वहाँ
साक्षि शङ्कर छन् श्मसानपछिका आशा रहेका जहाँ ।२।

बज्ला मन्दिरमा “तथास्तु” जब यो घण्टा दिदै उत्तर
हाँस्तै शान्त भइ उहि समयमा नेपाल हेरि मरुँ ।
मेरो लाश पवित्र चन्दन घसोस्, कात्रो मलाई बनोस्
नेपालि सुकुमार हातहरुले खस्रा बुनेका लुगा ।३।

नेपालि वनका कपुर तुलसि श्रिखण्डका साथमा
प्यारो सुन्दर आर्यघाट तटको साझा चितामा जलुँ,
पाउँ बस्न मरेर आखिर गई स्वर्गिय त्यै ठाउँमा
मानेपालिहरु छन् मरिकन सबै जन्मिरहेका जहाँ ।४।

कविता सुन्नुहोस:

 Continue reading

ओखलढुंगा, सिद्धिचरण श्रेष्ठको कविता

आज प्रस्तुत छ युग कवि सिद्धिचरण श्रेष्ठको सबै भन्दा मन पराइएको कविता “ओखलढुंगा”। ओखलढुंगामा जन्मेर काठमाण्डौंमा हुर्केका कविलाइ ओखलढुंगाले पछ्याइ रहेको र त्यहाँको सुन्दरताले बोलाइ रहेको उनले कविता मार्फत बताएका छन् । अरु पोष्टहरुमा जस्तै यसमा पनि दिर्घ हटाएर ह्रस्व मात्र प्रयोग गरिएको छ ।

यो कवितालाइ नारायण गोपालले गाएका थिए:

ओखलढुंगा

तिम्रै सुन्दर हरियालिमा
तिम्रै शितल बक्षस्थलमा
यो कविको शैशवकाल बित्यो
हाँस्यो खेल्यो वन-कुन्ज घुम्यो
मेरो प्यारो ओखलढुंगा!

जब म चढेर भावको डुंगा
सैर गर्छु स्मृतिको प्रिय गंगा
स्वप्न गगनबाट सुशितल जल
सुख-स्मृतिको बर्सिन्छ रिमझिम
मेरो प्यारो ओखलढुंगा!

कुसुमाकरको आँचल पक्रि
मलाइ कति खोज्दि हुन् प्रकृति
मृग सावकहरू उफ्रि-उफ्रि
अरु लतिकाहरू हल्लि-हल्लि
मेरो प्यारो ओखलढुंगा!

ति अविरल परिश्रमि पतकार
द्रुतगामि निर्झर तुल्य चपल
बहँदै वनवनमा चारैतिर
खोज्दा हुन् मेरो पथको पथ
मेरो प्यारो ओखलढुंगा!

तामाकोसि त्यो सुनकोसि
त्यो गिरि फोरि बहने रोसि
मेरो हृदयको तिम्रो चित्र
पारिरहन्छ हरदम पवित्र
मेरो प्यारो ओखलढुंगा!

भाग्य लहरमा लहरि लहरि
पुगें म यस मरूस्थलमा कसरि
तर खेद छैन तिम्रो आकृति
लेखिएको छ यो हृदयभरि !
मेरो प्यारो ओखलढुंगा!

 

 Continue reading

Incoming search terms:

  • मेरो प्यारो ओखलढुंगा

कालमहिमा – लेखनाथ पौड्यालको कविता

यो कबिशिरोमणि लेखनाथ पौड्यालको कालजयि कबिता हो। यस कविता मार्फत लेखनाथले मृत्युलाइ रोक्न नसकिने तथ्यलाइ मिठो ढंगले प्रस्तुत गरेका छन ।

नोट – ह्रस्व दिर्घको प्रयोग छन्द कवितामा बिशेष महत्वको हुने तर्कको प्रयोगको लागि आगामि केहि दिनमा छन्द कविताहरुका दिर्घलाइ मेटाएर र्हस्व बनाइ पोष्ट गरिने छन । यसरि कवितामा गरिएका परिवर्तनले यि कविताका सर्जकहरुको भाषा ज्ञानलाइ अबमुल्यन गरेको अर्थ नलागोस भन्ने अनुरोध छ ।

यो कविताको वाचन (अभिनेता श्रिकृष्ण श्रेष्ठको असामयिक निधनको सन्धर्वमा वाचन गरिएको) :

कालमहिमा

लेखनाथ पौड्याल

भाका, भुल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनि मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँचि सबै दुरुस्त नबुझि बिर्सेर हान्दैन त्यो ।१।

राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,
लाखौँ औषध अस्त्रशस्त्र महिमा देखेर डर्दैन त्यो,
व्याधातुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो ।२।

आँसुका दहमा नुहाउँछ चिसो पानि रुचाउन्न त्यो,
सुख्खा जर्जर अस्थिपञ्जर विना शैया बनाउन्न त्यो,
मैलो भष्मसिवाय अङ्गभरमा केहि लगाउन्न त्यो,
हाहाकार सरि मिठो अरु कुनै संङ्गित गाउन्न त्यो ।३।

जोजो मिल्छ सुलुक्क निल्छ मुखमा हालि चपाउन्न त्यो
थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो,
जत्ति मिल्छ उति उकेल्दछ पनि केहि पचाउन्न त्यो,
यै चालासित कल्पकल्प कहिल्यै खाइ अघाउन्न त्यो ।४।

lekhnath poudel

Incoming search terms:

  • लेखनाथ पौड्यालका कविताहरु

रोटि – उज्वला महर्जनको कविता

युट्युबमा अपलोड भएको “कालि” शिर्षकको कविताको कारणले चर्चित भएकि कवियत्रि उज्वला महर्जनको अर्को “रोटि” शिर्षक को कविता प्रश्तुत छ| यो कवितामा हाम्रो समाजमा भएका राम्रो कुराको प्रशंशा नगर्ने तर नराम्रो कुराको गुनासो गरि रहने मानिसहरुलाइ लक्षित गरेर व्यंग्य गरिएको छ |

यो कविता उज्वलाको आफ्नै आवाजमा रेकर्ड गरिएको छ र यसलाइ निम्न भिडियो मा सुन्न सकिन्छ :

रोटि

मेरो रोटि फुलेन
मेरो रोटि फुलेन
फुल्यो त रोटि गोलो बनेन
बन्यो त रोटि नरम भएन
भयो त रोटि साइड साइडमा अलि पाकेन
हर दिन मेरो रोटि तपाइलाइ रोटि लागेन
धेरै दिनको प्रयास पछि
जव रोटि फुर्र तकिया झैं फुल्यो
पुर्णिमाको जुन बन्यो
दुइ औंलाले टुक्रिने कमलो मन बन्यो

मिडियम रेयर लाइ बिर्सेर वेल डन बन्यो
तब भने तपाइले केहि बोल्नुभएन
कि अब मेरो रोटि अब रोटि भएन
कि अब तरकारि तिर लाग्ने हो ?

ujjwala-maharjan-performing-her

उज्वलाको “कालि” यहाँ सुन्नुहोस :

नेपाली ब्लगहरुको ब्लगरोल, कवितात्मक भाषामा

यो कविता ब्लगर रबिन्द्र रिजालले नेपालि ब्लग र ब्लगरहरुको नामलाई बिम्बको रुपमा प्रयोग गरि तयार गर्नु भएको हो । क्लिक गर्न मिल्ने सबै शब्द वा वाक्यांशले सोहि ब्लग छिर्ने द्वारको काम गर्छन ।
blogs

त्यो दिन म घामपानीका कुरा खोतल्दै थिएँ,
अतृप्त मनशाले,
बादलमा झटारो हानेर सौर रसाएझैँ,
सुशेलीले हिमाल खोपेर मुहान फुटाई,
उर्लेको खहरे जस्तै,
म र मेरा भावना हरू छताछुल्ल भएका थिए।
त्यतै कतै प्रकृतिको आँगन माझ
मन पोखिएको कुनो निर
आफ्ना विचार र अभिव्यक्तिको साझा चौतारीलाई,
एउटा वृत्त – सम्वृद्द
आकार दिन खोज्दै थिएँ ।
कलियुगका कुरालाई,
कनिकुथीको साहित्यले झड्कार्दै,
शब्दका तरंगहरू फिजाउन खोज्दै थिएँ,
मेरो प्यारो संसारमा,
आँखा अगाडि डाँडापारीका दौँतरीहरू परेड खेल्दै थिए,
एक चोटी पढ्नै पर्ने, लेख्नै पर्ने
कुनै कथालु खसखसले उक्साईरहेको थियो, फेरी सोचेँ
साहित्य जीवनको निम्ति हो,
रहस्यमय विज्ञान देखि अद्भुत समाज सम्म हो,
तै पनि छैमलेको बबुरो
पाँचथरे साईँलो का अभिव्यक्ति सँग बहकिँदा,
जोतारे शब्दहरू शब्द रहेका थिएनन्,
कुनै घायलका तरही मुसायरा जस्तै,
मेरा यात्राका सुस्केराहरू,
डायरीको पाना बाट जुर्मुराउँदै उठेर,
प्रतिबिम्बित हुँदै,
पानीफोटोमा टिल्पिलाउँदै थिए, मानौँ –
कृष्णपक्षको चाँदनीले समुन्द्रमा छलाङ् मारेको छ।
यस्तो समय र परिवेशमा,
म जस्तो भाते चोरलाई
साईबर चौतरीका गफगाफ,
प्रदिप, अर्चना, सुशिल, अञ्जली,
प्रवेस वा कुनै नेपाली केटीका अजब गजबका कुरा,
नेपाली ब्लगरxnepali का गन्थन पढ्दैमा,
दुर्जेय चेतना प्राप्त भो भनेर,
भो न-कुरा गरम्,
किनकी म बुझ्छु,
घर आँगन छोडेर,
बाईरोडको बाटोमा निस्केपछि
आँफु सडकका अभिलेखको पात्र भईन्छ,
आफ्नै भनेका कति कुरा आफ्नै हुँदैनन्,
र यो?
यो त फगत् युटोपिया को खोजिमा हिँडेको यात्राको,
एउटा अन्त्यहिन सुरुवात हो।

साभार : रविन्द्र रिजाल (http://www.rabindrarijal.com/2011/06/d-nepali-blogs-poem.html)
यो लिंक अहिले खुल्दैन । (२०७२ फाल्गुण अपडेट)

हरिवंशले मिरा आचार्यलाइ सम्झँदा

meera_acharya_haribamsha_acharya_wifeअरूहरुलाई सधैं हँसाउने हरिवंश आचार्यले गत वर्ष आफ्नी पत्नी गुमाए पछिको शोक र दुखलाइ लुकाउने ठूलो प्रयास गरिरहे पनि बेला बेलामा उनको आंखामा आंशु रसाएको देखिन्छ ।

आज स्व. मिरा आचार्यको वार्षिक तिथीमा हरिवंशले कान्तिपुर दैनिकमा निम्न कबिता प्रकाशित गरेका छन् । यो कविता पढ्दा जो कोहीको पनि मुटु छुन्छ ।

मिरा आचार्यको आत्माको चीर शान्तिको कामना र हरिवंश आचार्यलाई पत्नी वियोगलाई विर्सीएर अघि बढ्ने शक्ति मिलोस् भन्ने एक्सनेपाली टिमको कामनाका साथ उनको कबिता प्रस्तुत छ:

तिमीलाई सम्झँदा

तिमी बिरामी पर्थयौ, म कुरूवा बस्थे।
कति आनन्द लाग्थ्यो, म सँगै हुन्थे।।
हेरेर घडी, खुवाउँथे ओखती।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।।

चक्कु चल्थ्यो तिमीमा, मलाई दुख्थ्यो कति।
म दुखेको देखेर, निल्थ्यौ पीडा जति।।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।
बिरामीले कुरूवालाई, माया गर्थयौ कति।।

घाउ तिम्रो दुख्थयो, मेरो पोल्थयो छाती।
तिमी कोल्टे फर्केर, पोख्थ्यौ आँसु जति।।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।
मेरो हात समाइ, चुम्थ्यौ कति कति।।

तिमी बिरामी पथ्यौ, म कुरूवा हुन्थेँ।
तिमी निदाएपछि, म कति रून्थे।।
मीठो मानी निल्थ्यौ, त्यो तीतो ओखती।
त्यो दिन सम्झँदा, प्यारो लाग्छ अति।।

पागल

फेसबुक पागल

जरुर साथी म पागल !
कैले ३ बुक, कैले फेसबुक
उस्तै थियो दशैँ, यस्तै तिहार
यस्तै छ मेरो हाल ।

म भित्ताहरुमा शुभकामना लेख्छु !
दृश्यहरुलाई ट्याग गर्दछु !
ग्रुपहरुमा संबाद गर्छु ।
कहिले काहिँ च्याट गर्छु
संसारभरिका साथीसँग बोल्छु ।
अनि

अनि बन्द गर्छु र टोलाउछु
फेरी फर्कन्छु एक्लै
बाचाल यो जिन्दगीमा,
खोल्छु फेसबुक र टहलिंन्छु
यस्तै छ साथी मेरो हाल
जरुर साथी म पागल 😛

नोट : लक्ष्मीपूजा र महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०३ औं जन्म जयन्तीको दिन साथी प्रमोद न्येउपाने ले आफ्नो फेसबुकको वालमा पोस्ट गरेको यो कबिता देबकोटाको चर्चित कविता "पागल"को आधुनिकीकरण भने पनि फरक नपर्ला । प्रमोदका चोटिला लेख रचना भो-नकुरोगरम मा पढ्न सकिन्छ । लक्ष्मी प्रसाद देवकोटाको ओरिजिनल पागल कविता पढ्न नपाएकाको लागि भनेर तल पोस्ट गरिएको छ:

laxmi_Prasad_devkota

 Continue reading