६० घण्टे अविरल टिभी कार्यक्रम

बिहीवार बिहान साढे १० बजेवाट न्युज २४ टिभीमा ६० घण्टे अन्तरवार्ता कार्यक्रम अबिरल चलिरहेको छ । भगवान बुद्ध नेपालमा जन्मेका  हुन् भन्ने शन्देश बिश्वमा फैलाउने उद्देश्यले शुरु गरिएको यस कार्यक्रमले बिश्व रेकर्ड कायम गर्ने सम्भाबन रहेको छ । पत्रकार रबि लामिछानेले यस कार्यक्रममा बिभिन्न अतिथीसंग लगातार अन्तरवार्ता लिइरहेका छन् ।

longest marathon television talk show - rabi lamichane

हाम्रो शुभकामाना – रबि लामिछानेलाई थकाइ नलागोस्, निन्द्रा नलागोस् र यो निरन्तर ६० घण्टा लामो कार्यक्रम सफलता पूर्बक संचालन होस् भनेर ।

रेकर्डनै नराखे पनि साह्रै होची, इश्वरीमाया छिनाल

विश्वकै दोश्रो होची महिला भएको दाबी गरिए पनि दाङ निवासी २० वर्षीया इश्वरीमाया छिनाल दोश्रो होची भनेर पुष्टि गर्ने कुनै माध्यम छैन । बिश्व किर्तिमानको लेखा जोखा गर्ने गिनिज बुकले पनि दोश्रो हुनेको बारेमा कुनै तथ्यांक जम्मा नगर्ने हुनाले साढे ८ किलो तौल भएकी ३० इन्च अग्ली  इश्वरिमाया जुन सुकै दर्जाकी होची भए पनि "सार्है होची युबती" चाहिँ अबस्य हुन ।  तुलाना नै गर्नु पर्दा विश्वकी होची भएर गिनिज बुकमा नाम लेखाउने महिला २४.७ इन्च अग्ली भारतीकी ज्योति अम्गे भन्दा त इश्वरीमाया ५.३ इन्च अग्ली नै छन् ।

घोराहीमा भएको एक तिनदिने अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा  इश्वरीमायालाइ प्रदर्शन गरिएको थियो र त्यहाँ उनलाई हेर्न ठूलै भिड पनि लागेको थियो ।  चार भाइबहिनीमा जेठी इश्वरीमाया उनीहरु सबै भन्दा होची पनि छिन । २० बर्ष अघाडी रुकुममा जन्मेकी इश्वरीमाया बि.सं. २०५५ देखि दाङमा बस्न थालेकी हुन ।

स्मरण रहोस, एक महिना अघाडी सल्यान चन्द्रबहादुर डाँगीलाइ गिनिज बुक अफ वर्ल्ड रेकर्डसले संसारकै सबै भन्दा होचा व्यक्ति भएको पुष्टि गरेको थियो ।

Ishwori_maya_chinal_shortest_woman