राष्ट्रिय गान रिमिक्स – यो नेपाली जर्किन उचाली

यो नेपाली राष्ट्रिय गानको रिमिक्स सोसल मिडियाहरुमा खुबै शेयर गरिएको थियो | मैले यसलाई अलिकति परिवर्तन गरेर यहाँ पोस्ट गरेको छु :

line_kerosene

यो नेपाली जर्किन उचाली, तेलको लाइनमा लम्किन्छ

जुनकिरी झैँ टुकी बाली, लोडशेडीङमा चम्किन्छ

यो नेपाली जर्किन उचाली, तेलको लाइनमा लम्किन्छ

चाहे बढोस् जती मुल्य यो नेपाली डर्दैन – २

जम्मा भै सडकमा कराउन छोड्दैन – २

lamp_bulbजुनकिरी झैँ टुकी बाली, लोडशेडीङमा चम्किन्छ

यो नेपाली जर्किन उचाली, तेलको लाइनमा लम्किन्छ

पालै पालो पार्टीहरुको जनतामाथी शासन छ – २

अर्को तिर नेताहर्को अर्थबिहिन भाषण छ – २

जुनकिरी झैँ टुकी बाली, लोडशेडीङमा चम्किन्छ

यो नेपाली जर्किन उचाली, तेलको लाइनमा लम्किन्छ

 

यो नेपाली सिलिण्डर उचाली , डिलर तिर लम्किन्छ ….

क्रेडिट – गुमनाम रचनाकार