अश्लिलता फैलाएको आरोपमा शुभेच्छा थापा कलाकार संघबाट निष्काशित

नेपाल चलचित्र कलाकार संघले अभिनेत्रि शुभेच्छा थापालाइ अश्लिलता फैलाएको र धार्मिक सद्भावमा आँच पुर्‍याएको आरोपमा संघको सदस्यताबाट छ महिनाको लागि निस्काशित गरेको छ । यहि माघ २ गते शनिबार बसेको कलाकार संघको कार्यसमिति बैठकले तेस्तो निर्णय गरेको कुरा चलचित्र कलाकार संघकि महासचिव सरिता लामिछानेले पुष्टि गरेकि छिन ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=AJFjq5d0cFU

गतसाता, अभिनेत्रि थापाले बौद्ध धर्मावलम्बिहरुको धार्मिक काममा प्रयोग गर्ने खादाले आफ्नो नग्न शरिर छोपेर फोटोसुट गरेकि थिइन् । चलचित्र, “बिन्दास ३” को प्रचारको लागि खिचिएका ति फोटोमा शुभेच्छाले निलो खादालाइ मिनि स्कर्ट जस्तो बनाएर लगाएकि थिइन भने सेतो खादाले स्तन छोपेकि थिइन । उनको ति फोटोको ब्यापक बिरोध भए पछि सुभेक्षाले माफि पनि मागेकि थिइन । भने कलाकार संघले थापालाइ बोलाएर स्पष्टिकरण पनि लिएको थियो ।

 Continue reading

चर्चित हुँन स्क्यान्डल रुचाउने र स्क्याण्डलले पछ्याउने टप ५ नेपालि अभिनेत्रिहरु

सिने क्षेत्रमा राम्रो काम गरेर चर्चित हुनु भन्दा पनि नराम्रो काम गरेर चर्चामा आउन सजिलो मानिन्छ । फिल्मको प्रचारको लागि होस वा आफ्नै लोकप्रियताको लागि बिभिन्न स्टन्ट वा प्रचारबाजि गरेर चर्चित हुने चलन बढेको छ फिल्मि दुनियामा । कतिपय कलाकारले चर्चा चाहेर गर्छन भने कतिपय बिभिन्न स्क्यान्डलका कारण आफै चर्चित पनि हुन्छन । हुन पनि फिल्मि ब्रितमा “बरु बदनाम हुनु तर गुमनाम नहुनु” भन्ने मन्त्र जपेर सस्तो प्रचारबाजि गरेर क्षणिक चर्चा पाउनेमा बिभिन्न अभिनेता र अभिनेत्रिहरु छन् । आज म चर्चा गर्दै छु सबै भन्दा बढि चर्चामा आएका ५ अभिनेत्रिहरुको ।

भिडियो रिपोर्ट

१. रेखा थापा

रेखा थापालाइ ‘स्क्यान्डल क्विन’ नै भन्ने गरिन्छ । शुरुमा चर्चित हुँनकै लागि छोटा लुगा लगाउने रेखालाइ जिस्क्याएर देखा थापा पनि भनिन्थ्यो । उमेरले परिपक्व भए पछि भने आजकाल उनले छोटा लुगामा भन्दा पनि अन्य कुराबाट चर्चित हुने बहाना गरिरहन्छिन । उनका चर्चित स्क्यान्डलहरुमा छविराज ओझासंगको विवाह र सम्बन्ध बिक्षेद, सुदर्शन गौतमसंगको अफेयर, प्रचण्डसंगको नाच, संबिधानसभामा उमेदवारि र भोटरलिस्टमा नाम नभएकोले छोडनु परेको, फिल्म शुटिंग हुँदा हुँदै निर्देशकलाइ निकालेर आँफै निर्देशन सम्हालेको, पत्रकारलाइ कुटेको, राउटेका बच्चालाइ पालेको, कार्यक्रमहरुमा जान्छु भनेर अन्तिम समयमा नगएको, प्राय सबै जस्तो अभिनेताहरुसंग झगडा आदि अनगिन्ति प्रसंगहरुले रेखालाइ चर्चित बनाइ रहे ।

rekha thapa

२ नम्रता श्रेष्ठ

नेपालि अभिनेत्रि नम्रता श्रेष्ठ पनि फरक–फरक पुरुषसँगको अफेयरका कारण बेला बेलामा चर्चामा आइरहन्छिन् । उनको दोश्रो फिल्म “मेरो एउटा साथी छ” रिलिज ताका डिजे तान्त्रिक संगको सेक्स भिडियोले चर्चित बनाएको नम्रताको रेमनदास श्रेष्ठ र प्रेम घले संगको रोमान्सको चर्चा पनि लामो समय चलेको थियो । अहिले उनि पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँगको अफेयरका कारण चर्चित छिन । आजकाल नम्रता र दावा प्राय: सबैजसो सार्वजनिक कार्यक्रममा सँगै देखिन्छन् । राम्रो अभिनय क्षमता भएकि नम्रताको पहिलो निर्माण ‘सोल सिस्टर’ भने फ्लप भएको थियो ।

 Continue reading

Incoming search terms:

  • rekhathapa
  • susma karki

रेखा थापा विरुद्ध ठगीको उजुरी, रेखा भन्छिन बदनाम गर्ने षडयन्त्र

अग्रिम पैसा लिएर कार्यक्रममा नआएको आरोप

कार्यक्रममा उपस्थित हुन राजि भएर अग्रिम पैसा समेत लिए पनि कार्यक्रममा भने नआएको भन्दै अभिनेत्री रेखा थापा विरुद्ध ठगीको उजुरी परेको छ । खोटांगको सगरमाथा जनसेवा समाज अर्खौले आयोजना गरेको एक सांस्कृतिक कार्यक्रममा रेखा थापा आउने निश्चित गरेर सोहि अनुरुप तयारि भए पनि उनि सो कार्यक्रममा उपस्थित नै नभएको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी गरेको हो ।

भिडियो रिपोर्ट:

गत कात्तिक २१ गते खोटाङ सदरमुकाम दिक्तेलमा “नमस्ते खोटाङ” सांगीतिक कार्यक्रममा सम्पन्न भएको थियो । सो कार्यक्रममा अभिनेत्रि थापा पनि अतिथि हुने कार्यक्रम थियो र सो बापत आयोजकले एक लाख रुपैयाँ अग्रिम दिएका हुन । तर, रेखाले पैसा बुझेपनि कार्यक्रममा भने नआएको र बारम्बार सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआए पछि उनि बिरुद्ध उजुरी गर्नु परेको आयोजक संस्थाले जनाएको छ । कार्यक्रमको अगाबै रेखाले एक बिग्यापन भिडियो मार्फत पनि  आफु सो कार्यक्रममा उपस्थित हुने बताउँदै सबैलाइ आउन निम्तो पनि दिएकि थिइन ।

rekha thapa in rampyari

आयोजक संस्थाले उपलब्ध गराएको एक निक्षेप जम्मा रसिद अनुसार सिदार्थ बैंकको कमलादि काठमाडौं शाखामा कात्तिक २० गते अभिनेत्री थापाको खातामा रकम जम्मा गरिएको थियो । उनले कार्यक्रम सुरु हुने समय सम्ममा आउँछु भने पनि अन्तिम समय मा भने रेखा सम्पर्क बिहिन भएको आरोप लगाइएको छ । कार्यक्रममा नआएकि रेखाले अहिलेसम्म पनि रकम फिर्ता नगरेपछि उजुरि गर्नु परेको समाजका अध्यक्ष प्रकाश पुरीले बताउनुभयो ।

 Continue reading

प्रकाश पछि बीनालाइ पनि कारबाही

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का अध्यक्ष हिमाल शर्माले एक बिज्ञप्ति निकाली प्रचण्ड पुत्र प्रकाश दाहाल संगै बेपत्ता भएकी बिना मगरलाई अखिल क्रान्तिकारीबाट निलम्बन गरेका छन् । बिज्ञप्तिका अनुसार बीना मगर ०६९ असार २० गते देखि संगठनको सम्पर्कमा आएकी छैनन । बिज्ञप्तिमा बीना असार २१ गते देखी घरमा नआएकी, २३ गते देखी टेलिफोन सम्पर्कमा समेत नरहेकी, प्रकाश दहाल -बिना मगरको प्रेम चक्करको बारेमा बिभिन्न समाचार आउदा पनि कुनै प्रतिक्रिया नदिएकी, र प्रकाशलाइ पार्टीले कारबाही समेत गरेको हुनाले गंम्भीर "सांस्कृतीक विचलनको प्रश्न तथा आशंका पैदा भएको" बताएका छन् ।

अखिल क्रान्तिकारीले संगठनको तर्फवाट आन्तरीक छानविन गर्ने निर्णय गरेको पनि विज्ञाप्तिमा बताइएको छ।

तत्कालको लागि विना मगरलाई संगठनको केन्द्रीय सचिवालय सदस्य र क्रान्तिकारी स्ववियु काउन्सील, नेपालको संयोजकबाट समेत निलम्वन गरिएको छ ।

bina_magar_annisu(revolutionary) flag_on_everest

बीनाले प्रकाशलाइ भगाएकी हुन कि ?

माओवादी पार्टीले प्रकाशले गल्ती गरेको भनेर कारबाही गर्यो तर पार्टी सदस्य बीनाले गल्ती गरेको अहिले सम्म मानेको छैन । भात्रृ संगठन अखिल क्रान्तिकारीले पार्टीकै कारबाहीलाइ आधार बनाएर बीनालाइ कारबाही गरेको छ । जति पनि समाचार र सोसल मिडियामा गफ हुन्छन सबैले प्रकाशले नै भगाएको मान्दछन । पुरुष प्रधान समाजमा पुरुषले नै भगाएको भनेर अनुमान लगाउन सजिलो छ । बिनालाइ पनि कम आक्न सकिन्न।  विद्यार्थी नेत्री भएर प्रभाब छाड्न सक्ने र सागरमाथ आरोहण गर्ने सहासी युवतीले कुनै युवकलाई भगाउनु कुनै ठूलो कुरा त नहोला ।

प्रकाश आफ्नो बाबु प्रचन्डको प्रभाब र इच्क्षा  हुदा हुदै पनि आफ्नो छुट्टै पहिचान बनाउन नसकेको कुरा कसैबाट लुकेको छैन भने बीना भने आफ्नै लागन र मेहनेतले त्यो तहको नेत्री हुन सकेकी युबती हुन। तेसैले, बिनाले पो प्रकाशलाई भागाएकी हुन कि ?

bina_magar_scandal

चोरीका लेख लेख्ने ‘नागरिक’

निमिष दूबेले ‘इकोनांमिक टाइम्स’ को लागि मे १७ मा लेखेको (नेपालीले जस्तै अन्य सोर्स बाट नचोरेको भए) एक लेख हुबहु उल्था गरेर नेपालको राष्ट्रिय दैनिक ‘नागरिक’ मा छापिएको फेला परेको छ ।  हिन्दी पत्रिकामा छापिएको एक महिना पछि नेपाली पत्रिकामा लेखको नाम र स्रोत समेत उल्लेख नगरी छापिएको देखे पछि ब्लगर दिलीप आचार्यले यो जानकारी फेसबुकमा दिएका थिए।  त्यस पछि के भयो तलको दिलीपजीको कमेन्टले प्रष्ट पार्छ।

dilip_acharya

यस्तै गरेर कपी पेस्ट गरेको आरोपमा कान्तिपुर बाट एक पत्रकार निष्कासित हुनु परेको धेरै समय नहुदै नाम उल्लेक नगरी अरुको लेख सार्ने काम गर्ने नागरिककर्मी माथि कारबाही होला त?

"काठमाडौं, जेठ ३२- " भनेर शुरु गरिएको समाचार जस्तो देखिने लेख हिन्दीबाट हुबहु सारिएको होला भन्ने अनुसन्धान गर्ने दिलीपजीमा साधुबाद !

nagarik_copy_economics_article_from_kathmandu

यस प्रकारको चोरीलाइ ‘प्राबिधिक त्रुटी’ भनिन्छ

हालै कान्तिपुर दैनिकमा लामो समय देखि न्युयोर्क टाइम्स लगाएतका लेखहरु नेपालीमा उल्था गरेर आफैले लेखेको भनेर छापिदै आएको कुरा सार्बजनिक भएको थियो । नाम चलेका युवा पत्रकार आशिस लुइँटेलले आफ्नो सो गल्ति स्वीकार गरी ट्वीटरमा माफी पनि मागेका थिए  ।

Really SORRY for d mistake I did! It was unintentionally/with positive aspect though!Realized that I was wrong!My readers are awesome <3 <3  (ट्विटर)

I do appreciate d thoughts of valuable readers!Apologized!It’ll be clearly addressed in the upcoming issue of @helloshukrabar too!Thank you (ट्वीटर)

ट्विटर प्रयोगकर्ताहरुको चासोको जवाफ दिदै कान्तिपुरका सम्पादक सुधिर शर्माले पनि सो कुराको स्पटीकरण दिइने बताएका थिए

Hello Sukrabar को उक्त सामगृीबारे त्यही सप्लिमेन्टको आउंदो अॅकमा स्पष्ट पारिनेछ। धन्यवाद । (ट्विटर)

त्यसको तीनदिन पछि शुक्रबारको अंकमा सो बिषय "प्राबिधिक कारणले" भएको त्रुटी भन्ने  स्पटीकरण छापियो :

kantipur_response

यस्तो सम्पादकको प्रतिउत्तर गैरजिम्मेबार पूर्ण र निराशाजनक भएको गुनासो चल्दै गर्दा सुधिर शर्माले अर्को ट्वीटमा पत्रकार आशिस लुइँटेललाइ उनको जिम्मेबारीबाट मुक्त गरेर अनुसन्धान शुरु गरेको बताए (ट्विटर लिंक) । तर, यो बारेमा कान्तिपुर पब्लिकेसनको औपचारिक धारणा अहिले सम्म सार्बजनिक भएको  छैन ।

के भएको थियो?

 Continue reading