Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का अध्यक्ष हिमाल शर्माले एक बिज्ञप्ति निकाली प्रचण्ड पुत्र प्रकाश दाहाल संगै बेपत्ता भएकी बिना मगरलाई अखिल क्रान्तिकारीबाट निलम्बन गरेका छन् । बिज्ञप्तिका अनुसार बीना मगर ०६९ असार २० गते देखि संगठनको सम्पर्कमा आएकी छैनन । बिज्ञप्तिमा बीना असार २१ गते देखी घरमा नआएकी, २३ गते देखी टेलिफोन सम्पर्कमा समेत नरहेकी, प्रकाश दहाल -बिना मगरको प्रेम चक्करको बारेमा बिभिन्न समाचार आउदा पनि कुनै प्रतिक्रिया नदिएकी, र प्रकाशलाइ पार्टीले कारबाही समेत गरेको हुनाले गंम्भीर "सांस्कृतीक विचलनको प्रश्न तथा आशंका पैदा भएको" बताएका छन् ।

अखिल क्रान्तिकारीले संगठनको तर्फवाट आन्तरीक छानविन गर्ने निर्णय गरेको पनि विज्ञाप्तिमा बताइएको छ।

तत्कालको लागि विना मगरलाई संगठनको केन्द्रीय सचिवालय सदस्य र क्रान्तिकारी स्ववियु काउन्सील, नेपालको संयोजकबाट समेत निलम्वन गरिएको छ ।

bina_magar_annisu(revolutionary) flag_on_everest

बीनाले प्रकाशलाइ भगाएकी हुन कि ?

माओवादी पार्टीले प्रकाशले गल्ती गरेको भनेर कारबाही गर्यो तर पार्टी सदस्य बीनाले गल्ती गरेको अहिले सम्म मानेको छैन । भात्रृ संगठन अखिल क्रान्तिकारीले पार्टीकै कारबाहीलाइ आधार बनाएर बीनालाइ कारबाही गरेको छ । जति पनि समाचार र सोसल मिडियामा गफ हुन्छन सबैले प्रकाशले नै भगाएको मान्दछन । पुरुष प्रधान समाजमा पुरुषले नै भगाएको भनेर अनुमान लगाउन सजिलो छ । बिनालाइ पनि कम आक्न सकिन्न।  विद्यार्थी नेत्री भएर प्रभाब छाड्न सक्ने र सागरमाथ आरोहण गर्ने सहासी युवतीले कुनै युवकलाई भगाउनु कुनै ठूलो कुरा त नहोला ।

प्रकाश आफ्नो बाबु प्रचन्डको प्रभाब र इच्क्षा  हुदा हुदै पनि आफ्नो छुट्टै पहिचान बनाउन नसकेको कुरा कसैबाट लुकेको छैन भने बीना भने आफ्नै लागन र मेहनेतले त्यो तहको नेत्री हुन सकेकी युबती हुन। तेसैले, बिनाले पो प्रकाशलाई भागाएकी हुन कि ?

bina_magar_scandal

 

निमिष दूबेले ‘इकोनांमिक टाइम्स’ को लागि मे १७ मा लेखेको (नेपालीले जस्तै अन्य सोर्स बाट नचोरेको भए) एक लेख हुबहु उल्था गरेर नेपालको राष्ट्रिय दैनिक ‘नागरिक’ मा छापिएको फेला परेको छ ।  हिन्दी पत्रिकामा छापिएको एक महिना पछि नेपाली पत्रिकामा लेखको नाम र स्रोत समेत उल्लेख नगरी छापिएको देखे पछि ब्लगर दिलीप आचार्यले यो जानकारी फेसबुकमा दिएका थिए।  त्यस पछि के भयो तलको दिलीपजीको कमेन्टले प्रष्ट पार्छ।

dilip_acharya

यस्तै गरेर कपी पेस्ट गरेको आरोपमा कान्तिपुर बाट एक पत्रकार निष्कासित हुनु परेको धेरै समय नहुदै नाम उल्लेक नगरी अरुको लेख सार्ने काम गर्ने नागरिककर्मी माथि कारबाही होला त?

"काठमाडौं, जेठ ३२- " भनेर शुरु गरिएको समाचार जस्तो देखिने लेख हिन्दीबाट हुबहु सारिएको होला भन्ने अनुसन्धान गर्ने दिलीपजीमा साधुबाद !

nagarik_copy_economics_article_from_kathmandu

 

हालै कान्तिपुर दैनिकमा लामो समय देखि न्युयोर्क टाइम्स लगाएतका लेखहरु नेपालीमा उल्था गरेर आफैले लेखेको भनेर छापिदै आएको कुरा सार्बजनिक भएको थियो । नाम चलेका युवा पत्रकार आशिस लुइँटेलले आफ्नो सो गल्ति स्वीकार गरी ट्वीटरमा माफी पनि मागेका थिए  ।

Really SORRY for d mistake I did! It was unintentionally/with positive aspect though!Realized that I was wrong!My readers are awesome <3 <3  (ट्विटर)

I do appreciate d thoughts of valuable readers!Apologized!It’ll be clearly addressed in the upcoming issue of @helloshukrabar too!Thank you (ट्वीटर)

ट्विटर प्रयोगकर्ताहरुको चासोको जवाफ दिदै कान्तिपुरका सम्पादक सुधिर शर्माले पनि सो कुराको स्पटीकरण दिइने बताएका थिए

Hello Sukrabar को उक्त सामगृीबारे त्यही सप्लिमेन्टको आउंदो अॅकमा स्पष्ट पारिनेछ। धन्यवाद । (ट्विटर)

त्यसको तीनदिन पछि शुक्रबारको अंकमा सो बिषय "प्राबिधिक कारणले" भएको त्रुटी भन्ने  स्पटीकरण छापियो :

kantipur_response

यस्तो सम्पादकको प्रतिउत्तर गैरजिम्मेबार पूर्ण र निराशाजनक भएको गुनासो चल्दै गर्दा सुधिर शर्माले अर्को ट्वीटमा पत्रकार आशिस लुइँटेललाइ उनको जिम्मेबारीबाट मुक्त गरेर अनुसन्धान शुरु गरेको बताए (ट्विटर लिंक) । तर, यो बारेमा कान्तिपुर पब्लिकेसनको औपचारिक धारणा अहिले सम्म सार्बजनिक भएको  छैन ।

के भएको थियो?

Continue reading »

© 2012 नेपाली गफ A part of xNepali.com network