‘एटिएम’मा सेन्सर बोर्ड को उपादेयताको अन्त्य ?

atm_kiss_sceneसेन्सर बोर्डको काम अब लगन पछिको पोते जस्तो हुन थालेको हो त ?

"एटिएम" फिल्मको प्रोमो रिलिज भए पछि नेपाली फिल्म क्षेत्रमा आएको भुइचालोले  सेन्सर बोर्ड को उपादेयता माथि नै प्रश्न चिन्ह लागेको छ । उक्त फिल्मका दृष्य परिवारमा बसेर हेर्न लाएक नभएको (लिंक- अंग्रेजी लेख) हामीले बताउदै आए पनि यस्ता खालका फिल्म बन्न शुरु भइ सके पछि यस्ता फिल्मको निर्माण नै रोक्ने प्रयास गर्नु भन्दा नियन्त्रित रुपमा निर्माण हुन दिने बाताबरण बनाउनू आबश्यक हुन्छ ।

प्रशन्न पौडेल, बद्री अधिकारी, सुरेश दर्पण पोखरेल, रामराजा दाहाल, सुमन दाहाल र जनक खकुरेल सम्मिलित निर्देशकहरुको समुहले यस बिषयमा ध्यानकर्षण गरे पछि चलचित्र बिकास बोर्डले सेन्सर बोर्डलाई पत्र काटेका बताएको छ । तर युट्युब लागाएत इन्टरनेटका कुनै पनि माध्यम सेन्सर बोर्डको कार्य क्षेत्र भित्र नपर्ने हुनाले फिल्मको प्रोमोको बारेमा सेन्सर बोर्डले केही गर्न सक्ने ठाउँ नै छैन ।

हुन त यो एक/दुइ मिनेट लामो प्रोमो मात्रै हो तर, यस अघि रिलिज भएको एउटा फिल्म ‘द लास्ट किस’ को रिभ्युमा हाम्रा समिक्षक रौनकका अनुसार त्यो फिल्ममा भएका सबै उत्तेजक दृष्य फिल्मको प्रोमोमा नै अटाएका थिए (अंग्रेजी लेखको लिंक) । यस हिसाबले "एटिएम" फिल्म भित्र पनि प्रोमो मा भएको भन्दा बढी उत्तेजक दृष्य केहि नहुने सम्भाबन प्रबल छ । सेन्सर बोर्डले फिल्म रिलिज पूर्ब तेस्ता सिन काटे पनि सबैले हेरिसकेको हुने हुनाले सेन्सर बोर्डको काम लगन पछिको पोते हुने निश्चित छ।

"एटिएम" फिल्मको प्रोमोमा देखाईएको दृश्य र सम्बाद प्रति चलचित्र बिकास बोर्डले "गम्भिर आपत्ती" जनाएर तेस्ता खालका फिल्म बनाउन छुट नभएको तर्क गरे पनि यसरी फिल्म बन्ने र इन्टरनेटमा प्रोमो रिलिज गर्ने प्रक्रियालाइ परिवर्तन गर्ने सामर्थ्य कसैसंग नभएको कुरा वोर्ड लगाएत सबैले बेलैमा बुझे राम्रो हुने थियो  ।

चलचित्र बिकास बोर्ड, चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ, आदि जिम्मेबार संस्थाहरुले पनि यस्ता फिल्म हरुले "समाजमा अराजकता" फैलाएको गलत बुझाइ समय साक्षप नरहेको हाम्रो ठम्याई छ । छाडा डाइलग र यस्ता खालका दृष्य नेपाली समाजमा अपाच्य भए पनि आँखा चिम्लादैमा कसैले देख्दैन भन्ने सोचाई राख्नु पनि बुद्दिमानी हुदैन ।

(trailer video not available)

‘द लास्ट किस’का अश्लिल दृश्य काटियो तर, अझै पनि ‘ए’ सर्टिफिकेट

बिभिन्न यौनजन्य संवाद र दृश्य भएका कारण बिबादमा आएको चलचित्र ‘द लास्ट किस’ले अन्तत प्रदर्शनका लागी अनुमति प्राप्त गरेको छ । एक पटक सेन्सर पास गर्न इन्कार गरेको फिल्म लाइ बिभिन्न सम्बाद र दृश्य काट्न सहमत भए पछि १६ वर्ष माथिकाले मात्र हेर्न मिल्ने ‘ए’ सर्टिफिकेट प्रदान गरेको छ ।

the-last-kiss_censor_certificate

जेनिम फिल्मस ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई जेष्ठ १२ गते रिलिज गर्ने तयारी गरिएको छ । फिल्मको प्रचारको लागि रिलिज गरिएको एक प्रोमो भिडियोमा अश्लिल मानिने शव्द र उत्तेजक दृश्य समेटिएका मध्ये केही शब्द र चुम्बनको दृष्य, र "पाल हल्लिएको दृश्य" हटाउने सहमतिमा  ‘ए’ सर्टिफिकेट दिइएको हो।

बीबी फुयाँल को निर्देशनमा बनेको ‘द लास्ट किस’मा नायिका शोभिता सिम्खडा र पुष्करजंग थापाको मुख्य भुमिका रहेको छ । यस फिल्ममा निर्धक्क भएर अश्लिल दृश्य दिएकी शोभिता सिम्खडाको बुर्का लगाएको फोटोले केही समय अघाडी राम्रै चर्चा पाएको थियो।

सोभिता सिंखडाका बिकिनी र बुर्का

शोभिता सिंखडा पर्दामा अंग प्रदर्शनमा उदार नायिका मानिन्छिन । उनको आगामी फिल्म  ‘द लास्ट किस’ उत्तेजक रोलमा प्रस्तुत भएकी शोभिता ले मुस्लिम बुर्का लगाएर खिचेको फोटोले सोसल मिडिया फेसबुकमा राम्रै प्रचार पायो ।

Shovita_smikhada_burkah

विभिन्न मोडलिङका फोटो हरुमा समेत अंगप्रदर्शनमा उदार मानिने नायिकाले बुर्का पोशाक लगाएर कतारको सडक र समुन्द्री किनारमा हिड्दै गरेको फोटो फेसबुकमा पोस्ट गरेकी थिईन।  शोभिताका श्रीमान कतारमा कार्यरत भएकोले शोभिता बेला बेलामा कतार-नेपाल ओहर दोहर गरि रहन्छिन ।   (फोटो क्रेडिट -फेसबुक)

sovita_in_bikini

sovita_osho_ashram