Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

dv_visaराम्रो नराम्रो त थाहा भएन तर अमेरिकी सरकारले केही बर्ष देखि दिदै आएको डीभी चिठ्ठा भिसा यसपटकदेखि बन्द हुने सम्भाबना रहेको बताइएको छ ।

हाउस अफ रेप्रेजेन्टेटिभले मात्रै पास गरेको एक प्रस्ताबमा डीभी चिठ्ठा भिसा रद्द गरेर यसको साटो अन्य खालको भिसा दिने बारेमा बताईएको छ । यस बारेमा अन्तिम निर्णय सिनेटले सदर गरे पछि मात्र हुने भएकोले अहिले नै निर्क्योल गर्न नसकिने अबस्था छ  । हरेक बर्ष अमेरिकाले ५५ हजार व्यक्तिलाई दिने भिसालाइ अझ ब्यबस्थित गर्ने खोजिएको बिलले  डीभी भिसाको भबिष्य निर्धारण गर्ने छ।

नेपालीहरुले राम्रै संख्यामा यस्तो चिठ्ठा पार्ने गरेकोले यदी बिल सिनेटले सदर गरेमा अब देखी अमेरिका जाने नेपालीको संख्यामा उल्लेख्य रुपमा कमी आउने छ ।

अमेरिकी सरकारले चिठ्ठाको आधारमा भिसा दिनुको सट्टा अमेरिकामा नै पढेर डिग्री हाँसिल गरेका व्यक्तिलाई भिसा दिन सजिलो बनाउने बताइएको छ ।

यस बारेमा वासिंगटन पोस्टको रिपोर्ट (अंग्रेजीमा) यहाँ पढ्न सकिन्छ !

Incoming search terms:

 

अपडेट – ‘नागरिक’मा मात्र नभएर उस्तै खालका बिज्ञापन ‘कान्तिपुर’मा पनि प्रकाशित हुने रहेछन । यी बाहेक अन्य दैनिक र साप्ताहिकमा पनि यस्ता खालका बिज्ञापन अबस्यनै प्रकाशित हुने गरेको हुनु पर्छ !

आजको ‘नागरिक’ मा (आसार २१, २०६९ बिहीबार) प्रकाशित केही बर्गीकृत बिज्ञापनहरुका अनुसार यी बिज्ञापन गर्ने व्यक्तिहरुले नक्कली बैंक ब्यालेन्स, घर जग्गाको भ्यालुएसन, नक्कली आम्दानीका श्रोत बनाइदिने कार्य "सस्तोमा" गरिदिन्छन रे ।

fake_documents_advertisement11

येस्ता खाले विज्ञापनले उठाएका केही प्रश्नहरु:

  • नक्कली कागजात बनाउने यस्तो खालको ब्यापार कानून सम्मत त पक्कै होइनन । यस्तो गैरकानूनी ब्यापारको बिज्ञापन छाप्न पाइन्छ?
  • फोन नम्बर समेत राखेर गरिएका यी बिज्ञापनको आधारमा नेपाल प्रहरीले किन कारबाही गर्दैन?
  • यसरी सार्बजनिक रुपमै बिज्ञापन गरेर बनाइदै गरेका नक्कली कागजातको बारेमा तेस्ता कागजातलाइ आधार बनाउने बिदेशी दुताबास अनबिज्ञ त नहोलान । यसरी खुलेआम नक्कली बन्ने हुँदा असली कागजात असली नै भएको प्रमाणित कसरि गर्ने?
  • पत्रिकाहरुले यस्ता खालका बिज्ञापन छाप्न नदिनु उनीहरुको सामाजिक दायित्व भित्र पर्दैन?

प्रति शब्द रु. १५ आम्दानी हुने यस्ता खालका विज्ञापनले पत्रिकाको स्तर अभिवृदिमा पक्कै पनि सहयोग पुग्दैन । आशा गरौँ, भविष्यमा हाम्रा पत्रकारहरुले बिज्ञापन छाप्नु भन्दा अघि सो विज्ञापनले समाजमा पार्ने असरको बारेमा पनि सोच्ने गर्लान। 

(डीस्केल्मर: कार्टुनिस्ट राजेश केसीले फेसबुकमा पोस्ट गरेको भनाइबाट प्रभाबित भएर लेखिएको)

Incoming search terms:

© 2012 नेपाली गफ A part of xNepali.com network