Like us in FB
Other interesting links - Fashion Blog | Nepali Serials | Music Blog

  • Rekha Thapa – hottest Nepali actress


    Posted on March 9th, 2010 9 comments

    Photos, news and videos collected in xnepali forum is replicated here.


    ———

    ———

    ———

    ———
    Rekha Thapa inaugurating Niel Davis's new Salon in Kathmandu Mall, Thursday, Aug 02 07.


    ———

    ———
    Thanks guys

    more pics


    ———


    ———


    ———


    ———


    ———
    Interview:

    ग्लायमर्स मात्रै कहा हो र ! : रेखा थापा, नायिका

    चर्चाको उचाईमा पुगेकै बेला नायिका रेखा थापाले सिनेमा निर्माणमा समेत हात हालेकी हुन् । उनको सिनेमा 'हिम्मत' ब्यबसायिक हिसाबले राम्रै � हरियो । रेखाको 'हिम्मत' मा २ थपेर दिपक श्रेष्� ले 'हिम्मत-२' को निर्माण गरे, जुन सिने उद्योगमा � ुलै विवादको विषय बन्योपनि । यस्तैको सेरेफेरो, सिने यात्राका अनुभव र अनूभूति, नायिका रेखा थापासँग फिल्मनेपालका लागि गरिएको कुराकानीः

    रेखा जी, ६ दर्जन सिनेमामा अभिनय गरिसक्नुभयो कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
    - सिनेमामा लाग्ने इच्छा सानैदेखिको हो, आफ्नो इच्छा अनुसारकै काममा यत्तिको स्थापित हुन सकेकोमा सन्तुष्ट नै छु । तर, कहिलेकाँही आफैले आफैलाई मुल्यांकन गर्छु 'लाग्छ अझै सिक्नु धेरै छ ।'
     

    अभिनय क्षमताले भन्दा पनि ग्ल्यामर भूमिकाले तपाईको स्थापित गराएको भन्ने आरोप लगाइन्छ नि ?
    -बन्जी जम्पिङ्ग देखि मार्सटल आर्टिस्ट सम्म अनि नारी संवेदनाका भावनात्मक भूमिकामा पनि मैलै उत्तिकै अभिनय गरेकी छु । तर, चर्चा चाँहि मेरो ग्ल्यामर पक्षकै हुन्छ । म आफैलाई यसको कारण थाहा छैन ।

    तपाईको अनुभवमा चलचित्र सिर्जना हो कि ब्यपार ?
    -मेरो सन्धर्भमा अभिनय पेशा हो, यसलाई ब्यबसायिक बनाउँदै लानु पर्छ ।

    अझै थुप्रै दर्शकको मन जित्न नेपाली सिनेमाले सकेको छैन । सिने उधोगको पल्लिलो स्थिती के छ ?
    - यतिबेला सिनेमा निर्माणमा बाढी नै आएको छ । तर, थोरै बाहेक अधिकाशं स्तरका हिसाबले कमसल छन् । संख्या बढ्यो तर, स्तर बढेन ।

    यसको जिम्मेवार को त ?
    - हामी कलाकार अनि सबै सिनेकर्मी नै यसका जिम्मेवार हुन । नेपाली दर्शकलाई लक्षित गरेर अझै सिनेमा बन्न सकेका छैनन् ।

    आफै लगानी गरेर सिनेमा बनाउनुभयो । नायिका बनेर यत्तिका कमाएर पनि पुगेन ?
    - अरुको सिनेमाका अभिनय गर्दा अरुकै परिकल्पनाको दायारमा बाँधिनुपर्छ । कलाकारले गर्ने त निर्माता निर्देशकले जे भन्छन् त्यहि न हो । अनि यस्तो सिनेमा बनाउन पाए हुन्थ्यो भन्ने परिकल्पना पुरा गर्न आफै सिनेमामा लगानी गर्नुपर्‍यो ।

    तपाईले 'हिम्मत' बनाउनु भयो । पछि तपाईको संग्लनता बिना नै 'हिम्मत-२' को निर्माण भयो नि ?
    - 'हिम्मत' ब्यबसायिक रुपले सफल भएछि अहिले 'हिम्मत-२' को निर्माण थालिएको छ रे । मेरो सिनेमा यसरी बनाउँदा पनि एकपटक समेत नसोधी गरियो ।

    आफ्नो सिनेमा अर्कैले बनाउँदा कुनै प्रतिबाद गर्नुभएन त ?
    - मलाई त यो गौरबको विषय लागेको छ । नाम चलेका र सिर्जनशिल भनिएका निर्देशक -दिपक श्रेष्� )ले नै मेरो 'आइडिया' पछ्याउँछन् भने मेरो भन्नु के छ र ।

    तपाईको त थुप्रै नायक-नायिकासँग पनि मनमुटाब -बोलचाल बन्द) छ रे नि ?
    - आफ्नो तर्फबाट म सबैसँग राम्रो छु जस्तो लाग्छ । तर, उहाँहरु नै किन यसरी मेरो बिरुद्ध प्रचारबाजी गर्नुहुन्छ मलाई थाहा भएन ।
    सँधै यसरी नै टिकिएला त ? भावी लक्ष्य बताइदिनुस न ।
    - सिनेमा क्षेत्रमै लाग्ने, अभियन र निर्माणलाई सँगै अगाडी लाने सोच छ ।
    ———
    ———

    The Naya Patrika daily, known for its sensational reports, said that while shooting for Bhojpuri film, Hum Hai Hero Hindustani in Birgunj town in south Nepal, the 52-year-old actor, famous for his portrayal of a plotting, lascivious villain, had used a derogatory word about heroine Thapa and also tried to grab her hand.

    According to the report, the Bollywood actor asked Thapa during shooting if she had a bottle of Coke with her. When she said she was not sure, the actor reportedly used an abusive word and tried to grab her hand.

    When Thapa protested angrily and an altercation broke out between the two, another Indian actor who is also cast in the film, telestar Shahbaz Khan, reportedly tried to intervene.

    The tabloid said an outraged Thapa threatened to abandon the film but was mollified after Kapoor tendered an apology.

    Director Sanu Shakya said he was not aware of any such fracas. Thapa was not available for comment.

    Kapoor had already left for Mumbai on Tuesday, 33-year-old Shakya said.

    The director, who decided to rope in Kapoor for his third venture, that will be released as Mrityu Danda dubbed in Nepali, said there was no disruption in shooting.

    The producer of the film is Bettiyah-based Indian Shamim Khan and the crew is hoping for its release in another three months.

    Kapoor plays an evil girl trafficker in the film that will project the message that there should be no discrimination between sons and daughters.

    Thapa plays Neha, a doctor who despite her qualification has to play second fiddle to her brother Shahbaz, who also becomes involved in Kapoor's nefarious business.

    What is alarming is the tabloid's attempt to inject into the incident – true or fictitious – India-Nepal tension.

    The report revives memories of the infamous Hrithik Roshan riots in Nepal eight years ago when Indians and Nepalis of Indian origin were targeted by looters over alleged anti-Nepal statements made by Bollywood star Hrithik Roshan.

    It was later found that the actor had made no such remarks.

    http://www.youtube.com/watch?v=klmUjB4WRjU
    ———
    Srijana Basnet, Rekha Thapa, Yuvaraj Lama and Haribansha Acharya


    ———

    ———

    ———
    b]एक आइटम डान्सको लाख<
    ———

    नागरिक र रिपब्लिका दैनिकको प्रकाशन १०० दिन पुगेको अवसरमा सोल्टी क्राउन प्लाजामा शनिबार आयोजित रात्रिभोजमा अभिनेत्री रेखा थापा। तस्बिरःउमेश

    chanchalei paryo…maya basecha

    http://www.youtube.com/watch?v=FnnwWAmHlUs

    ———
    rekha thapa lai sexy heroin bhanna mildain yo bhanda sexy ta jharana bajracharya chha hindi video katra katra ma 
    ———

    rekha thapa lai sexy heroin bhanna mildain yo bhanda sexy ta jharana bajracharya chha hindi video katra katra ma 

    post garam na ta bro

    tyo bich ma Rekha kai photo heram


    ———

    ———
    jharana bajracharya ta kahan ho kahan sexy….ani intelligent pani..nepali heroin haru ma the most sexy and intelligent..rekha thapa sanga compare nai hunna ho
    ———

    ———

    ———

    ———

    ———

    ———

    Actress Rekha Thapa inaugurates a new jewelry shop ventured by singer Yash kumar at Maitidevi, Kathmandu on Monday.

    (Photo: Sundar Shrestha)
    ———
    jharna jhai jhan
    ARTIST :- UDIT NARAYAN JHA & DIPA NARAYAN JHA
    CAST :- RAJESH HAMAL & REKHA THAPA

    http://www.youtube.com/watch?v=7jbnj9xCDG4

     Casts: Biraaj Bhatt & Rekha Thapa
    Movie: Himmat
    Singer: Deepak Limbu
    Song – Mero Kalpana Maa

    http://www.youtube.com/watch?v=4RzXQGY2CFo

    सुनकै चुरा नसके नि (Sunkai Chura Nasake Ni )
    Casts: Ramit Dhungana & Rekha Thapa

    http://www.youtube.com/watch?v=2_3JtMtqDCw

    सुन गाउँ घर
    Casts: Nikhil Uprety, Arunima Lamsal, Ramit Dhungana and Rekha Thapa

    http://www.youtube.com/watch?v=U1Rx5PAzcvE

    Musukkai Hasideuna Sutukkai Bolideuna
    Casts: Rajesh Hamal & Rekha Thapa

    http://www.youtube.com/watch?v=lCy7feGQm7E

    Casts: Rajesh Hamal & Rekha Thapa
    Song – Ma Sundari Bharkhar 16 Nageki

    http://www.youtube.com/watch?v=e8hniUs8FJc

    Aaja Man Udera Bhagcha (आज मन उडेर )
    Rekha Thapa

    http://www.youtube.com/watch?v=DtymN7thrDk
    ———

    Actresses Sushmita KC, Rekha Thapa and Dipashree Niraula (L to R) dance to the tunes of Teej song during a programme organised at Maiti Nepal on Friday.

    (Photo: Bikash Rauniyar)
    ———

    ———
    हट टक : रेखा थापा, नायिका ———
    http://www.youtube.com/watch?v=UhTO_5RKuW0
    ———
    url=http://www.cybernepal.com.np/article.php?aid=2508]http://www.cybernepal.com.np/article.php?aid=2508[/urlhttp://www.cybernepal.com.np/article.php?aid=2508
    ———
    पदमा पुगेपछि प्रचण्डले पनि ढाँटे : रेखा थापा
    बिहिवार, 17 सेप्टेम्बर 2009

    म देशको झन्डालाई काँधमा बोकेर हिँड्ने व्यक्ति भएको कारण पार्टीको झन्डामा विश्वास गर्दिन। तर पनि माओवादी अध्यक्ष प्रचण्ड मलाई मन पर्ने नेता हुन्। उनको आकर्षक व्यक्तित्वले जो कोही पनि सजिलै प्रभावित हुन्छ।
    उनको आत्मविश्वास उच्च छ। साधारण किसानको छोरो भएर राष्ट्रको प्रधानमन्त्रीसम्म बन्न सफल व्यक्ति हुन्। हँसिला र ह्यान्डसम छन् उनी। चट्ट मिलेको हेयर स्टाइलले गर्दा उनी सबैका आकर्षणको केन्द्रविन्दु भएका छन्।

    व्यक्तिगत रूपमा उनीसित परिचय भएको छैन। तैपनि अघिल्लो वर्ष चलचित्र विकास बोर्डले आयोजना गरेको राष्ट्रिय पुरस्कारमा उनीसित भेट भएको थियो। उनकै हातबाट मैले उत्कृष्ट अभिनेत्रीको पुरस्कार लिएकी थिएँ। हिजोआज पनि विभिन्न कार्यक्रम र समारोहमा उनीसित भेटघाट भइरहन्छ तर हाम्रो क्षेत्र फरक भएकाले त्यति कुराकानी भने हुँदैन।

    उनले ग्रहण गरेको पार्टीगत सिद्धान्तले म प्रभावित छु। मार्क्सवादको सिद्धान्त भएर होला, जनताको हकहितका कुरा धेरै बिकेको छ। १२ वर्ष जंगलको जनयुद्धपछि उनको नेतृत्वमा क्रान्ति आएको हो। जनताको साँचो प्रतिनिधिको रूपमा उनी जम्न सफल पनि भए।

    सबै वर्गको प्रतिनिधित्व गर्न माओवादी पार्टी सफल भयो। राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याउनमा उनी र उनको पार्टीको ठूलो भूमिका छ। देशप्रति जिम्मेवार भएका नागरिक पनि हुन्। उनको भाषण प्रेरणादायी छ। उनमा सबैलाई जिम्मेवार हुन प्रेरित गर्ने सामर्थ्य छ।

    विडम्वना जब जनताले बहुमतले जिताएर उनलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याए अरू नेता जस्तै उनले पनि जनतालाई ढाँटे। जनतालाई दिएको बाचा सत्तामा पुगेपछि पुरा गरेनन्। अर्कालाई हानि पुर्‍याउने कार्यमा उनको पार्टी बढी तम्सियो। सोझा जनताहरू मारमा परे। कुर्सी र सत्ताको मोहतिर लागेर जनतालाई निराशामात्र दिए।

    उनको पार्टीले सरकारमा बस्दा सिद्धान्त अनुसार काम गरेन। उनी माओवादी पार्टीका अभिभावक हुन्। आफ्ना छोराछोरीलाई सम्हाल्न नसक्नु अभिभावकको कमजोरी हो। उनको पार्टीका मान्छेले जे पायो त्यही गरिरहेका छन्।

    पछिल्लो दिनमा माओवादीले आफ्नो पार्टी विपरीत सिद्धान्त अपनाएको छ। जसले गर्दा अरू पार्टीका नेताहरूले समेत दुःख भोगिरहेका छन्। त्यसकारण आफ्नो पार्टीले मच्चाएको आतंकलाई निरूत्साहित पार्ने नीति ल्याउन म उनलाई आग्रह गर्न चाहन्छु। सुध्रिने मौका अझै भएकोले पार्टीलाई सही दिशातिर दोहोर्‍याउन पनि अनुरोध गर्न चाहन्छु।

    source – nagarik
    ———
    — use decent language…
    ———

    ———

    ———
    रेखाले गरिन् जीवन बीमा
    शुक्रवार, 09 अक्टोबर 2009 08:12 नागरिक

    सुदर्शन सापकोटा, काठमाडौं, असोज २२- 'बचत र सुरक्षाका लागि बीमा गरेकी हुँ,' भर्खरै जीवन बीमा गराएकी चलचित्र अभिनेत्री रेखा थापाले भनिन्, 'आम्दानी बढाउनलाई होइन।'

    तीन महिनाअघि लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) मा बीमा गराएकी उनले वार्षिक १ लाख ८५ हजार प्रिमियम तिर्छिन्। चलचित्र क्षेत्रमा कलाकारले ज्यान जोखिममा राखेर 'स्टन्ट' गर्नु परेपनि दुर्घटना परेमा बीमा नहुने भएकाले आफैले जीवन बीमा गराएको उनले बताइन्। 'दर्शकलाई मनोरञ्जन गराउन कहिले बन्जी गर्नु पर्छ, अग्लो पर्खालबाट हाम फाल्नुपर्छ,' उनले भनिन्, 'तर दुर्घटना भएमा निर्माताले क्षतिपूर्ति दिँदैनन्, आफ्नो सुरक्षा आफै गर्न बीमा राम्रो विकल्प लाग्यो।'

    ५० वर्ष उमेर पुगेपछि रेखाले बीमा गराएको रकम फिर्ता पाउँछिन्। उनी अहिले २६ वर्षकी भइन्। '२५ लाख रुपैयाँ बराबरको बीमा गराएकी छु,' रेखाले भनिन्, 'बीमा गरेको अवधि पुरा हुँदा वोनसलगायत अन्य सुविधा सहित ६० लाख रुपैयाँ मेरो हातमा पर्छ।' बार्षिक रुपमा प्रिमियम बापतको रकम घुमघाम र खानपीनमा नै खर्च हुने गरेको बताउँदै उनले सुरक्षाका साथै बचतका लागि त्यो पैसा प्रिमियम तिर्न खर्च गरेको जानका दिइन्। 'त्यसै खर्च हुने पैसा बचत नै हुने भएको छ,' उनले भनिन्।

    रेखा मात्र होइन अन्य 'सेलिब्रिटी' कलाकारले पनि अहिले बीमा गराउन थालेका छन्। रेखाका श्रीमान् तथा चलचित्र निर्माता छवि ओझा, राजेश हमाल, अर्जुन श्रेष्ठलगायत धेरै कलाकारले अहिले जीवन बीमा गराएका छन्। सेलिव्रिटी मात्र होइन 'लो प्रोफाइल' का सर्वसाधारणमा पनि बीमाप्रति आकर्षण बढेको छ।

    गत आर्थिक वर्षमा ४ लाख ६३ हजार २ सय ९४ जनाले जीवन बीमा गराएका छन्। अघिल्लो वर्ष यस्तो बीमा १ लाख ४५ हजार ३ सय ७ जनाले गराएका थिए। जीवन बीमा गराउने कम्पनीले विक्री गरेको बीमा लेखको वृद्धि अघिल्लो वर्षको तुलनामा निकै बढी भएको बीमा कम्पनीको नियमन निकाय बीमा समितिले जनाएको छ।

    गत वर्ष मान्छेको आम्दानी बढेको तथा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्समा वृद्धि भएकाले बीमा गराउने बढेको समितिका अध्यक्ष फत्तबहादुर केसीले बताए। गरिबीको रेखामुनि रहेको जनसंख्या ३० प्रतिशतभन्दा तल झरेको छ। यसले सर्वसाधारणको आयमा वृद्धि भएको पुष्टि गर्छ। केन्द्रीय तथ्यांक विभागका अनुसार ३० प्रतिशत नेपाली परिवारले रेमिट्यान्स पाउँदै आएका छन्।

    बीमा गराउनेको संख्या कम्पनीको सक्रियताले पनि बढेको हो। प्रतिस्पर्धा बढेपछि बीमा कम्पनी गाउँ-गाउँ जान थालेकाले संख्या बढेको केसीले बताए। उनले कम्पनी संख्या बढेकाले प्रतिस्पर्धा गर्न उनीहरुले एजेन्टको संख्या वढाएर गाउँ(गाउँमा परिचालन गरेकाले बढेको जानकारी दिए। अहिले सबै कम्पनीको गरेर ४० हजारभन्दा बढी बीमा गराउने एजेन्ट कार्यरत छन्। एजेन्टको आधिकारिक तथ्यांक नभए पनि यो पहिलेको भन्दा निकै बढी भएको समितिले जनाएको छ।

    जिन्दगीको भर नहुने भएकाले बीमाः रेखा थापा
    मान्छेको जिन्दगीको भर हुँदैन। कहिले के हुन्छ, कहिले के हुन्छ। आफ्नो सुरक्षाका लागि बीमा राम्रो विकल्प हो। चलचित्र क्षेत्रमा कसैको पनि बीमा नहुने भएकाले आफ्नो बीमा गराएकी हुँ। बीमा गर्दा सुरक्षा मात्रै होइन बचत पनि हुन्छ। मेरो श्रीमान् छवि जीले पनि बीमा गराउनु भएकाले मैले बीमा गरेकी हुँ।

    सुटिङमा 'स्टन्ट' दृश्य दिन जोखिम उठाउनु पर्ने भएकाले दुर्घटना भएपनि आर्थिक समस्या नपरोस् भनेर मैले बीमा गराएकी हुँ। आगोमा 'फाइटिङ' दृश्य दिनुपर्छ, पर्खालबाट हाम फाल्नु पर्छ। त्यस्तो जोखिम उठाउँदा दुर्घटना भएमा मलाई बीमा रकमले आर्थिक सहुलियत पुग्छ। अहिले बीमा गरेर पछि दोब्बर आम्दानी गर्छु भनेर मैले बीमा गराएकी होइन। बीमा गराएपछि केही परे समस्या हुँदैन भन्ने मनोवैज्ञानिक आत्मविश्वास पनि बढेको छ।

    मैले ५० वर्षको उमेरमा बीमा रकम फिर्ता पाउने गरी बीमा गराएकी हुँ। वार्षिक रुपमा १ लाख ८५ हजार प्रिमियम तिर्नुपर्छ। मैले २५ लाख रुपैयाँ प्रिमियम तिरेपछि एकमुस्ट ६० लाख रुपैयाँ पाउने गरी बीमा गराएकी छु। तीन महिना अघि बीमा गराउँदा सुरुमा मैले दुई लाख रुपैयाँ रकम कम्पनीलाई बुझाएकी थिए। अब प्रिमियम मात्र तिरे पुग्छ।

    प्रिमियम बापतको रकम खानपिन र घुमघाममा खर्च भइरहेको हुन्छ। त्यो रकम बराबरको बीमा गराएर बचत नै भएको छ। पछि केही नभएपनि मैले ६० लाख रुपैयाँ एकमुस्ट पाउँछु। यसले कुनै ठाउँमा लगानी गर्न पुग्छ।

    source -nagariknews
    ———

    ———

    प्रशंसकको ओइरो

    दिवस गुरागाईं

    सबैभन्दा छोटा लुगा लगाउने नायिका को हुन् ? जवाफ हो, रेखा थापा । उनी आफैँ भन्छिन्, "छोटो स्कर्ट मलाई मनपर्ने ड्रेस हो ।" आकर्षक जीउडाल, पुष्ट शरीर, हिस्सी परेको अनुहार, जति पनि ग्ल्यामरस हुनसक्ने खुबी रेखाको आमपरचिय हो । सायद यही परचियले फ्यान -प्रशंसक)को डफ्फै कमाउन सफल छिन् रेखा । उल्लेख्य त के छ भने उनका फ्यानहरू अनौठो प्रकृतिकाहरू पनि छन् । जस्तो एक वृद्धले उनका लागि गरेको त्याग ।

    ५० चलचित्रकी नायिका रेखाका लागि देवीदेउता भाक्ने, नियमित इमेल गर्ने, फोन गर्ने आदि काममा सक्रिय ती फ्यान हुन् बीके रसाइली, ८० । सिक्किम निवासी बीकेले पोहोर साल रेखाको नाममा पूजासमेत लगाइदिए रे ! तीन वर्षअघि चलचित्र पि्रयतमाको छायांकनताका रेखालाई देखेर पछि लागेका बीके जीवन रहुञ्जेल उनैको फ्यान रहिरहने बताउँछन् मेलमार्फत । रेखालाई भने बीकेको आनीबानीले कुनै फरक पारेको छैन रे ! भन्छिन्, "फ्यान हुने उहाँको स्वतन्त्रता हो ।"

    आफ्ना फ्यानहरूको उमेर समूह १०/११ वर्षका देखि ७५/८० वर्षसम्म रहेको रेखाको अनुभव छ । केटाभन्दा केटी फ्यान बढी भएको पनि उनको आकलन छ । रेखाका अनुसार, अझ टिनएजरहरू हुन् उनका फ्यान । यसपटकको दसँैमा माइत -मोरङ, सलकपुर) गएका बेला ११ वर्ष नकटेकी यात्रा ढकालले उनलाई लामो दौडधुपपछि भेट गर्ने मौका पाइन् । आफूप्रति यात्राको यो क्रेज देखेर रेखा छक्क परनि् । एउटी बच्चीले गरेको चाहनाको यो हद उनले देखेकै थिइनन् ।

    लामो समयदेखि धेरै फ्यानहरूको बीचमा रहन सफल छन् हाँस्यकलाकार जोडी मह -मदनकृष्ण श्रेष्ठ र हरविंश आचार्य) । फ्यानसँग जोडिएर उनीहरूको जीवनमा धेरै कथा तयार भएका छन् । जस्तो एउटी विदेशी फ्यानले उनीहरूलाई लगाएको गुन पनि अविस्मरणीय छ ।

    अकस्मात् मह जोडीकहाँ एउटी जापानी सुकुमारी यमा मोतो मायुमी हाजिर भइन् फ्यान -प्रशंसक)को नाता लगाउँदै । महको अभिनय र प्रहसनको समीक्षा सुनाउन सक्ने ती युवती खासमा नेपाल-भारतबीचको सम्बन्धमाथि शोधपत्र तयार गर्न नेपाल आएकी थिइन् । तर, महको कलाकारतिाले उनको मन यसरी बदलियो, दुई देश होइन दुई कलाकार -मह) पात्र बने उनको शोधको ।

    महको आँखाले के देख्यो ? उनले तयार गरेको यो शीर्षकको शोधपत्र पुस्तकका रूपमा प्रकाशनमा आयो । महका अनुसार, यमा मातो त फ्यान थिइन् नै, पुस्तक प्रकाशित भएपछि धेरै जापानीहरू पनि प्रशंसकका रूपमा भेट्न आइरहेका छन् । डेढ दशकअघिको यो कथा उनीहरूको मस्ितष्कमा अझै ताजा छ । विदेशी भूमिमा महका फ्यान धेरै छन् । यही नाताले उनीहरूले दर्जनौँ देशको भ्रमण गरेका छन् । र, फ्यानका अनगिन्ती कोसेली बोकेर फर्किएका छन् ।

    महलाई गौँडा ढुकेर भेट्ने फ्यानहरूको पनि कुनै कमी छैन । मह-सञ्चार -कार्यालय), सुटिङ्स्थल, विभिन्न कार्यक्रमहरू मह भेट्ने सरल उपाय हुन् । फ्यानहरू यही सजिलो बाटो पक्डेर उनीहरूको दर्शनको बन्दोबस्त मिलाउँछन् । अंकमाल गरेर फोटो खिच्छन् । महको अनुभवमा फ्यान हौँ भन्दै आउनेको संख्या दैनिक एक दर्जनभन्दा बढी हुन्छ ।

    टेलिफोन र चिट्ठीपत्रको पनि ओइरो लाग्छ महकहाँ । हिजोआज फ्यानहरूले अनौठो र अकल्पनीय अनुरोध गर्न थालेको हरविंश बताउँछन् । भन्छन्, "देश चलाउन र बनाउन अनुरोध गर्नेहरू बढ्न थालेका छन्, जो हाम्रो काम होइन ।" संसारको सबैभन्दा ठूलो कलाकार, आदर्श व्यक्ति, भगवान् आदि महका फ्यानले सम्बोधन गर्ने शब्दावली हुन् । बालबालिकादेखि वृद्धवृद्धाहरूसम्म आफ्ना प्रशंसक रहेको उनीहरूको अनुभव छ ।

    फ्यानबिनाको कलाकार कोही पनि छैन । तर, नामी कलाकारका फ्यान अजीवका हुन्छन् । जस्तो- सानो पर्दाकी चर्चित नायिका सरतिा लामिछानेका फ्यान । फ्यानमध्येकी पनि बुटवलकी सरस्वती क्षेत्री । पूजाकोठामा देवीहरूका बीचमा सरतिालाई पनि एक देवी मानेर उनले सजाएकी छन् रे ! तीन छोराछोरीकी आमा सरस्वतीलाई सातामा एकपटक फोनबाट सरतिासँग कुरा नगरी निन्द्रै पर्दैन रे ! सरतिा भन्छिन्, "यस प्रकारका भक्तहरू धेरै भेटेकी छु ।" खासगरी मुक्ति र परिचय नामका दुई टेलिचलचित्रमा आदर्श बुहारीको भूमिका निर्वाह गरेपछि सरतिाले प्रशस्त प्रशंसक कमाएकी हुन् । उनीसँग मन छुने अर्को प्रसंग छ । च्यानल नेपाल टेलिभिजनका लागि रपिोर्टिङ् गर्न कालिकास्थान पुगेकी उनलाई अकस्मात् एक जना ८५ वर्षे वृद्धाले खुट्टा पक्डिन् । "नानी ! तपाईंलाई भेट्ने मेरो अन्तिम इच्छा थियो, अब मेरो सास गए पनि फरक पर्दैन ।" वृद्धा बोलिरहिन् । सरतिा भन्छिन्, "त्यसपछि मेरो पनि भक्कानो छुट्यो ।" आखिर यो के हो र केका लागि हो ? उनी आफैँ रनभुल्लमा छिन् । भन्छिन्, "आजसम्म मैले अर्थ लगाउन सकेकी छैन ।" सरतिालाई नियमित फोन गर्ने फ्यान पनि प्रशस्त छन् । केही वर्षअघि एउटा तन्नेरीले सरतिासँग बिहे गर्ने सपना देखेछ । त्यसैले पैसा कमाउने बाटो समात्दै ऊ लाहुर गएछ । दन्त्यकथाको प्रेमीजस्तो लाग्ने त्यो तन्नेरी लाहुरबाट छुट्टीमा स्वदेश फर्किंदा झन्डै बेहोस भएछ । किनभने, उसले त्यतिबेला मात्र सरतिा विवाहित भन्ने थाहा पाएछ पत्रिकामार्फत । अझ श्रीमान् ऋषि लामिछानेसँगै खिचेको फोटै देख्ने मौका पाएछ । त्यसपछि उसले लेखेको अन्तिम पत्र पनि कम रोचक छैन सरतिाको कलाकार जीवनका लागि ।

    नेपाली कलाकारहरूमा सबैभन्दा बढी फ्यान कसका होलान् ? यस सम्बन्धमा कसैले आधिकारकि सर्वेक्षण गरहिालेको छैन । तर, कुनै चलचित्रकर्मीलाई यो प्रश्न गर्‍यो भने उसले जवाफ खस्न नपाउँदै भन्नेछ, राजेश हमाल । प्रशंसकको ओइरो लागेको देख्दा यस कुरामा विश्वास गर्ने आधार फेला पार्न सकिन्छ । उनी जहाँ जान्छन्, त्यहाँ उनका प्रशंसकको ठूलो जमघट तयार भइहाल्छ । छायांकनका क्रममा जाँदा निर्माण पक्षले विशेष सजगता अपनाउँछ उनका लागि । राजधानीबाहिरको छायांकनमा त झन् उनी बस्ने होटल नै फरक पारन्िछ । कतिपय युनिटकै कलाकारलाई समेत राजेश बसेको स्थान थाहा हँुदैन । यो सब व्यवस्था गर्नुको कारण हो, प्रशंसकको भीडबाट उनलाई जोगाउनु ।

    राजेशका पनि बालबच्चादेखि पाका उमेरसम्मका छन् फ्यान । रगतले लेखेका चिट्ठी पनि धेरै संग्रह गरेर राखेका छन् उनले । अरूसँग बिहे गरे आत्महत्या गर्छु भन्ने फ्यानको संख्या पनि ठूलै छ । उनका नजिकका मित्रहरूका अनुसार, उनीसँग समर्पित हुन आउने महिला फ्यानको संख्या पनि कम छैन । तर, राजेशले फ्यानमाथि फ्यानकै मात्र व्यवहार देखाएको उनका कलाकार फ्यान नायक रमित ढंुगाना बताउँछन् ।

    गायनकलाका फ्यान पनि अजीवका छन् । यसबारेमा अनुभवका खात बोकेर बसेका छन्, रामकृष्ण ढकालले । चिट्ठीपत्रको ओइरो त सामान्य कुरा हो, उनका लागि तीजमा व्रत बस्ने पनि धेरै थिए । यसमध्ये कलंकी निवासी एक युवतीले उनका लागि सात वर्ष व्रत बसिन् तीजमा । अहिले युवतीको विवाह भइसकेकाले रामकृष्ण उनको नाम लिने पक्षमा चाहिँ छैनन् तर उनमा गडेको क्रेज सम्झेर ल्याउँदा चाहिँ अझै आफू छक्क पर्ने बताउँछन् । भन्छन्, "बिहे गर्छु भन्नेहरू सबैभन्दा बढी थिए ।" तीमध्ये रामकृष्णको बिहे भएको थाहा पाएपछि एक युवतीले एउटा पत्रका साथ उनका सबै गीति क्यासेट फिर्ता गरेको घटना पनि रामका लागि बिर्सिनसक्नुको छ ।

    चलेका सबैजसो कलाकारका फ्यान धेरै हुने गर्छन् । सम्मान थाप्नैका लागि विदेश जाने कलाकार पनि गन्नलाई औँलाभर िछन् । यो सवालमा गायक राजेशपायल राई अगाडि छन् । रगतको चिट्ठी प्राप्त गर्ने सवालमा पनि उनी अगाडि छन् ।

    कलाकारलाई भगवान्कै श्रेणीमा राखेर हेर्ने फ्यानहरू पनि छन् । बरु त्यति गम्भीर लाग्दैनन् कलाकार । उनीहरू फ्यान बढून् भन्ने त चाहना राख्छन् तर त्यस अनुसारको व्यवहार प्रदर्शन गर्नचाहिँ कन्जुस्याइँ गर्छन् ।

    (Nepal weekly)
    ———

    चलचित्र 'आफ्नो मान्छे आफ्नै हुन्छ' को छायाँकनको क्रममा फुर्सदको समयमा ठट्टा गर्दै नायक बिराज भट्ट, नायिका द्वय अरूणिमा लम्साल र रेखा थापा ।
    ———
    रेखा थापा सपनै देख्दिनन्, देखेपछि पूरा भइछाड्छ । चाहे त्यो निदाएको बेलाको सपना होस् या ननिदाएको बेला । ननिदाएको बेलाका रेखाका हरेकजसो सपनारूपी महत्त्वाकांक्षा पूरा हुँदै आएका छन् । उनको जपनाको सपना थियो- काठमाडौं गएर फिल्म खेल्न पाइयोस्, जो पूरा भयो ।
    ड्याडी भन्ने गरेका निर्माता छवि ओझासँग बिहे गर्ने सपना थियो, त्यो पनि साकार भयो । नेपाली चलचित्रक्षेत्रमा एक नम्बरको हिरोइन बन्न पाइयोस् भन्ने कामना गरेकी थिइन्, चलचित्रक्षेत्रले त्यो पनि पूरा गरिदियो । सबै सपना पूरा भएपछि अब निदाएका बेलासमेत सपना नदेख्नुपर्ने हो तर उनी सपना देखिहाल्छिन् ।

    पहिलेपहिले मस्तले निदाएका बेला हिरोइन बनेको सपना देख्थिन् रे, त्यो विपनामा परिणत भयो । केही समयदेखि उनी अनौठाअनौठा सपना देख्न थालेकी छिन् । उनी कहिले भूतले लखेटेको सपना देख्छिन् त कहिले र्सपले खेदेको, कहिले बाघले टोक्न आएको सपनाले डराउँछिन् त कहिले त्योभन्दा पनि भयानक सपनाले उनको न्रि्रा खलबलिन्छ । डर के छ भने हिजोका दिनमा हिरोइन बनेको सपना देखेकी उनका अहिलेका पछिल्ला सपना पनि मिले भने ?
    साभारः फिल्मीखबर


    ———

    सर्पसँग रेखाको रोमान्स
    शुक्रवार, 23 अक्टोबर 2009 17:47 नागरिक

    सन्तोष रिमाल- साँझ छिप्पिँदै गएपछि हिन्दी र अंग्रेजी गीतको 'भोल्युम' बढ्ने सुन्धाराको बेबिलोन डिस्को बिहीबार दिउँसैदेखि 'चर्को' सुनिन्थ्यो। तर, विदेशी हैन नेपाली गीतले। त्यहाँ ग्राहक थिएनन्। तर, अन्डरग्राउन्डको डिस्को थेक खचाखच थियो। 'डिस्को लाइट'को प्रकाश त्यहाँ पर्याप्त थिएन। पिरो धुवाँमा थप रंगीन प्रकाशको व्यवस्था थियो। र, त्यहाँ चम्किएकी थिइन् हिरोइन रेखा थापा।

    'काला कृष्णजी आऊ न, बजाऊ बाँसुरी
    यो प्यासी राधे, यो दासी राधे
    नाच्छे अब नागिन जसरी'

    निकै हाउभाउ र कटाक्ष प्रस्तुत गर्दै उनी कृष्णलाई आकर्षित गर्न खोज्दै थिइन्। तर, उनको पुकार सुन्ने कृष्ण त्यहाँ थिएनन्। न त १६ सय गोपिनीले नै उनलाई साथ दिएका थिए। थिए त उनको सौन्दर्यले मोहित केही कछाडधारी भिलेन। ठूलै अपराध गरेर भागेका ती पात्रलाई रेखाको भड्किलो नृत्यले त्यहीँ अल्मल्याएको थियो। तर, रेखाको ध्यान तिनमा थिएन। बरु उनी सर्पसँग 'रोमान्स' गर्दै थिइन्। कहिले यता फर्काउँदै, कहिले उता फर्काउँदै, कहिले मुसार्दै। उनको सबै अंगमा सल्बलाउन सर्पलाई छुट थियो।

    रेखा 'नागिन' बन्ने जमर्को गर्दै थिइन्। तर, नृत्यनिर्देशक वसन्त श्रेष्ठलाई सर्पसँगको उनको रोमान्स चित्त बुझेन। 'केही गर्दैन यो सर्पले। नडराई नाच,' उनले निर्देशन दिए।

    'विराटनगरमा छँदा गोमनसँग त डराइएन, यस्तो सर्पसँग को डराएको छ र,' रेखाले जवाफ फर्काइन्। फिल्ममा पहिलोपटक सर्पसँग खेलेपनि आफूलाई डर नलागेको उनले बताइन्। 'सर्प धेरै हुने ठाउँको मान्छे म, गाउँमा सर्प नचाउन ल्याउँदा पनि चलाउँथें,' आफूलाई 'बहादुर' बनाउने प्रतिक्रिया दिएपछि उनी फेरि नाच्न थालिन्।

    'यहाँ सर्पलाई कृष्णको प्रतीक बनाइएको छ,' फिल्म 'आफ्नो मान्छे आफ्नै हुन्छ'को यो गीतबारे श्रेष्ठले भने, 'केही नयाँपन दिउँ भनेर सर्पको प्रयोग गरिएको हो।' यसो गर्दा गीत छिटै हिट हुने उनको विश्वास छ।

    सेटको वरपर घुमिरहेका निर्देशक ऋषि लामिछाने श्रेष्ठको भनाइसँग सहमत देखिए। 'फिल्म यस्तै चिजले चल्छ। फेरि सर्प त शब्दको पनि माग थियो,' उनले भने। यो गीतपछि फिल्मको सम्पूर्ण सुटिङ सकिने निर्देशक लामिछानेले बताए। यो फिल्ममा बिराज भट्ट र अरुणिमा लम्सालले समेत मुख्य भूमिकामा अभिनय गरेका छन्।
    ———

    ———
    http://www.youtube.com/watch?v=EoAp9XoO3gQ
    ———
    2006, on HIMMAT movie promotion – Pokhara

    ———
    Rekha and Biraj


    ———

    चलचित्र 'कसम हजुर' को मा नायक राजबल्लभ कोईराला, जीवन लुईटेल र नायिका रेखा थापा एक-आपसमा जिस्किँदै ।


    माओवादीको सिंहदरवार घेराउ कार्यक्रममा गीत गाएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई नचाउदै नायिका रेखा थापा ।
    ———

    Most Popular Searches

    nepali movie, nepali movie download, www npvideo com, nepali keti ko nango photo, nepali puti picture, www usanepal com, theusanepal com, nepali movie krodh part 1, nepali movie himmat 2 full movie, REKHA THAPA

    Previous and Next posts


    <<<-- Previous Post:

    -->>> Next Post:


    Artists | Author:

 

9 Responses to Rekha Thapa – hottest Nepali actress

  1. suresh says:

    Hirekha ji, namaskar,how are you? i’am suresh !nice your acting countineus god bless u

  2. milan says:

    hi rekha how r u nowadays ur film is so nice do better n god bless u

  3. Anil says:

    hi Rekha , u look very sweet . God bless u dear

  4. Ramesh says:

    Hi rekha, quite getup in kasle choro mero man. (aali …mito song)

  5. Homnath says:

    Rekha g donot forget to weare clothes.Make a distinct identity
    in Nepali film industry

  6. Homnath says:

    Rekha g donot forget to weare clothes.Make a distinct in Nepali film industry

  7. Krishna says:

    Hi Rekha ji, Namaskar, How r u ? I am krishna.

  8. DKL says:

    rekha spicel for you dosht
    Hamari doshti ka eashtara iemtihan mat lijeyea kQuho khapa yeatho bayan kijeyea hogaye hamse galati tho maf kijeye varna yowu yad karke hamko sajatho nadejiyea LA SATHI i a m form mumbai.

  9. raj says:

    i love you rekha thapa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

 



Aryan Sigdel marries Sapana Bhandari

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.


 

Latest comedy TV serials:
Nepali Serials