यो पोष्ट मैले भ्यालेन्टाइन् डेमा शुरु गरेको थिएँ, पोखराका गजलकार प्रकटा पंगेनि “शिव”का गजलहरु शेयर गरेर । समय समयमा अपडेट गर्दै गर्दै उनका ७-८ ओटा गजल संग्रह भएका रहेछन । ति सबै गजललाइ जम्मा गरेर यो पेज बनाएको छु, जसलाइ बेला बेलामा अपडेट गरिरहनेछु । यहाँ समाविष्ट गजलहरु:
- पिरतिको रंको लाग्यो
- अंगहरु दंग परुन
- तप्प-तप्प जलबिन्दु
- के यस्तो पहिरन पहिरेर आयौ
- हुन्छ भनिन उन्ले
- जस्तो साइनो लाउने मन छ
- म बोलिन केहि
- को आउँदैछ आज
पिरतिको रंको लाग्यो
गजलको बोल :
ढोका खोलि के पसिथ्यौ पिरतिको रंको लाग्यो
छेउ आइ के बसिथ्यौ पिरतिको रंको लाग्यो
अंग अंग सुम्सुम्याउँदै लालि अधर सल्बलाउँदै
अंगालोमा के खसिथ्यौ पिरतिको रंको लाग्यो
बिषकन्या होइनौ तिमि भए मलाइ बिष लाग्थ्यो
कामाग्निले के डसिथ्यौ पिरतिको रंको लाग्यो
कुनै धार एस्ता हुन्छन काट्दा पनि संचो लाग्छ
प्रेमको छुरा के धसिथ्यौ पिरतिको रंको लाग्यो
तेसपछि झन रंकै रंको लाग्यो अन्ना तिम्रो कसम
बाहुपाशले के कसिथ्यौ पिरतिको रंको लाग्यो
अंगहरु दंग परुन
प्रस्तुत छ अर्को रोमान्टिक गजल:
गजलको बोल :
यति दंग पार्दिउँ हामि दंगहरु दंग परुन
एक अर्काका अंग हेर्दै अंगहरु दंग परुन
सिंगै रात नसुतेरै नथाकेरै बिताउँ आज
जवानि र दिवानिका रंगहरु दंग परुन
कति आत्मा प्रियासंग भंगिएर भौंतारिन्छन
हामि नभंगेको देखि भंगहरु दंग परुन
कुइरो भित्र बरालिंदा खासै मिठो तृप्ति हुन्न
छर्लंगमा बरालिंदा छंगहरु दंग परुन
बारुद गोलि भित्र पनि बांच्न सक्छ प्रिति गाथा
समर भित्र प्यार देख्दा जंगहरु दंग परुन
यति दंग पार्दिउँ हामि दंगहरु दंग परुन
एक अर्काका अंग हेर्दै अंगहरु दंग परुन
तप्प तप्प जलबिन्दु
अब, प्रकट पंगेनिको सबै भन्दा चर्चित गजल
गजलको बोल :
तप्प-तप्प जलबिन्दु चुहाएर के निस्कियौ
स्निग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ
भाग्यमानी रै’छ साबुन फिँजैफिँज भै बरालियो
जुन साबुनलाइ अङ्ग-अङ्ग छुहाएर के निस्कियौ
पानि पनि आगो बन्छ कामदेवको आशिष पाउँदा
जुन पानिमा यस्तो रूप डुबाएर के निस्कियौ
घामको कुरा नगरौँ भो टाँसियो घाम त्यै लुगामा
जुन लुगालाई भर्खर तिम्ले सुकाएर के निस्कियौ
त्यै गाँठोमा गाँठो पार प्रकटलाई ओ ! रुपसि
जुन गाँठोमा कोमल अङ्ग लुकाएर के निस्कियौ
के यस्तो पहिरन पहिरेर आयौ
गजलको बोल:
के यस्तो पहिरन पहिरेर आयौ देखियो चिटिक्कै
सकिन चाल्न देखेर तिमिलाइ एक पाइला फिटिक्कै
जे हेर्यो तेहि देखिन्छ राम्रो जहाँ हेर्यो त्यहि राम्रो
सम्झेर केके कल्पेर केके टोकुँझैं किटिक्कै
ओठैले ओठ च्यापेर हेर्छ्यौ नशालु आँखैले
भो तेत्ति साह्रो नघुमाउ कम्मर भाच्चेला फिटिक्कै
सकिन चाल्न देखेर तिमिलाइ एक पाइला फिटिक्कै
नछुँदै यस्तो भाउन्न भैयो छुँदा झन के होला
दन्दनि जलें कामाग्नि भित्र भेटिने बित्तिकै
के रुप यस्तो बनाइस दैव वाह तेरो श्रृजना
अल्झेर बस्यो प्रकटको परान त्यै रुपमा घिटिक्कै
के यस्तो पहिरन पहिरेर आयौ देखियो चिटिकै
भ्यालेन्टाइन डे – हुन्छ भनिन उनले
*** (भ्यालेन्टाइन डेको पोस्ट जस्ताको तस्तै) ***
रोमान्टिक वा प्रणय भावका गजल, कविता र गितको रचना गरेन् प्रकट पंगेनिका ‘प्रणयवेदका ऋचाहरु’ गजल संग्रह प्रकाशित भएको छ । उनका दुइ गितिसंग्रह पनि प्रकाशित छन । उनको गजल राम्रो हुनुका साथै प्रतुति पनि राम्रो हुने श्रोताहरुले बताउँछन । प्रणय भावलाइ खुलेर ब्यक्तगर्ने प्रकटलाइ कतिपयले छाडा गजलकार पनि भन्ने गर्दछन ।
फेब्रुअरि १४ लाइ पश्चिमा मुलुकहरुमा भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस भनेर मनाइन्छ । आजकल सो चलन नेपालमा पनि भित्रिएको छ । अझ बिदेशमा भन्दा पनि अझ भभ्यताका साथ भ्यालेन्टाइन डे मनाउने चलन छ । प्रकट भन्छन नेपालिहरु ३ चोटि प्रेम दिवस मनाउँछन :
- भ्यालेन्टाइन् डे
- साउन महिना
- कष्ण जन्माष्टमि
गजल :
गजल को बोल :
आउ कुरा गरौं भन्दा हुन्छ भनिन उन्ले
संगै खोला तरौं भन्दा हुन्छ भनिन उन्ले
गाउँमा पायक पर्दैन भो तेस्ता कुरा गर्न
तल बेसि झरौं भन्दा, हुन्छ भनिन उन्ले
दुबै जना मस्त हुँदै बाटो काट्दै जाँदा
प्रितको झोलि भरौं भन्दा हुन्छ भनिन उन्ले
अंगालोमा कस्सिएर चुम्दै अंग अंग
यो जवानि हरौं भन्दा हुन्छ भनिन उन्ले
जंगल भित्र एकान्तमा रुखको छेल पारि
यतै सदविज छरौं भन्दा हुन्छ भनिन उन्ले
जस्तो साइनो लाउने मन छ
जस्तो साइनो लाउने मन छ तेस्तै लगाउ तिम्रो खुशि
पिउने आखिर म छँदैछु जे जे मगाउ तिम्रो खुशि।
आँउदा आँउदै अबेर भयो, साँझ पर्यो म के गरुं?
अँधेरोमै राख या त, संध्या जगाउ तिम्रो खुशि।
टाढा थिएँ हिजो अस्ति आज छेउमै बसेको छु
स्वागतार्थ बिगुल बजाउ ध्वजा टंगाउ तिम्रो खुशि ।
नजिक आइ सताउ प्रकट भन्थेउ तिमि टाढा हुँदा
नजिक आएँ अब सत्य बचाउ डगाउ तिम्रो खुशि।
सराप नदेउ बृन्दाले झै पत्थर हुने रहर छैन
आजको रात ओछ्यानमा सुताउ भगाउ तिम्रो खुशि।
म बोलिन केहि
उसले मलाइ साथि ठान्यो, म बोलिन केहि
यत्रो हुलमा मलाइ छान्यो, म बोलिन केहि
सबका सामु मेरो बखान गर्दै हिँड्छ रे उ
मेरा बारे के के जान्यो, म बोलिन केहि
उसका कुरा उहि जानोस दृष्टि उसैको हो
साथि गुरु के के मान्यो , म बोलिन केहि
भिरमा हिँड्दा लौरि दिन्थ्यो, उकलिमा हात
मेरा बोझ सबै धान्यो, म बोलिन केहि
तर, गजल लेख्न बस्दा एक दिन आयो हान्निएर
मेरा कापि कलम तान्यो, म बोलिन केहि
काट्छु मार्छु मार्छु भन्दै लछारेर ल्यायो
मलाइ बरियोले बाँध्यो, म बोलिन केहि
अन्नालाइ सम्झिएर नलेख गजल भन्दै
शरिर भरि कोर्रा हान्यो, म बोलिन केहि
उसले मलाइ साथि ठान्यो, म बोलिन केहि
यत्रो हुलमा मलाइ छान्यो, म बोलिन केहि
को आउँदैछ आज
अर्को रोमान्टिक गजल
पुरा गजल :
साँझमा दियो बालिराख्यौ को आउँदैछ आज
हातका औंला चालिराख्यौ को आउँदैछ आज
हिजो अस्ति उप्किएका घरका छेउ कुना
बिहानदेखि टालिराख्यौ को आउँदैछ आज
एउटा फूल भगवानलाई टिपे भइहाल्थ्यो त
सिंगै फूलको डाली राख्यौ को आउँदैछ आज
अगरबत्ति जलाएर तुलसिको मठमा
छेउमा पुजाथालि राख्यौ को आउँदैछ आज
बिहान देखि सजिएर श्रिंगार पटार गरि
शिरको सिउँदो खालि राख्यौ को आउँदैछ आज
***
भ्यालेन्टाइन डेको बारेमा जानकारि गजल सहित :
गजल संग्रहको प्लेलिष्ट :