प्रधानन्यायधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने सहमति, म्याद थप्न पाउने पनि सहमति

khilraj regmiप्रमुख राजनीतिक दलहरुले बहालवाला प्रधानन्यायधीशलाई चुनाव गर्ने जिम्मेबारी पाएको मन्त्रीपरिषद्को अध्यक्षता गर्न दिने सहमती गरेका छन् । यस चुनाबी सरकारको मुख्य जिम्मेवारी भनेको निर्वाचन गर्नु मात्र रहने भएकोले दीर्घकालीन प्रकृतिका कामहरु नगर्ने सहमति गरिएको छ ।

प्रमुख तीनदल र मधेसी मोर्चाका सिर्शस्थनेताहरु बीच बसेको बैठकले एक ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि आगामी सरकारको अध्यक्षता खिलराज रेग्मीले गर्ने भएका हुन ।

रेग्मीले बिहिबार बिहान पद तथा गोपनियताको सपथ लिने कार्यक्रम पनि तय गरिएको छ ।

सहमतिका अनुसार अन्तरिम सरकारले असार ७ भित्र निर्बाचन गर्ने उल्लेख भए पनि सो सम्भब नभएमा मंसिरसम्म म्याद थप्न पाउने ब्यबस्था पनि राखिएको छ ।

मन्त्रिपरिषदका सदस्यहरुको नियुक्तिको जिम्मा पाएका नयाँ प्रधानमन्त्री रेग्मीले निजामती सेवाका अवकाशप्राप्त विशिष्ठ श्रेणीका कर्मचारीहरुमध्येबाट मन्त्री बनाइने पनि सहमतिमा उल्लेख छ ।

खिलराज रेग्मी को हुन ?

पाल्पाको पोखराथोक- ६ मा  विसं २००६ साल जेठ १८ गते जन्मेका ६३ वर्षीय खिलराज रेग्मी नेपालका ३६ औं प्रधानमन्त्री भएका छन् । रेग्मीले सरकार चलाउने सौभाग्य प्राप्त गर्ने पहिलो प्रधानन्यायाधीशका रूपमा पनि इतिहास रचेका छन्  ।

खिलराज रेग्मीको घरमा पत्नी र तीन सन्तान छन् भने । इ.सं. १९७२ मा शाखा अधिकृतबाट सरकारी सेवा शुरु गरेका रेग्मी १९७४ मा उहाँ जिल्ला न्यायाधीश, १९८५ मा सर्वोच्च अदालतको उप-रजिष्ट्रार, १९९१मा पुनरावेदन अदालतको न्यायाधीश, १९९६मा पुनरावेदन अदालतको मुख्य न्यायाधीश, सन २००३मा सर्वोच्च अदालतमा न्यायाधीश हुँदै सन् २०११बाट प्रधानन्यायाधीश बन्नु भएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *