गतसाल आजैको दिन प्रख्यात अभिनेता हरिबंश आचार्य बैबाहिक जीवनमा बांधिनुभएको हो ।
मिरा आचार्यको अकल्पनिय निधनपश्चात अत्यन्तै डिस्प्रेस्ड जीवन बिताउनुभएका हरिबंश त्यो डेढ बर्षको समयमा कुनै पनि काम गर्न सक्नुभएन । रमिला पाठक संगको बैबाहिक जीवन पछि भने गत एक बर्षमा हरिबंशको अनुहार र जीवनशैलीमा निकै ठूलो परिवर्तन आएको देखिएको छ । यो एक बर्षमा उहांले एउटा चलचित्रको स्कृप्ट लेख्नुभयो, ४-५ वटा टेलिसिरियलमा अभिनय गर्नुभयो जुना चाँडै नै प्रसारण पनि हुंदैछन, संदेशमुलक बिज्ञापनहरुमा पनि अभिनय गर्नुभयो, लोकप्रिय जीवनकथा "चिना हराएको मान्छे" प्रकाशित गर्नु भयो जसले नेपाली किताबको बिक्रीमा नयाँ रेकर्ड कायम् गरेको छ ।
यति मात्र नभएर उहाँले देश भरका ३० भन्दा धेरै जिल्लामा सामाजिक कार्यको लागि भ्रमण पनि गर्नुभयो र बिभिन्न सामाजिक काममा सकृयता पूर्बक सहभागी हुनुभयो !
यसरी हरिबंशलाई नयाँ जीवन दिने यस् बिवाह बिबाहको आज एक बर्ष भएको छ ।
बर्षगांठको यस उपलक्ष्यमा हरिबंश र रमिला दुबैजनालाई हार्दिक शुभकामना !