हामीले उठाएको कुरा लागु हुने भएछ, नोटमा केरमेट र स्टिज लगाउन नपाइने

नेपाली नोटमा केरमेट र स्टिज लगाएर छिट्टै बिगार्ने चलनका कारण हाम्रा नोट छिटै नै बिग्रिने गरेको बारेमा हामीले दुई बर्ष अघाडी एउटा पोस्ट लेखेका थियौं । बिशेष गरेर बैंकहरुले नै अनाबश्यक रूपमा स्टेपल लगाएर नोट बिगार्ने गरेको  सो पोस्टबाट निकालिएको निम्न फोटो ले प्रष्ट पार्दछ ।

हालै राष्ट्र बैंकले यसरी नोटमा केरमेट र स्टिज लगाउनेलाई कारबाही गर्ने घोषणा गरेको छ। तर यो कारबाही कति प्रभाबकारी हुने हो भन्ने चाहिँ हेर्न बाँकी नै छ । किनकी नेपाल राष्ट्र बैंकले २०६७/६८को मौद्रिक नीतिमा नै सफा नोट नीति ल्याएको थियो । तर हालसम्म त्यस नीतिलाई बैंक तथा वित्तिय संस्थाले पालना गरेका थिएनन। अन्नपूर्णमा छापिएको एक खबर अनुसार अहिले राष्ट्र बैंकले यो नीति कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।

एकाध बाहेक सर्बसाधारणलाई नोटमा लेख्न वा स्टीज लगाउने आबश्यकता पनि पर्दैन । तेसैले बैंक तथा वित्तिय संस्थालाई काडाइ गरेमा यो समस्याको समाधानमा ठूलो उपलब्धी हुन सक्छ । तेसैले, राष्ट्र बैंकले नोटका बिटामा स्टिज लगाउने बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई सेवाबाट निलम्बन गर्ने सम्मका कारबाही गर्ने भएको छ। नोटमा केरमेट गर्ने सर्बसाधारणलाई पनि आर्थिक जरिवाना गर्ने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *