नेपालले टी-ट्वान्टी क्रिकेट खेल्ने पाउने भयो

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)को बैठकले नेपाललाई टी-ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको स्तर प्रदान गरेको छ। मेलबर्नस्थित मुख्यालयमा शनिबार बिहान बसेको बैठकले नेपालका साथ साथै नेदरल्यान्ड्सलाई पनि टी-ट्वान्टी क्रिकेट राष्ट्रको स्तर प्रदान गरेको छ।

team nepal

आइसिसीको विज्ञप्ति अनुसार १० टेस्ट खेल्ने राष्ट्रसँगै ८ एसोसिएट राष्ट्रले टिट्वान्टी खेल्न पाउनेछन्।

यो खबर पछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले यो नेपाली क्रिकेटमा धेरै ठूलो भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *