जन्मदिनमा अभिनेत्री प्रियंका कार्कीको परिचय

बिक्रम सम्बत २०४४ फाल्गुण १५ (सन् १९८७ को फेब्रुअरी २७), शिब रात्रीका दिन जन्मिएकी प्रियंका कार्की आज २८ बर्षकी भइन ।

priyanka karki (3)

१८ वर्षको उमेरमा उनले मिस इन्टिलिजेन्ट पेजेन्ट जितेर रंग क्यारियरको शुरुवात गरेकी प्रियंका सन २००५ को मिस टीन नेपाल पनि भइन् ।

उनको अभिनय यात्रा कान्तिपुर टिभीबाट प्रसारण हुने ‘घरबेटी बा’देखि सुरु भएको हो । त्यस पछि कान्तिपुर टिभीमा नै बिभिन्न कार्यक्रम संचालन गर्दा गर्दै फिल्म सम्बन्धी अध्ययन गर्न अमेरिका गाइन । सन् २००६ मा ‘सेल्युलोइड’ नामक कार्यक्रम चलाएकी थिइन । तेस्तै उनले संचालन गरेको अर्को कार्यक्रम ‘द ग्ल्याम फ्याक्टर’ जीवनशैलीमा आधारित कार्यक्रम थियो ।

अमेरिकाको नर्थ अलाबामामा अध्ययनकै सिलसिलामा उनले एक फिल्म ‘भुल्ने पो हो कि’मा पनि अभिनय पनि गरेकी थिइन । नेपालमा उनको डेब्यु सिनेमा भने प्रसन्न पौडेलले निर्देशन गरेको ‘मेरो बेस्ट फ्रेन्ड’ थियो । त्यस पछि उनले ब्यस्त रहेर धेरै नेपाली फिल्महरुमा काम गर्न थालिन । यस बीच उनले अमेरिका छँदै बिवाह गरेका पति रोचक मैनालीसँग डिभोर्स पनि भयो ।

priyanka karki swims in Malaysia (3)

प्रियंकाले अभिनय गरेका फिल्महरू ‘कलिउड’, ‘झोले’, ‘नाइँ नभन्नु ल २’, ‘थ्री लभर्ज’बाट उनले बिभिन्न अवार्ड हरू जितेकी छिन् । यी फिल्महरूले दर्शकहरूको मन पनि जित्न सफल भएका थिए ।

प्रियंका बेलाबेलामा समाचारमा छाई रहनछिन, उनी सोसल मिडियामा पनि सक्रिय रहन रुचाउछिन । अभिनयको साथ साथै, नाच्न, र गाउन पनि मन पराउने प्रियंका आफ्नो दिलो ज्यान लगाएर काम गर्ने अभिनेत्रीको रूपमा पनि चिनिन्छिन ।

प्रियंकालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *