पुर्व युवराज पारसले छोरा छोरिसंगको फोटो अपलोड गरे

नोट – यो लेखमा  ‘सजिलो नेपालि’ प्रयोगको लागि सबै ह्रस्वमा लेखिएको छ । बुझ्नमा समस्या भएमा कमेन्ट गर्नुहोला।

पुर्व युवराज पारस शाहले यहि आइतबार दिउँसो आफ्नो फेसबुकमा एकाउन्टमा आफ्ना छोराछोरीसँगै बसेको सेल्फि फोटो अपलोड गरेका छन्। पारसका छोरा ह्रदयेन्द्र संगै छोरीहरु पूर्णिका र कृतिका सहितको फोटोमा पुर्व युवराज्ञि हिमानि भने छैनन् ।

भिडियो रिपोर्ट:

pars shah with happy children

धेरै समय पछि फेसबुक प्रोफाइल अपडेट गरेका पारसले आइतबार बिभिन्न फोटाहरु अपलोड गरेका थिए । एउटा मोटरसाइकलको फोटो, आकाशमा फुल फुलेको रुखको हाँगाको फोटो, र प्रोफाइल फोटोमा अमुर्त (फोटोमा भएका कमेन्टहरु अनुसार यो उनले लगाएको टिशर्टको फोटो हो) र छोरा छोरिहरु संग खिचेका दुइ फोटाहरु अपलोड गरेका थिए ।

सोमबार उनले आफ्नि थाइ प्रेमिका कन्निकालाइ इंगित गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएर एक छोटो मेसेज पनि लेखेका छन् ।

पारसको पहिलो सन्तान छोरी पूर्णिकाको अब चांडैनै १५ वर्षकि हुन्छिन भने छोरा ह्रदयेन्द्र १३ वर्षका हुँदैछन् र कान्छि छोरि कृतिका ११ वर्षकी भएकि छिन्

paras shah

One thought on “पुर्व युवराज पारसले छोरा छोरिसंगको फोटो अपलोड गरे

Leave a Reply

Your email address will not be published.