टिकापुरमा ८ को मृत्यु, सेना परिचालन

थारुहरुको बेग्लै थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रेका कैलालिका थरुहट समर्थक प्रदर्शनकारि र प्रहरि बिच झडप हुदा सोमवार दिउँसो प्रहरी बरिष्ठ उपरिक्षक सहित नेपाल प्रहरीका पाँच जना, सशस्त्रका दुइ जना र एक बालक सहित ८ जनाको मृत्यु भएको समाचार छ । यस अघि बढि शंख्यामा हताहत भएको खबर आए अरु मृतकको बिबरण प्राप्त अन्भाए पछि सच्याएर ८ जनाको मृत्युको खबर आएको हो। आन्दोलनकारिहरु तर्फ भएका हताहत र क्षतिको कुनै बिवरण प्राप्त हुन सकेको छैन।

सो घटना सोमबार दिउसो अढाइ बजे तिर कैलालिको पुर्वि भेगमा पर्ने टिकापुर नगरपालिका-२  मनुवा गाउं नजिकै भएको थियो।

सो घटनामा परि मृत्यु हुने  हुनेहरुमा:

  • सेति अंचल प्रहरि प्रमुख एसएसपि लक्ष्मण न्यौपाने
  • प्रहरी निरिक्षक बलराम विष्ट
  • प्रहरी निरिक्षक केशव बोहरा
  • प्रहरी हवल्दार लक्ष्मण खडका
  • प्रहरी जवान लोकेन्द्र चन्द
  • सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद
  • सशस्त्र प्रहरी जवान रामविहारी चौधरी
  • २ बर्षिय बालक टेकबहादुर साउद (सशस्त्र प्रहरी हवल्दारका छोरा)

भिडन्तमा सुरक्षाकर्मी सहित दर्जनौ घाइते भएका छन । प्रदर्शनकारिले प्रहरि टोलिलाइ खुकुरि, भाला र बञ्चरो लगायतका घरेलु हतियारले प्रहार गरि हत्या गरेका हुन ।

tikapur-road block

यस घटना पछि गृहमन्त्रालयले स्थितिलाइ नियन्त्रणमा लिन सैनिक परिचालन गर्ने निर्णय गरेको छ ।

police press release tikupar incident

injured police tikapur

Photo credit – Kantipur, Ratopati and Nepal Police. A part of ‘सजिलो नेपालि‘ .

One thought on “टिकापुरमा ८ को मृत्यु, सेना परिचालन

Leave a Reply

Your email address will not be published.