नेपाली सिने क्षेत्रमा जम्नको लागि अभिनेत्रिहरुले अभिनय र नृत्य गर्न जान्नु पर्ने पहिलो शर्त हो । त्यस्को साथ साथै अन्य कलाका बिधामा पनि पारंगत हुनु राम्रो मानिन्छ । तेसैले होला प्राय: अभिनेत्रिहरु गाउन पनि थालेका छन । गाउने रहर भएका यि अभिनेत्रिहरु माध्ये केहिले त गिति गाएर म्युजिक भिडियो पनि बनाएका छन् । आज हामि तेस्तै अभिनेत्रिहरुको चर्चा गर्ने छौं जस्ले गायक भएर गित वा अल्बम नै रिलिज गरिसकेका छन् । आज हामि अभिनेत्रिहरु नम्रता श्रेष्ठ, प्रियंका कार्की, रेखा थापा, र निरुता सिंह गायकिय क्षमताको चर्चा गर्नेछौं ।
भिडियो रिपोर्ट
रेखा थापा
अभिनेत्रि रेखा थापा नेपालि फिल्म क्षेत्रमा एक नंबर अभिनेत्रिको रुपमा लामो समय सम्म राज गरेकि अभिनेत्रि हुन । उनले “समिक्षा” नाम गरेको एक एल्बमको “जिन्दगीको लामो यात्रा ..” बोलको एउटा गितमा आवाज दिएकि छिन् । उक्त गितमा रेखालाइ नृत्य निर्देशक शकंर बिसीले साथ दिएका छन्। त्यसको साथै उनले “अजम्बरि नाता”को एउटा गितमा पनि आवाज् दिएकि थिइन ।
रेखाले अन्तर्वार्ताहरुमा आफ्ना फिल्मका गितहरु पनि आफ्नो स्वरमा गाएर सुनाउने गरेकि छिन।
प्रियंका कार्की
उत्क्रिष्ट अभिनय गर्ने अभिनेत्रिको रुपमा परिचित प्रियंका कार्कीले पनि हालै एक गित को म्युजिक भिडियो रिलिज गरेकि छिन् । बच्चु कैलाशको सदाबहार गित “तिमीले त हैन…” बोलको गितलाइ उनले गाएको गितले राम्रै रेस्पोन्स पाएको छ । प्रियंका अभिनेत्रि बन्नु भन्दा पहिले, स्कुले जिवनमा, नृत्य का साथ साथै गित पनि गाउने गर्थिन रे। तर एसएलसि दिए पछि उनले अभिनयलाइ नै पहिलो प्रथमिकतामा राखेर अघि बढिन । अव्, उनले आफ्नो गायनलाइ पनि संगै लिएर जाने सोच लिएको बुझ्न सकिन्छ ।
नम्रता श्रेष्ठ
नेपालि सिने क्षेत्रकि अर्कि उत्क्रिष्ट अभिनेत्री नम्रता श्रेष्ठले पनि गायिका हुने रहर गरेकि छिन् । उनले आँफैले निर्माण गरेको पहिलो चलचित्र “सोल सिस्टर”को एउटा गित गाएउनुको साथै कन्सर्ट्मा लाइभ पनि गाएकि थिइन ।
निरुता सिंह
आजकाल नाम त्यति नसुनिने अभिनेत्रि निरुता सिंह आफ्नो जमानाकि माथिल्लो दर्जाकि अभिनेत्रि हुन । केहि वर्ष अघि त्निरुताले गाएको गित चर्चित भएको थियो । अरु अभिनेत्रिहरु जस्तै अभिनयमा सफल भए पछि निरुताले पनि गित गाएकि थिइन । उनले गाएको “छाडि जाने मायालुलाई …” बोलको गितमा उषा खड्गि ले अभिनय गरेकि छिन ।
अनु शाह
अर्कि उदियमान अभिनेत्रि अनु शाहले पनि मोडलिङ, अभिनय हुँदै गायिका हुने पनि जमर्को गरेकि छिन । संगितकार चेतन सापकोटाको सहयोगमा अनुले चलचित्र “सकस”को लागि एउटा गित गाएकी छिन् । “खुशि नै छ खुशि …” बोलको उक्त गित भने अहिले सम्म बजारमा आइ नसकेको हुनाले अनुको आवाज कस्तो छ भन्न नसकिने अबस्था छ ।