नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीको परिचय

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा एमाले कि उपाध्यक्ष विद्यादेवी भण्डारी निर्वाचित भए पछि इतिहासमै पहिलो पटक नेपालले महिला राष्ट्रप्रमुख पाएको छ। व्यवस्थापिका संसद भवन, नयाँबानेश्वरमा कार्तिक ११ गते बुधबार भएको मतदानमा भण्डारीले नेपालि कांग्रेसका उम्मेदवार कुलबहादुर गुरुङलाइ पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएकि हुन्।

नेपालमा गणतन्त्र स्थापना भए पछि प्रथम राष्ट्रपतिमा तत्कालीन कांग्रेस नेता डा. रामवरण यादव चुनिएका थिए जसले मधेसी समुदायको प्रतिनिधित्व गर्छन ।

राष्ट्रपतिको निर्वाचन नेपालको संविधानको धारा २९७ को उपधारा (३) र अन्तरिम कार्यविधिको दफा २६ को उपदफा (२) बमोजिम भएको थियो। राष्ट्रपतिमा निर्वाचित भण्डारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएर आफ्नो कार्यभार सम्हालेकि छिन । राष्ट्रपति निर्वाचित भएपछि भण्डारिले आफ्नो विजय सबै नेपालीको भएको र यो प्रक्रिया संगै संविधान लागु हुने क्रम पनि सुरु भएको बताएकि थिइन। उनले आँफु संसदबाट निर्वाचित भएको हुनाले सबै नेपालिहरुलाइ धन्यवाद पनि दिइन।

भिडियो परिचय:

विद्यादेवी भण्डारी को हुन ?

बिक्रम सम्बत २०१८ असार ५ गते भोजपुरको गुँरासेमा बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेको कोखबाट जन्मेकि विद्यादेवी भण्डारी २०३५/३६ साल देखि राजनितिमा सक्रिय हुन थालेकि हुन । २०३७ सालमा तत्कालिन नेकपा मालेको सद्स्य भएकि थिइन । २०३९ सालमा मदन भण्डारिसँग बैवाहिक बन्धनमा बाँधिएकि भण्डारि बिवाह पश्चात केहि समय राजनितिमा निष्क्रिय भइन। तर, २०५० साल जेष्ठ ३ गते चितवनको दासढुंगामा भएको एक रहस्यमय जिप दुर्घटनामा उनका श्रिमान,  तात्कालिन मालेका महासचिव मदन भण्डारिको, मृत्यु भएपछि उनि सक्रिय राजनितिमा फर्किइन ।

२०५० सालको माघमा भएको उपनिर्वाचनमा काठमाण्डौं चुनाव क्षेत्र नम्बर १ मा नेपालि काँग्रेसका सभापति कृष्णप्रसाद भट्टराइलाइ ठुलो मतान्तरले पराजित गरि निर्बाचित भएकि थिइन । २०५१ सालको मद्यावधि निर्वाचन र २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा उनि काठमाण्डौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकि थिइन । उनि दोश्रो सम्बिधान सभामा समानुपातिक तर्फबाट सभासद भएकि हुन ।

विद्यादेवी भण्डारी यस अघि रक्षा र महिला तथा वातवरण मन्त्रालय सम्हालिसकेकि थिइन ।

  • बिवाहपुर्व नाम – विद्यादेवी पाण्डे
  • जन्मः २०१८ असार ५
  • जन्मस्थानः भोजपुर, मानेभञ्ज्याङ
  • पिताः रामबहादुर पाण्डे
  • माताः मिथिला पाण्डे
  • पति – मदनकुमार भण्डारीसँग २०३९ सालमा नेकपा (माले) पार्टीको आयोजनामा बिबाह
  • शिक्षाः बेहेरेश्वर प्राथमिक बिद्यालय, भोजपुर; बिद्योदय व्यवसायिक सेकेन्डरी स्कुल (एस.एल.सि), भोजपुर क्याम्पस,भोजपुरबाट (आई. ए.), महेन्द्र मोरड कलेज बिराटनगरमा (बि.ए.अध्ययन)
  • सन्तान: उषाकिरण भण्डारी (जन्म २०४१) र निशाकुशुम भण्डारी (जन्म २०४४)

bidhya devi with madan bhandari

विद्यादेवी भण्डारीको राजनितिक टाइमलाइन

  • २०३५ सालमा भोजपुर क्याम्पसमा पढ्दा तत्कालिन नेकपा (माले) सम्बद्ध युवा लीगमा संगठित
  • २०३७ सालमा भोजपुर जिल्लाबाट प्रतिनिधि – काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको पाँचौ राष्ट्रिय सम्मेलनमा
  • २०३७ सालमा तत्कालिन नेकपा (माले) को सदस्यता
  • २०३६ देखि २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन, पूर्वाञ्चलको सदस्य
  • २०३९—०४० सालमा महेन्द्र मोरड क्याम्पसको स्ववियू कोशाध्यक्षमा निर्वाचित
  • २०४६ मा किर्तिपुरमा भएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङको तर्फबाट प्रतिनिधी
  • २०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ जिफण्टको महिला बिभाग प्रमुख
  • २०५० सालमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित
  • २०५१ सालमा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित
  • २०५४ सालमा नेपालगञ्जमा भएको नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित
  • २०५४ मा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित, त्यसपछि दुई वटा सम्मेलनबाट अखिल नेपालमहिला संघको अध्यक्षमा निर्वाचित, हालसम्म अखिल नेपाल महिला संघको अध्यक्ष
  • २०५४ सालमा वातावरण तथा जनसंख्या मन्त्री
  • २०५६ मा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित
  • २०५९ सालमा जनकपुरमा भएको नेकपा (एमाले) को सातौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित
  • २०६४ सालमा बुटवलमा भएको नेकपा (एमाले) को आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित
  • २०६७ बाट २०६९ सम्म नेपालको रक्षामन्त्री
  • २०७१ सालमा काठमाडौंमा भएको नेकपा (एमाले) को नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित
  • २०७२ सालमा नेपालको रास्ट्रपति निर्वाचित

bidhya devi bhandari

Leave a Reply

Your email address will not be published.