भारतिय नाकाबन्दि र त्यसको कारणले उत्पन्न भएको इन्धन अभावका कारण धेरै नेपालि फिल्महरुको छायाँकन प्रभावित भईरहेको भए पनि नयाँ फिल्म ‘गाजलु’ को शुटिंग भने यस्तो बिषम परिश्थितिमा नै शुरु भएको छ । नेपालि फिल्म क्षेत्रमा चकलेटि अभिनेताको रुपमा परिचित अनमोल केसि र मिस नेपाल २०१२ श्रृष्टि श्रेष्ठको रोमान्स पस्किने यो फिल्मको शुटिंग ४५ दिनमा सक्ने लक्ष राखिएको छ ।
भिडियो रिपोर्ट:
काठमाडौं स्थित मैतिदेवीमा पहिलो दृश्य छायाँकन गरिएको यो फिल्ममा काठमाडौंका साथै भक्तपुर तथा दामनका दृश्यहरु समावेश हुने छन्।रोहित अधिकारीको लगानीमा बन्न लागेको यो प्रेम कथा फिल्मलाइ यस अघि पनि अनमोललाइ लिएर बनाइएका हिट फिल्महरु “जेरि” र “होस्टेल” फिल्मका निर्देशक हेमराज बिसीले नै निर्देशन गर्दैछन ।
फिल्म ‘गाजलु’मा अनमोल र श्रृष्टि श्रेष्ठको साथमा सलोन बस्नेत, गौरी मल्ल, मेनुका प्रधान, गौरव पहारि आदिको पनि उपस्थिति हुनेछ । यो फिल्मको लागि अनमोले केसि ले रु दश लाख पारिश्रमिक लिएको भनेर चर्चा गरिएको थियो जसलाइ अनमोलले स्विकार गरेका छन् र सोहि बराबरको कर पनि तिर्ने बताएका छन् ।
अनमोल केसी युवा पुस्ता माझ रुचाएका नायक हुन् । उनले अभिनय गरेका र हालसम्म प्रदर्शनमा आएका दुइ वटा फिल्म “जेरि” र “होस्टेल” दुबै फिल्म हेर्न नयाँ पुस्ताका युवा दर्शकको ठुलो भिड लागेको थियो । अहिले उनि आफ्नै बाबु भुवन केसीको निर्माण तथा निर्देशन बनेको फिल्म ‘ड्रिम्स’ को पोष्ट प्रोडक्सनमा पनि ब्यस्त छन भने आफ्नि आमाले बनाउन लागेको फिल्म ‘म त तिम्रै हुँ’ मा अभिनय नगरे पनि निर्माताको रुपमा राखिएका छन। हालै एक अन्तरवार्तामा ३३ वटा फिल्म रिजेक्ट गरिसकेको बताउने अनमोलले, छानेर मात्र फिल्म खेल्ने र सोहि अनुरुपकको पारिश्रमिक लिने बताएका छन । आमाले बनाउने फिल्म ‘म त तिम्रै हुँ’मा मुख्य भुमिकामा अभिनय नगर्ने भए पनि फिल्मको शुरु देखि अन्त्यसम्म र क्यारेक्टर सेलेक्सन, गित, स्क्रिप्ट फाइनल आदि सबैमा आफ्नो हात रहने बताएका छन ।