शिव सेना नेपालले यहि पुस १६ गते बिहीबार पशुपतिको वनकालिमा गरेको एक कार्यक्रममा पुर्व युवराज पारस शाह आफ्नि छोरि पुर्णिकाका साथ सहभागी भएका थिए । कार्यक्रम अनुसार बिहान ११ बजे आउने भनिएको भए पनि उनी आइपुग्दा भने साढे १ बजिसकेको थियो । सो कार्यक्रम पारसको जन्मदिन को उपलक्षमा निशुल्क खाना खुवाउने कार्यक्रम थियो । यसैलाइ बिस्तारित गरेर शिव सेनाले भुकम्प पिडित र नाकाबन्दि पिडितहरुको लागि निशुल्क खाना खुवाउने कार्यक्रम शुरु गर्दैछ । सोहि कार्यक्रमको उदघाटन पारसले पानसमा बत्ती बालेर सुरुवात गरेका हुन ।
भिडियो रिपोर्ट
सो कार्यक्रममा सह्भागि हुन पारस आफ्नि छोरि र केही आफन्तहरुसहित आएका थिए । पारस देखापरे पछि केहि सहभागिहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नारा पनि लगाएका थिए ।
सार्बजनिक कार्यक्रममा त्यति नदेखिएकि पारसकि छोरि सो कार्यक्रममा आकर्षणकि केन्द्र भएकि थिइन । कार्यक्रम भरि पारस छोरीसँगै बसेर गफ गरिरहेका देखिन्थे भने। पारसले पत्रकारहरुको प्रश्नको जवाफ भने दिएनन ।
पारस र छोऱिले कार्यक्रमस्थलमा एक घण्टा बसेर खाना खाएर फर्किएका थिए । अघिल्लो दिन पारसको जन्मदिनको उपलक्षमा उनको निवास् जिवनकुन्जमा भएको एक कार्यक्रममा पनि पारसकि छोरि पुर्णिका सहभागि थिइन ।
नयाँ संविधान जारि भए पछि भारतको अघोषित नाकाबन्दिले जन्माएको इन्धन लगाएत खाना पकाउन आवस्यक ग्यास तथा मट्टितेलको अभावको कारणले निम्न बर्गीय समुदायका ब्यक्तिलाइ परेको समस्यालाइ ध्यान दिएर सो सामुहिक भोजनको आयोजना गरिएको शिबशेना नेपालले जनाएको छ । उक्त सामुहिक भोजन कार्यक्रम अनिश्चित समय सम्म संचालन हुने शिबशक्ति शेना नेपालका अध्यक्ष अनिल बस्नेतले बताएका छन् ।