महानायिका राजेश हमाल

करिव दुइ हप्ता अघि एक फिल्म घोषणा गरिएको थियो “शकुन्तला”  (समाचार, अंग्रेजिमा)। सो अवसरमा उक्त फिल्ममा मुख्य क्यारेक्टरमा को छ भन्ने कुरालाइ निर्माण पक्षले रहस्यमय बनाएको थियो । राजेश हमालको मुख्य भुमिका रहेको भनिएको उक्त फिल्मलाई निर्देशक दिनेश श्रेष्ठले भने “महिला प्रधान” फिल्म भएको भनेकाले फिल्ममा सकुन्तलाको भुमिकामा को हुने हो भन्ने अन्योल रहेको थियो ।

भिडियो रिपोर्ट:

फिल्ममा अनु शाहको पनि मुख्य भुमिका रहेको भए पनि उनले आफु पत्रकारको भुमिकामा रहेको बताए पछि मुक्य भुमिकामा को हुने भन्नेमा विरोधाभाष देखिएको थियो । हुन त राजेश हमाल स्वयंले भनेका थिए, ‘शकुन्तला जो पनि हुन सक्छ । त्यो म नै पनि हुन सक्छु वा अरु नै पनि ।’ तर राजेश हमाल नै महिलाको भेषमा हुने भन्ने चाँहि खुलाएका थिएनन । यो रहस्य सोमबार मात्रै उक्त फिल्मको छायांकन स्थलबाट खुलेको हो । सार्बजनिक गरिएको राजेश हमालको फोटोमा उनि सारि रि ब्लाउजमा सजिएकि र लामो कपाल भएकि महिलाको भेषमा देखिन्छन् ।

फिल्ममा गेटअप परिवर्तन गर्नमा निकै अनुदार मानिंदै आएका हमालको  “शकुन्तला” गेटअप भने अनपेक्षित मानिएको छ ।

नेपालि फिल्म क्षेत्रमा दुइ दशक एकछत्र राज गरेका हमालको लामो करिअरमा एकैखाले गेटअपलाई निरन्तरता दिएका थिए भने उनको केहि समय पहिले रिलिज भएको “हात लाग्यो शुन्य” मा मात्रै छुट्टै गेटअप – एक मधेशिको रुपमा देखिएका छन् । गेट अप परिवर्तन गरेर नयाँ रुपमा देखिएको हास्य प्रधान सो फिल्मलाइ भने दर्शकले खासै मन पराएनन ।

“शकुन्तला”मा राजेशको सो गेटअप कति लामो छ भन्ने बारेमा भने सस्पेन्स नै राखिएको छ । फिल्म नै सपेन्स खालको भए पछि अलि अलि सस्पेन्स त राख्नै पर्यो नि होइन र ?

rajesh hamal maha nayika

Leave a Reply

Your email address will not be published.