ऋचा शर्मा फरक लुक्स भएको फिल्म ‘को आफ्नो’ पनि ‘फागु’ र ‘ड्रिम्स’संग भिड्दै फागुन ७ मा

राजधानिको सिटीसि मलमा यहि बुधबार आयोजित एक प्रेस मिटमा नेपाली चलचित्र “को आफ्नो”को ट्रेलर र पोष्टर सार्वजनिक गरिएको छ ।

भिडियो रिपोर्ट:

अनिल थापाको लेखन, निर्देशन र निर्माणमा बनेको सो चलचित्रमा अभिनेत्रि ऋचा शर्मा अरु फिल्म भन्दा फरक रुपमा देखिँदैछिन् । आफ्नो वास्तविक उमेर भन्दा बढि उमेरकि साधारण महिलाको रुपमा देखाइएकि ऋचा शर्माका साथमा सुभास थापा, सुशांक मैनाली, मेनुका प्रधान, राजन खतिवडा, शान्ति गिरि, सुलक्ष्यण भट्टराइ आदि कलाकारको अभिनय रहेको छ ।

अमेरिकामा प्रिमियर भइसकेको “को आफ्नो”ले सो कार्यक्रममा ट्रेलर भर्खर सार्वजनिक गरेको भनेता पनि युट्युबमा भने २ महिना पहिले नै अपलोड भएको देखिन्छ। (किन झुठो बोल्नु परेको होला? )

निर्माता निर्देशक अनिल थापाले क्यारेक्टर बेस र अनकन्भेन्सनल ड्रामा भनेको फिल्म “को आफ्नो” फाल्गुण ७ गते रिलिज गरिने बताएका छन। सोहि दिन करिश्मा मानन्धररको “फागु” र भुवन केसिको निर्माण निर्देशनमा बनेको फिल्म “ड्रिम्स” रिलिज हुँदै छन् ।

“फागु” र “ड्रिम्स” दुवै प्रतिक्षित फिल्म मानिएका हुन भने अब “को आफ्नो”ले पनि ऋचाको क्यारेक्टरलाइ लिएर ध्यान आकर्षित पार्ला त ?

ko afno richa new look

Incoming search terms:

  • बिलु मुबि

Leave a Reply

Your email address will not be published. Required fields are marked *